नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
नयाँ वर्ष सन् २०२२ ले आसियान क्षेत्रमा एकै साथ दुई आपसमा अन्तरविरोधी नीति लिएर आयो । पहिलो, संसारकै सबभन्दा ठूलो आर्थिक सम्झौता समावेशी रिसेप सम्झौता अघि बढ्यो । त्यसले व्यापार सम्बन्धलाई चुस्त बनाउनेछ । अर्कोतिर अउकसले चीनसँग अस्ट्रेलियाको सम्बन्धमा परिवर्तन निम्त्यायो । त्यसले रिसेपलाई आफ्नो लक्ष्य हासिल गर्न अवरोध गर्नसक्छ ।
रिसेपले सहकार्य प्रवद्र्धन गर्छ । तर, अउकसले द्वन्द्व निम्त्याउँछ ।
अउकस सम्झौता अमेरिकी शीतयुद्धकालीन मानसिकताको परिणाम हो । अमेरिकालाई जहिले पनि शत्रु बनाउने हतारो हुन्छ । सन् १७७६ मा स्थापना भए यता अमेरिकाको इतिहासका कुल वर्षमध्ये ९३ प्रतिशत युद्धले भरिएका छन् ।
दोस्रो पक्ष भनेको एसिया, विशेषतः चीनसँग अस्ट्रेलियाको त्रास हो । अहिलेको अस्ट्रेलियाली सरकार अत्याधुनिक र विकसित एसियालाई सहज मानिरहेको छैन ।
बेलायतले पनि आफ्नो साम्राज्य पुनःस्थापना गर्ने सपना देखेको छ । यो तेस्रो पक्ष हो । आफ्नो देश र संसारमा आफ्नो देशको प्रभावबारे बोरिस जनसनको विचार पुरानो र असान्दर्भिक छन् । चीनलाई नै घेराबन्दी गर्न बनाइएको अउकस हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव विस्तारको शिलशिला हो । सन् २०११ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिन्द प्रशान्तमा प्रभाव फैलाउनेबारे प्रस्ट शब्दमा घोषणा गरेका थिए । हिन्द–प्रशान्त क्षेत्रबाट संरा अमेरिका भाग्ला भनेर अस्ट्रेलिया जसरी पनि अमेरिकासँग टाँसिएर बसेको छ । अस्ट्रेलियाको वर्तमान नेतृत्वले संरा अमेरिकी हातहतियार किनेर अमेरिकाप्रतिको आफ्नो निकटता प्रदर्शन गर्न चाहिरहेको छ । अस्ट्रेलिया आज अमेरिकाभन्दा बढी चीनविरोधी बनेको छ । संरा अमेरिकाका केही विदेश नीतिको अस्ट्रेलियाले नै अगुवाइ गरिरहेको छ । अउकस चीन अरू देशमाथि हमला गर्न चाहने झूटो विश्वासमा आधारित छ ।
अस्ट्रेलियाको अहिलेको आक्रामक व्यवहारले ऊ कूटनीतिक बाटोबाट भाग्न चाहेको देखिन्छ । यसले रिसेपजस्ता व्यापार सम्झौतामार्फत सो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने अस्ट्रेलियाको क्षमता कम गरेको छ किनभने अस्टे«लियालाई अहिले अमेरिकाको कठपुतलीजस्तै मानिन थालेको छ । तर, यो समय सन् १९७० को होइन जब एसिया पश्चिमा देशहरूको तुलनामा कम एकताबद्ध र कम विकसित थियो । त्यही भएर त्यत्तिबेला पश्चिमा देशहरूले एसियाली देशहरूबीच खेल्न पाए ।
अहिले एसिया विकसित, आत्मविश्वासले भरिएको, राजनीतिकरूपमा परिपक्व र चीनको महत्वबारे प्रस्टतः सचेत बनिसकेको छ । चीन जीवनको भौगोलिक वास्तविकता हो र अस्ट्रेलिया यो वास्तविकताबाट अझ पर पुगेको छ ।
अउकसमा जापान र भारतको समर्थन आश्चर्यको कुरा होइन । उनीहरू क्वाड गठबन्धनका पनि सदस्य हुन् । त्यसकारण उनीहरूले चीनलाई घेराबन्दी गर्न समर्थन गर्नेछन् । क्वाड स्थापनाले सो क्षत्रमा चिन्ता बढ्नुको कारण त्यसले जापानको सैनिक महत्वाकाङ्क्षालाई पुनः जगाउन सक्छ । अस्टे«लियालाई आसियान क्षेत्रका देशहरूबीचका यस्ता चिन्ताबारे केही थाहा छैन । भारत क्वाडको सबभन्दा कम भरपर्दो सदस्य हो किनभने भारतले अझै पनि रुसबाट हतियार किन्न छोडेको छैन ।
दक्षिण पूर्व र दक्षिण एसिया क्षेत्रको राजनीतिक र अर्थतन्त्रमा चीनको प्रभाव स्वीकार्न नसक्ने पश्चिमा देशहरू मिलेर अउकस मोर्चा स्थापना गरेका हुन् । क्वाडले चीनविरोधी मोर्चाको थोरै रूप धारण गरेको छ । अउकस र क्वाडले सो क्षेत्रमा अस्ट्रेलियाको कूटनीतिक प्रभाव कम गर्नेछ किनभने अहिले अस्ट्रेलियालाई संरा अमेरिकाको कठपुतली मान्न थालिएको छ । यसले सो क्षेत्रमा शान्ति कायम राख्ने क्षमतालाई कमजोर बनाउनुका साथै रिसेपमा प्रभावकारी ढङ्गले सहभागी बन्न असहजता सिर्जना गर्छ ।
रिसेप सो क्षेत्रको व्यापार र लगानीको लागि महत्वपूर्ण कदम हो । किनभने, त्यसले सीमा वारपार व्यापारको लागि स्थिर खालको प्रक्रियाको विकास गर्ने अवसर प्रदान गर्छ । अहिलेको आपूर्ति प्रणालीमा ढिलाइ हुनुको एउटा कारण भनेको भन्सारको प्रक्रिया र विभिन्न खालका कागजी औपचारिकता हुन् ।
रिसेप त्यस्तो डबली हो जसले साझा प्रक्रियामा सहमति गर्न सकिन्छ । यसले आपूर्ति र मूल्य प्रणालीमा उल्लेखनीय प्रभाव पार्नेछ । रिसेपले एउटा नयाँ डबली पनि उपलब्ध गराउँछ जसले केही व्यापार सम्बन्धलाई चुस्त बनाउन उपयोग गर्न सकिन्छ । किनभने, त्यहाँ सबै देशहरू एउटै टेबुल वरपर बसेका हुन्छन् । रिसेपले केही विद्यमानमा दुईपक्षीय व्यापार समस्या समाधान गर्न मद्दत गर्छ ।
रिसेप व्यापार सम्झौता विश्व व्यापार सङ्गठनको नियमसङ्गत ढाँचाअन्तर्गत सञ्चालन हुन्छ । यो बहुपक्षीय व्यापार सम्झौता हो जसले यसका साझा लक्ष्यको परिभाषा र हासिल गर्न सहज बनाएको छ । रिसेप खुला खालको सम्झौता हो जसले कुनै पनि देशलाई राजनीतिक आधारमा निषेध गर्दैन । यसले विश्व व्यापार सङ्गठनको नियमसँग यसलाई अझ मिल्दो बनाएको छ । रिसेप निश्चित देशलाई निषेध गर्न बनाइएको अरू कुनै पनि बहुपक्षीय सम्झौताभन्दा फरक खालको सम्झौता हो ।
भन्सारमा कटौती र साझा भन्सारको कार्यान्वयन औद्योगिक क्षेत्रको लागि सकारात्मक पक्ष हुन् । केही औद्योगिक क्षेत्रको प्रारम्भिक विकासको रक्षा गर्नुबाहेक यी क्षेत्र खुला गर्नु अनुसन्धानलाई पनि फराकिलो बनाउने कुरा सत्य हो । सबभन्दा महत्वपूर्ण प्रभाव त रिसेप सदस्यहरूको विद्युत्तीय पूर्वाधारमा पर्नेछ । साझा सञ्चालन मापदण्ड, अन्तरसीमा व्यापार नियम र व्यापार समाधान प्रक्रियाले उद्योग र उपभोक्तालाई ठूलो लाभ गर्नेछ । चीनले अघि बढाएको कुनै पनि मापदण्ड र व्यापार नियम अस्वीकार गर्ने अमेरिकी मान्यतामा अस्ट्रेलिया टाँसेर बस्ने हो भने त्यो उसको निम्ति चुनौती हुनेछ । तर, रिसेप सदस्यहरूले अनुमोदन गरेको साझा मापदण्ड स्वीकार्ने चाहना राख्नु अस्टे«लियाको लागि ठूलो अवसर पनि हो ।
यी दुई आपसमा बाझिएका नीतिहरूलाई सन् २०२२ मा आसियान क्षेत्रमा कसरी मिलाएर लाने भन्ने प्रमुख मुद्दा हो । उचित नतिजा भनेको रिसेपमा अन्तरनिहीत लक्ष्य पुरा हुनु हो ।
लेखक अन्तर्राष्ट्रिय वित्तीय प्राविधिक विश्लेषणका विज्ञ हुनुहुन्छ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला
Leave a Reply