भर्खरै :

पुनः निर्मित वत्सला मन्दिर

वत्सला मन्दिर, भक्तपुर नगरको लाय्कुु भनिने दरबार परिसरको मूल चोकको मध्त्रगमा पश्चिम फर्केर रहेको छ । यो मन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रमा रहेको छ । पचपन्ने भ्mयाले दरबारको दक्षिण, च्यासिलिं मण्डपको दक्षिण पश्चिम, भैरव ढुङ्गेधाराको पश्चिम, ठूलो घण्टाको दक्षिण र यक्षश्वर महादेव भनिने पशुपति मन्दिरको ठीक उत्तरमा यो मन्दिर रहेको छ । टौमढी टोलस्थित विश्व प्रसिद्ध पाँचतले मन्दिरको केही नजिकै पश्चिमतर्पm पर्दछ ।
यो मन्दिरलाई नृत्य वत्सला पनि भनिन्छ । गर्भगृहमा रहेकी वत्सला देवी नृत्य मुद्रामा रहेकी छन् । वत्सला वत्सल्यले पूर्ण मानिने दुर्गा भगवती हुन् । यो ढुङ्गै ढुङ्गाको मन्दिर भएकाले स्थानीय नेपालभाषामा यसलाई लोहँ देगः अर्थात् ढुङ्गे मन्दिर भनिन्छ ।
वि.सं. १९९० सालको भूकम्पमा पनि यो मन्दिर क्षतिग्रस्त भएको थियो । त्यतिबेलाको भूकम्पछि पुनः साविकरूपमा नै पुनर्निर्माण गरियो । पिपल उम्रेर मन्दिरमा क्षति पु¥याएकाले उत्तरतर्पmको माथिल्लो भागको २ साना मन्दिरसहित सिमेन्टको मसलामा सन् १९७४ (२०३१ सालतिर) पुनर्निर्माण गरिएको थियो । २०७२ सालको भूकम्पले भने यो मन्दिर पूर्णरूपमा ढल्यो । २०७७ असारमा भक्तपुर नगरपालिकाबाट पुनर्निर्माण सम्पन्न गरियो ।
फोटोमा देखिएका सम्पदाहरूको सङ्क्षिप्त जानकारी यहाँ दिइएको छ–
१) हरिशङ्कर मन्दिर ९० सालमा भत्केपछि बनाइएन, पूर्वी चोकमा दुइटा सिंहमात्र रहेका छन् ।
२) राजा भूपतीन्द्र मल्लको सालिकको दायाँतिर च्यासिलिं अर्थात् आठकुने मण्डप हो, ९० सालको भूकम्पपछि बनाइएन, पछि २०४८ सालमा पश्चिम जर्मन सरकारले बनाइदिएको हो ।
३) ठूलो घण्टाको छाना ।
४) राजा भूपतीन्द्र मल्लको सालिक ।
५) सालिकको पछाडि छानो देखिने मसानेश्वर मन्दिर हो । कसैकसैले पूर्वपट्टि जलारी फर्केकोले पूर्वेश्वर पनि भन्छन् । पूर्वी तः सत्तलको बीचमा शिवलिङ्गमात्र खुलारूपमा रहेको छ, जुन ९० सालपछि बनाइएन ।
६) उड्ने सिंह देखिएको वत्सला मन्दिरको भाग ।
७) सिद्धिलक्ष्मीको ढुङ्गे मन्दिर, पूर्वी चोक ।
८) पचपन्न भ्mयाले दरबार ।
९) लाल बैठक भवन ।
१०) सिंह ढोका ।
११) सुनको ढोका ।
१२) पध्वाका गणेश, थाम गणेश ।
१३) शङ्ख (शङ्कर) नारायण मन्दिर ।
१४) मन्दिरसँगै कुनामा देखिएको चपली सत्तल, लामो सत्तल, इता चपली, लामो पाटी हो । जुन ९० सालको भूकम्पअगाडि उत्तरतिर रहेकोमा बडाहाकिम ध्रुवशमशेरले परिसर फराकिलो पार्न दक्षिणतर्फ सारेर बनाउन लगाए ।
१५) पूर्वी चोकको लामो सत्तल तः सत्तलको छाना ।
वत्सला मन्दिरमा पेटीको तीन तह रहेको छ । द्वार पालेको रूपमा तल जोडी हात्ती र त्यसभन्दा माथि सिंह रहेका छन् । एउटै ढुङ्गामा बनेको हात्तीले सुँडमा कमलको पूmल लिएको छ, बायाँ खुट्टा उचालेको छ । घाँटीमा घण्ट झुन्ड्याइएको छ, हौदा कसेको, बुट्टे कम्बल देखिन्छ । दाह्रा छोटो देखिन्छ । सिंहले पनि मुख बाएर जिभ्रो निकालेको छ, बोके दाह्री छ, घाँटीको मालामा घण्ट झुण्डाइएको छ । खुट्टामा नङ्ग्रा निकालेर टेकेको छ । ५ तहको जगर र ठूला ठूला आँखाले टाढा हेरेको बलिष्ठ दरो रूपको देखिन्छ । घण्ट, हात्ती, सिंहलगायतमा कलात्मक बुट्टा कुँदेको छ । मन्दिरको तल्लो तहमा कलात्मक कुम्भ, खड्ग, श्रीयन्त्र रहेका छन् । मन्दिरको माथिल्लो भागमा बीचमा ठूलो मन्दिर र चारैतिर साना साना ढुङ्गाकै मन्दिर रहेका छन् । मन्दिरको चारैतिर भैरव, कुमार, महेश्वरी, गरुडमाथि सवार विष्णुलगायत शक्तिपीठहरूका मूर्तिहरू रहेका छन् । गरगहनाले सजित देवीहरू हात्ती, सिंह, बाघ, स्याल, माछा, बाहन, कछुवा आदिका आसनमा रहेको देखिन्छ । सबै मूर्तिहरू र बनावट ढुङ्गामै सजीव रूपमा कुँदिएका छन् ।
हामीले हेर्दा हाम्रो अगाडि दायाँपट्टि ढुङ्गाकै खम्बामा ठूलो घण्ट झुन्डिएको छ । तीन तहमाथि मन्दिर परिक्रमा गर्न पिँढी रहेको छ । मन्दिरको मूल ढोका पश्चिमपट्टि फर्केको छ । सो ढुङ्गाकै ढोकाको भित्र गर्भगृहको सानो कोष्ठमा वत्सला देवीको खड्गमाथि कलात्मक पूर्ण कलश रहेको छ । सो पूर्ण कलश सुन्दर कलाकृतिले परिपूर्ण छ । पूर्ण कलशलाई समथर शिलाकै कलात्मक श्रीयन्त्रले ढाकिएको छ । अन्य तीनतिरका ढोका खुल्दैनन्, तर बाहिरबाट हेर्दा ढुङ्गाकै ढोकाको रूपमा देखिन्छ ।
यस लाय्कु दरबार परिसरको पूर्वी चोकमा रहेको ढुङ्गाकै सिद्धि वत्सला मन्दिर ने.सं.७९२, सोही चोकमा उत्तरतिर रहेको यन्त्र वत्सला मन्दिर ने.सं. ८१६ र यो नृत्य वत्सला मन्दिर ने.सं.७९८ अर्थात् वि.सं.१७३५, (सन् १६७८) मा आजभन्दा ३४३ वर्ष अगाडि बनेको हो† जुनबेला आजको सं.रा. अमेरिका अस्तित्वमा आएकै थिएन । अमेरिका (सन् १७७६) मा स्थापना हुनुभन्दा झन्डै सय वर्षअगाडि यो मन्दिर बनेको थियो । त्यतिबेला नेपाली कला संस्कृति कति उर्वर र समृद्ध थियो भन्ने कुरा यी मन्दिरहरूले बताउँछन् ।
मल्लकालमा नेपाल मण्डलका राज्यहरूमा मन्दिर बनाउने प्रतिस्पर्धा नै चलेको पाइन्छ । पाटनका राजा सिद्धिनरसिंह मल्लले बनाएको २१ गजुर भएको ढुङ्गाको कृष्णमन्दिरकै स्वरूपमा भक्तपुरका राजा जितामित्र मल्लले यो वत्सला मन्दिर बनाउन लगाएका थिए । चार कुनामा ४, बीचमा ४ र शिर भागमा मुख्य एक गरी यो मन्दिरमा ९ ओटा गजुर रहेका छन् । मन्दिरको माथिल्लो भागमा चारैतिर ३६ ओटा घण्ट झुण्डिएका छन् । हावा चल्दा यी घण्ट आपैm बज्दछन् । हावा चल्दा बज्ने भएकोले यी घण्टलाई फय् गँ भनी नेवारीमा भनिन्छ ।
राजा भूपतीन्द्र मल्लले ने.सं. ८२० (विसं. १७५७) मा मन्दिर बनेको २२ वर्षपछि यो मन्दिरको पुनर्निर्माण गराएको देखिन्छ । मन्दिरको पुनर्निर्माण गर्दा राजा भूपतीन्द्र मल्लले पेटीको बायाँपट्टि ढुङ्गाकै थाममाथि कलात्मक खड्गसहित ठूलो घण्ट र ढुङ्गाकै दियो चढाएका थिए† जुन घण्ट बजाउँदा कुकुर रुने विश्वास गरिन्छ । त्यसैले स्थानीय नेपालभाषामा ‘खिचा ख्व गाँ’ अर्थात् कुकुर रुने घण्टा भनिँदो रहेछ । भुईँचालोमा ढलेर फुटेकोले घण्टमा पहिलेको जस्तो आवाज आउँदैन । घण्ट अद्यपि पूर्ण कलश र गर्भगृहको अगाडि भुइँमा रहेको पाइन्छ ।
यो मन्दिरको पूर्ण कलशको तल गर्भगृहको सानो कोष्ठभित्र सानो ८।१० इन्चको नाट्येश्वरीको नाट्य आकृतिको मूर्ति रहेको पाइयो । मन्दिरको मुख्य नृत्य वत्सला मूर्ति भने भूकम्पबाट सुरक्षित रहेको छ भने खुलारूपमा रहेको देखिएकोले चोरी हुनबाट बचाउन यस लेखकको प्रयासले ०७२ चैत १ गते सुवर्णद्वारका सैनिक सुरक्षा निकायमा जिम्मा लगाइएको थियो ।
यो मन्दिर कलाकार श्यामकृष्ण त्वायनाको नेतृत्वमा पुनर्निर्माण भएको हो । यही चोकको पश्चिममा रहेको केदारनाथको इँटैइँटाको मन्दिर पनि यिनै कलाकारको नेतृत्वमा पुर्ननिर्माण गरिएको हो । यो मन्दिरको ढुङ्गा काट्ने काम गर्दा यी कलाकारको बायाँ आँखामा चोट लागेर क्षति पुगेछ, राम्ररी नदेखिने भएछ । मन्दिर निर्माणको काम गर्दा चोट लागेकोमा भक्तपुर नगरपालिका, पुनर्निर्माण प्राधिकरणलगायत सरकारबाट क्षतिपूर्ति दिलाइनुपर्दछ । उनी अहिले पनि भाजुपोखरीको मन्दिर निर्माणमा सकृय रहेका छन् ।
मन्दिरको पहिलो तलाको बाह्य खण्डमा चारै सुरमा साना साना सुन्दर मन्दिर रहेका छन् । ती मन्दिर पनि सा¥है कलात्मक छन् । परिक्रमा पिँढीको वरिपरि ढुङ्गाकै राम्रा राम्रा कलात्मक १२ ओटा खम्बा अर्थात् थामहरू रहेका छन् । भूकम्पले मन्दिरमात्र भत्काएन, मन्दिरका बाह्य भागमा रहेका कलात्मक मूर्तिहरू, ढुङ्गाका थामहरू, उड्ने सिंहहरूलगायतमा क्षति पुगेको थियो । अग्रभागको बीच तहमा अर्को सानो मन्दिर र मातृकाको कलात्मक मूर्ति रहेको छ । त्यसमाथि मन्दिरको मध्त्रगमा चारैतिर उड्ने सिंहहरू रहेका छन्† जो अन्य दुईढुङ्गे वत्सला मन्दिर र सिलु महादेव मन्दिरमा जस्तै उडुँलाझैँ गरी अगाडिका खुट्टा उचालेका छन् । त्यसभन्दा माथि चार घेरा ढुङ्गैढुङ्गाको कलात्मक बुट्टा काटिएको भाग छ । सबभन्दा माथि कलात्मक गजुर रहेको छ । गजुरमा शक्तिको प्रतीक त्रिशुल रहेको छ । हाम्रो सनातन हिन्दू धर्मशास्त्रमा त्रिशुल धारण गर्ने शिव र देवी नै हुन् । शिवको त्रिशुलमा डमरु र देवीको त्रिशुलमा बन्चरोले शोभित हुन्छ ।
यो मन्दिरको बनावटमा भित्री भागमा मन्दिर अडिने कुनै स्थायी आधार वा टेको रहेको पाइएन । सिर्फ ढुङ्गा र भित्रपट्टि इँटाको गारोमात्र लगाएको देखियो । भत्केको अवस्थामा हेर्दा भित्रपट्टि टुक्रा इँटा र बाहिर ढुङ्गा टाँसेको देखियो । मन्दिर अड्ने बलियो आधार र टेको नभएकोले नै मन्दिर पटक–पटक भत्किन पुगेको हो । पाँचतले, दत्तात्रय, पशुपतिलगायत अन्य ठूला मन्दिरहरू टिक्ने यो सानो मन्दिर नटिक्नुमा बलियो भित्री आधार नभएकाले नै हो भन्ने ख्वप इन्जिनियरिङ कलेजका विज्ञहरूको भनाइ उचित नै देखियो ।
विसं १८९१, १९९० र २०७२ को भूकम्पले नजोगिएकाले यसपाला यो मन्दिरको भित्री संरचनामा परिवर्तन ल्याइयो । ख्वप इन्जिनियरिङ कलेज र भक्तपुर नगरपालिकाको खोजबाट मन्दिर भत्किनुका कारण पत्ता लगाइयो । ढुङ्गा र इँटाबाट बनेका मन्दिरमा कुनै सपोर्ट नभएकाले भत्किन पुगेको पत्ता लागेछ । मन्दिरभित्र काठको पे्रmम प्रयोग गरियो । मन्दिरको परम्परा र मौलिकतामा भने कुनै परिवर्तन भएन, प्रयोग गरेको काठको बनोट बाहिरबाट देखिँदैन । नयाँ प्रविधिले मन्दिर अब धेरै बलियो बनाइएको वास्तुशास्त्रकी ज्ञातासमेत रहेकी नगरपालिकाकी उपमेयर रजनी जोशीको भनाइ रहेको देखिन्छ ।
भूकम्पपछि युनेस्को, बेलायतको दुर्हाम विश्वविद्यालय, भक्तपुर नगरपालिका र पुरातत्व विभागको टोलीले वत्सलादेवी मन्दिर हातामा उत्खनन गरेको थियो । सो उत्खननबाट यो मन्दिर इँटाबाट बनेको र त्यसमा ढुङ्गा टाँसिएको देखिएबाट निर्माण प्रक्रियामा कमजोरी ठहराइएको पाइन्छ । जीपीआर (Ground Pentrating Radar) बाट दरबार क्षेत्र बढी सुरक्षित देखिएको भनिए तापनि यो मन्दिर भने सुरक्षित रहन सकेन । उक्त विश्वविद्यालयका प्राध्यापक रोबिन कनिङ्घमले वत्सला मन्दिरको जग कमजोर भएको कारण १९९० सालमा र यसपाला भत्केको, मन्दिर नजिकबाट गाडी कुदाउनाले पनि मन्दिर कमजोर हुने बताउनुभएको पाइन्छ । तर, जग कमजोर भनिए तापनि अहिले पनि जगदेखि माथि पेटीको तहसम्म कुनै नोक्सानी नगरेकोले सोही जग र पेटीमा अहिले मन्दिर ठडाएर पुनर्निर्माण गरिएको छ । जग कमजोर भन्ने भनाइ उचित लागेन ।
पहिले मन्दिर इँटाको गारोमा ढुङ्गा टाँसेर बनाएको देखियो । अहिले भने मन्दिरको पेटीको तहबाट नै काठको पे्रmमको स्ट्रक्चर दिएकोले मन्दिर बढी बलियो र टिकाउ हुने विज्ञहरूको विचार रहेको पाइयो ।
अहिले पुनर्निर्माण भएको सिद्धिलक्ष्मी, शिलु महादेव, केदारनाथलगायत सबैजसो मन्दिरको भित्री भागमा अग्राखको काठको फ्रेम राखेर बनाइएकोले मन्दिर अवश्य नै टिकाउ र बलियो हुने देखिन्छ ।
यो मन्दिर पनि सरकारी पद्धतिअनुसार लागत अनुमान रु. १,२८,६२,२१३।८३ (एक करोड अठाइस लाख बयसट्ठी हजार) भएकोमा रु. ७७ लाख १३ हजार ५८१ रूपैयाँमा काम सम्पन्न गरी लागत अनुमानको ५९.९७ अर्थात् ६० (साठी) प्रतिशतभन्दा कम खर्चमा गुणस्तरबमोजिमको काम सम्पन्न गरेको देखिन आयो । यो मन्दिर निर्माणमा स्वदेशी र विदेशीले गरी ६ लाख २७ हजार ५१० रूपैयाँ आर्थिक सहयोग प्राप्त भएको रहेछ । यो मन्दिर पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिका अध्यक्ष पूर्ववडाअध्यक्ष रामहरि गोराको सक्रियतामा भएको थियो । भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्पmत पुनर्निर्माण गरेका सबै मन्दिरमा सरकारी लागत अनुमानभन्दा धेरै कम खर्चमा काम सम्पन्न गरेको देखिन्छ । उपभोक्ता समितिबाट काम गराएकोमा सार्वजनिक खरिद कानुनबमोजिम ठेक्कापट्टाबाट गराइएन भनेर गुनासो प्रकट गर्ने गरेको पाइन्छ । अन्यत्र उपभोक्ता समितिबाट निर्माणको काम गराउँदा पनि लागत अनुमानभन्दा बढीमा काम गराउने नेपाली परम्परा चलिआएको छ । तर, भक्तपुर नगरपालिकामा भने सम्पदाजस्तो महँगा सामान खरिद गर्नुपर्ने निर्माण कार्यमा पनि लागत अनुमानभन्दा धेरै कममा काम सम्पन्न गरिनुबाट यो नगरपालिका सम्पदा पुनर्निर्माण कार्यमा उदाहरणीय हुन गएको छ । उपभोक्ता समितिमा बस्नेहरूले कुनै लालच देखाएको देखिन आएन । आर्थिक कारोबारमा भक्तपुर नगरपालिका इमानमा चलेको प्रस्ट हुन आयो । अन्यत्र भए ४० प्रतिशत बढी खर्च लागेको भनिन्थ्यो भने यहाँ ४० प्रतिशत कममा काम सम्पन्न गरिएको छ । निर्माण कार्य सम्पन्न गराउन सक्रिय रहेका उपभोक्ता समितिका अध्यक्ष रामहरि गोरा प्रशंसाका पात्र हुनुहुन्छ ।
नृत्य वत्सलाको मूर्ति ३४३ वर्ष पुरानो भनिए तापनि यो मूर्तिको बनावट कलात्मक र सुन्दर देखिन आएन । त्यतिबेला बनेका दरबार अगाडिका नरसिंहलगायतका मूर्तिहरूको सौन्दर्य र कलाकारिता हेर्दा यो मूर्तिको बनावट सुन्दर र आकर्षक देखिएन । कतै मूर्ति नै साटिएको त होइन भन्ने शङ्का गर्नुपर्ने अवस्था छ । मूर्ति प्राचीन हो होइन भन्ने सम्बन्धमा परीक्षण गराउन पनि सकिन्छ ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनर्निर्माणको क्रममा यो मन्दिर पूरा गरेर अर्को फड्को मारेको छ । अब २०७२ को भूकम्पपछिका मात्र होइन १९९० को भूकम्प र सो अगाडि भत्केका कैयौँ बेरूपका वा निर्माण नभएका मन्दिरहरू पुनर्निर्माण गर्ने दायित्व पनि क्रमशः पूरा गर्दै जान सफलता मिलोस् भन्ने कामना गर्दछु ।
स्रोत सामग्री ः
1. Voyage to Nepal / Dr. Gustav Le Bon, (1841-1931) French Scholor, Published in French in 1886,1943bs in English publication 1986, 1943bs, Himal Books Nepal published in 2014, मा नेपाल आएका,
Sketches from Nepal Part I & II, H. Ambrose Oldfield, British Writer, Surgeon in British Embassy Nepal / (1822-1871) Cosmo Publication, Delhi, 1981, London 1880,
3. Views of Nepal 1851-1864, H. Ambrose Oldfield, British Writer, Surgeon in British Embassy Nepal / (1822-1871) Margret Alicia Oldfield, Ratna pustak Bhandar 1975 (BIBLOTHECA HIMALAYICA, Series III Vol 5 Edited H.K. Kuloy 36 pictures)
ओलफिल्डका पुस्तकका चित्रहरू सबै उनैले बनाएका । सन् १८४६ मा भारतमा सेवा गर्न आएपछि नेपालमा सर्जन भएर सन् १८५० देखि १८६८ (१९०७ देखि १९२५साल) सम्म काम गरेका अवधिमा सम्पदा क्षेत्र र नेपालको तस्बिर बनाएका र किताब लेखेका ।
4. History of Kings of Nepal,नेपालिकभूप वंशावली ब्A Buddhist Chronicle in 3 parts. Editor: Niels Gutschow, Himal Books Kathmandu 2015
5. Photo by John Cloud White, 1900-1908, National Geographic, Facebook.com, Vintage Nepal.
६) ‘भक्तपुर’, मासिक पत्रिका, प्रकाशक भक्तपुर नगरपालिका सङ्ख्या २१९, २२४ ।
७. ओम धौभडेल, विगत र वर्तमान भूकम्पबीच भक्तपुर नगर, ‘भक्तपुर’ मासिक सङ्ख्या ं २२०, ऐ. धौभडेल, भक्तपुर नगरको पुरातात्विक क्षेत्रको उत्खननको पहिचान र आवश्यकता, ‘भक्तपुर’ मासिक सङ्ख्या २१५
८. नेपालको महाभूकम्प १९९०, ब्रह्मशमशेर जबरा, प्राइम बुक्स प्रालि, २०७२
THE SIKHARAS, The Traditional Newar Architecture of the Kathmandu Valley, Wolfgang Korn, 2014 Ratna Pustak Bhandar
10. Towers in Stone, Bijaya Basukala, Niels Gutshcow & Kishor Kayastha, Himal Books, Kathmandu 2014
11. Architecture of The Newars, Vol II, Niels Gutschow, Serindia Publications, Chicago, USA 2011
१२. स्मारक क्षेत्र निर्धारण, अध्ययन, अनुसन्धान र सुझाव टोलीबाट भक्तपुर नगरपालिकामा प्रस्तुत प्रतिवेदन, चैत्र ५, २०५३
१३. कान्तिपुर, द काठमाडौँ पोष्टलगायत पत्रिकाहरू, नेसनल जोग्राफिक, भिन्टेज नेपाल, फेसबुक, इन्टरनेट ।
स्रोत ः नृत्य वत्सला मन्दिर पुनः निर्माण २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *