नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
रगत दिन पर्खन हुन्न
एकचोटि एकजना घाइते सिपाहीको खुट्टाको हाड नै टुक्रिएको थियो । उनको खुट्टा काट्नुपर्ने भयो । त्यस चिरफारको निम्ति घाइतेलाई रगतको खाँचो भयो । वेथुनले रगत दिन आफ्नो हात पर्साउनुभयो । उपचार दलका चिनियाँ साथीहरू अप्ठ्यारो माने । उहाँको उमेर र शरीरलाई ध्यान दिएर तिनीहरूले उहाँको रगत लिन अस्वीकार गरिदिए । वेथुनले साह्रो र दरो भएर भन्नुभयो, “मोर्चामा अफिसरहरू र तिनका साथीहरूले आफ्ना देश र जनताको निम्ति रगत बगाइरहेछन् र आफ्नो जीवन दिइरहेछन् । म पछाडि काम गर्दै छु । मैले किन अलिकति रगत दिन सक्तिन ? पछि हामीले रगत दिनेहरूको एक स्वयम्सेवक दल नै तयार गर्नुपर्नेछ । लौ, अहिले रगत दिन पर्खनु हुन्न । हामीले यस घाइतेलाई बचाउनुपर्छ । लौ लौ एकछिन पनि खेर नफालौँ ।”
क्यानडाका एक सपुतले चिनियाँ जनताको निम्ति ३०० सीसी रगत दिनुभयो ।
५ बजे हुन्दो हो । टाउको फुटेको एक घाइते ल्याइयो । कस्तो नराम्रो संजोग । उपचार दलले टाउको चिरफार गर्ने सामान ल्याएको थिएन । चिरफारको सामान लिन पठाइयो । दिनभरिको कामले सबै डाक्टरहरू थाकिसकेका थिए । तर, वेथुन घुँडाले टेकेर घाइतेलाई एक एक थोपा गरेर औषधि दिँदै जानुभयो । साँझ पर्दै गयो । नर्सले बिस्तारै मनैबत्ती बाले । भान्छे खानाको निम्ति वेथुनलाई सात चोटि बोलाउन आइसके तर उहाँ भने आफ्नै काममा डटिरहनुभएको थियो । खानापछि उहाँ फेरि रोगीकहाँ जानुभयो । आधा रातपछि रोगीको होस फक्र्याे । अनि बल्ल वेथुनको मुख शान्ति र चैनले उज्यालो भयो । ओठमा हाँसोका धर्काहरू देखिए ।
अर्काे पटक, एक सिपाही सा¥है घाइते भएको थियो । चिरफारको समयमा बाँच्छ कि बाँच्दैन भन्न सकेको थिएन । वेथुनले रगत दिने विचार गर्नुभयो । उपचार दलका सबै सदस्यहरूले रगत दिइसकेका थिए । सैनिक क्षेत्रका स्वास्थ्य सेवा दलका प्रमुख आफ्नो रगत दिन अगाडि बढे । वेथुनले त्यसको आलोचना गर्दै भन्नुभयो, “तपाईँले दिइसक्नुभएको छ, अब मेरो पालो ।”
चिनियाँ उपचार दलका सदस्यहरूले उहाँको रगत लिन मानेनन् । अनि उहाँले हप्काउने ढङ्गले भन्न लाग्नुभयो, “समय खेर नफाल । मेरो रगत सबैसित मिल्ने (युनिभर्सल ग्रुप ‘ओ’) रगत हो । …. लडाइँको पछितिर बसेर काम गर्नेहरूले अलि कति रगत दिन इच्छा गर्नुपर्छ ।
कर्तव्यप्रति असीम ध्यान
एक पटक चर्को बिरामी ल्याई पु¥याइएको थियो । चिनियाँ डाक्टर लिन अरू कुनै काममा लागिरहनुभएको थियो । वेथुनले लिनलाई बोलाएर सोध्नुभयो, “डा. लिन, के तपाईँले अहिले गल्ति गर्नुभएको छैन ?”
“तपाईँ के भन्न लाग्नुभएको हो, डा. वेथुन” गजब भएर उनले जवाफ दिए ।
“म तपाईँलाई देखाउँला ।”
स्टेचर ल्याइयो । वेथुनले बिरामीलाई माया र चासो देखाएर स्वागत गर्नुभयो । घाउको विषयमा सा¥है नरम भएर सोध्नुभयो । डा. लिनतिर फर्केर उहाँले भन्नुभयो, “एक चिरफारको डाक्टरले घाइते सिपाहीहरूसँग यसरी व्यवहार गर्नुपर्दछ । के यो कुरा मान्नु हुन्छ ? तिनीहरू हाम्रो निम्ति लडाइँको मैदानमा आफ्नो रगत बगाउँछन् । तिनीहरूले सहेको दुःख कष्टको सट्टामा हामीले तिनीहरूलाई सबभन्दा राम्रो हेरविचार, सुसार र कौशलभन्दा अरू केही दिन सक्दैनौँ । तिनीहरू आजको चीनको लागि मात्र लडेका होइनन्, बरु भोलिको चीनको लागि पनि लडेका हुन् । जहाँ वर्गीय शोषण रहने छैन ।”
उहाँको विचारमा ‘उपचारको काममा उँचो कर्तव्यको भावना चाहिन्छ, किनभने यो रोगीको स्वास्थ्य र जीवनसँग सम्बन्धित छ ।
एकदिन उहाँ हौपेन अस्पताल हेर्न जानुभयो । त्यहाँ एक एक सिपाहीको खुट्टो भाँचिएको थियो । खुट्टो राम्रोसँग मिलाएको थिएन । यो देखेर उहाँको आँखामा आँसु आयो । भिजेकै आँखाले त्यस खुट्टोलाई काठका टुक्राहरूले अडेस दिएर फेरि मिलाई दिनुभयो । खुट्टोको उपचार गर्ने त्यस डाक्टरलाई उहाँले सा¥हैसित भन्नुभयो, “तपाईँको लापरबाही उपचारले त्यो भाँचिएको खुट्टोले जीवनभर लङ्गडो भन्नुपर्नेछ । पछि रोगीहरूलाई हामीले यस्तो लापरबाही गर्नु हुन्न ।”
उहाँ भद्रगोल, जथाभावी र बेहोसीजस्ता कुराहरू मन पराउनु हुन्नथ्यो । यहाँ आफ्ना सहयोगीहरूलाई समयमै आवश्यक आलोचना गर्न र सल्लाह दिन पछि हट्नु हुन्नथ्यो । उहाँको निम्ति नचाहिने भन्ने कुनै कुरै थिएन । उहाँमा सिलसिला मिलाएर मेहनत र एक नामसित सा¥है वैज्ञानिक ढङ्गले काम गर्ने गुण थियो । उहाँले एकचोटि भन्नुभएको थियो, “मेरो टेबुल एक भान्छा घरजस्तो हो जहाँ जे वस्तु हुनुपर्छ (ठीकसित राखिएको हुन्छ) अँध्यारोमा पनि आवश्यक वस्तु टिप्न सक्छु ।”
गुरिल्ला लडाइँको क्षेत्रीय अस्पतालको व्यवस्थाबारे एक पाठ्यपुस्तकको खाँचो थियो । यो कुरा उहाँले कामको सिलसिलामा अनुभव गर्नुभयो । त्यस खाँचोलाई टार्न १९३९ को जुलाई महिनामा उहाँले लेख्न थाल्नुभयो । उहाँको बायाँ हातको औँलामा चिरेको घाउ थियो । यसकारण, उहाँको दोभाषेले (दुई भाषीले) घाउ निको पार्न आराम गर्ने कर गर्दा द्वेभाषीलाई जवाफ दिनुभयो, “यो किताब सा¥है जरुरी छ । जति चाँडो यो किताब सिध्याउन सकिन्छ त्यति चाँडो हाम्रा उपचार दलका कामरेडहरूले अध्ययन गर्ने कुरो पाउनेछन् ।” चार रातमा उहाँले त्यो किताब लेख्न भ्याउनुभयो । किताब उहाँले अध्ययन माओको गुरिल्ला युद्धको रणनीतिको प्रेरणाबाट लेख्नुभएको थियो । त्यो किताब चिनियाँ जन सेनाको उपचार क्षेत्रमा एक मूल्यवान अनुभव हुन गयो ।
बन्दुकको आवाजमुन्तिर डा. वेथुन
अक्टोबर महिनामा जापानले ‘जाडोमा सिध्याइने आलियान’ सुरु ग¥यो । शत्रुहरू अगाडि बढ्दै थिए ।
लैयानको सुनचिया भन्ने गाउँमा वेथुन आफ्नो काममा दिलोज्यानले लागिरहनुभएको थियो । दिउँसोको बेला थियो । गाउँको पछिल्तिर शत्रु आइपुगेको खबर पुग्यो । काम नरोकिकन वेथुनले सोध्नुभयो, “चिरफार नगरिएका कति जना बाँकी छन् ?”
“दस जना ¤ सबैजसो गम्भीर घाइतेहरू हुन् ।”
वेथुनले छिटो भन्नुभयो, “अहिले भर्खर चिरफार गरिसकेकालाई हालौँ । अरू दुई जना चिरफारको निम्ति टेबुलमा ल्याइहाल । एकैचोटि तीन जना ल्याऊ । एकजना गार्ड कोठाको छेउमा बस, एक जना भरियाहरूकहाँ पठाउनू र तुरुन्तै हिँडिहाल्नको निम्ति खच्चडहरू तयार राख्न लगाऊ ।”
उहाँको द्वेभाषीले भने, “डा. वेथुन यहाँको स्थिति चि हुई र सुङ्ग च्याको जस्तो होइन । आवश्यक भए हामी त बस्न तयार छौँ । तर, तपाईँ ….. ।”
“मलाई के” वेथुनले बीचमै कुरा काटेर भन्नुभयो, “चिरफार नगरिकन अहिले लगियो भने घाइतेहरूको जीवन खतरामा पर्नेछ । शत्रु अझ केही पर छ । त्यतिन्जेल सिध्याइराख्ने छु । काममा लाग्दै गर र बिरामीहरू ल्याउने गर ।”
केही मिनेटमात्र बितेको थियो । एकजना गार्ड आएर भन्यो, “कमभन्दा कम ७०० जापानी शत्रुहरू पहाडमा आइपुगिसकेका छन् ।” तर, वेथुनलाई गार्डतिर फर्कनु भएन । खबर उहाँले सुन्नुभयो या भएन केही थाहा भएन । उहाँ आफ्नो सबै ध्यान रोगीको उपचारको काममा लगाइरहनुभएको थियो ।
नजिकै राइफल पड्केको आवाज आयो ।
‘धत्’ ¤ भनेर वेथुन ठूलो स्वरले कराउनुभयो । सबै उहाँतिर ओइरिए । तर, सबैलाई पन्छाउँदै भन्नुभयो, “केही होइन, मैले आफ्नो औँला काटेँ ।” बायाँ हातको ओँलामा आइडिन (आयोडिन) सोलुसन राख्नुभयो । त्यसपछि फेरि काममा भिडिहाल्नुभयो ।
पुग नपुग २० मिनेटपछि एक युवकले आफ्नो खुट्टा वेथुनको चिरफारको टेबुलमा राखे । उनको खुट्टामा राइफलको गोली लागेको थियो । बन्दुकको आवाज झन्झन् नजिक आइपुग्यो । गार्ड नै आएर भन्यो, “डाक्टर वेथुन ¤ एक मिनेट पनि ढिलो गर्नु भएन ।” चिनियाँ डाक्टर लिनले वेथुनको पाखुरा समातेर भन्नुभयो, “यो म गर्छु । …. तपाईँ बस्नु भएन ।”
घाइते युवकले आफ्नो टाउको उचाल्यो र भन्यो, “डा. बेथुन कृपया जानुहोस्, मेरो घाउ चर्को छैन । मलाई तपाईँसँग लानू या छोडेर जानुहोस्, केही छैन । शत्रु आउनुभन्दा अगाडि कृपया जानुहोस् ।”
“एक मिनेटमात्रै समय लाग्छ ।” वेथुनले विस्तारै जवाफ दिनुभयो । “मैले केही मिनेटमात्रै यसलाई समय दिए भने यो चाँडै निको हुनेछ । मैले छोडे भने तिमीले आफ्नो खुट्टा खराब गर्नेछौ ।”
मेसिनगनको आवाज नजिक आउँदै थियो । वेथुनले चिरफारको काम सिध्याउनुभयो । रोगीहरू लगिए । डाक्टर वेथुन घोडा चढेर हिँड्नुभयो । त्यो रोगी पहाडमा पुग्दा नपुग्दै शत्रुले त्यो गाउँ लिइसकेको थियो ।
म काम गर्नसक्छु
उपचार दल पहिलो सब डिभिजनको एक नम्बर स्वास्थ्य केन्द्रमा पुग्यो । वेथुनको औँलाको घाउ राँकिँदै गयो । नोभेम्बर १ तारिखको दिन उहाँले एक सर्ने (सेप्टिक) रोग चिरफार गर्नुभयो । उहाँले घाउ चिर्दा चिरफारको पञ्जा लगाउन बिर्सनुभयो । घाउमा त्यो रोग स¥यो । विषालु रगतले गर्दा उहाँको औँला झन्झन् सुनिँदै गयो । चिनियाँ डाक्टर वाङ्गले औँलाको घाउबाट पिप सफा गरे ।
७ नोभेम्बरको दिन, जापानले ठूलो आक्रमण ग¥यो । मोर्चामा भयङ्कर लडाइँ भइरहेको थियो । चिनियाँ साथीहरूले वेथुनलाई मोर्चा छोड्न अनुरोध गरे । तर, उहाँले भन्नुभयो, “मेरो उपचार गर्न बेकार छ । म काम गर्नसक्छु । एउटा औँला काटिएर के हुन्छ ? मलाई लडाइँमा शक्तिशाली मेसिनगनजस्तै काममा लगाउनुपर्छ ।”
उहाँ आराम गर्न मान्दै मान्नुभएन । घाउ बढेर हातको कुहिनोसम्म सुन्निसकेको थियो । आफू सुतिरहेको बेला रोगीहरू ल्याउँदा उहाँलाई उठाउने सल्लाह दिनुहुन्थ्यो ।
९ नोभेम्बरको दिनमा घाउ सुनिएर पाखुरासम्म असर ग¥यो । दिउँसो ज्वरो बढ्यो । शत्रुले उमोती र पैचिया भन्ने ठाउँमा हमला ग¥यो । नजिकिँदै थियो तर वेथुन त्यो ठाउँ छोड्न मान्नु भएन । केही दिनपछि उहाँ फेरि काम गर्नसक्नुहुनेछ भन्ने उहाँको भनाइ थियो । आखिरमा रेजिमेन्ट कमान्डर आफै आएर भनेपछि मात्र उहाँ ठाउँ छोड्न मान्नुभयो । बाटोमा उहाँ सा¥है काम्नुभयो र वान्ता पनि भयो ।
रोग सा¥हो हुँदै गयो । उहाँलाई लडाइँको क्षेत्रबाट पछाडि पु¥याइयो । अरू डाक्टरहरूले हात चिर्ने सल्लाह दिए । तर, वेथुनले टाउको हल्लाएर भन्नुभयो, “अहँ ¤ यो निको होला भन्ने मलाई विश्वासै छैन, केही गर्न सकिन्न । …दुवै हात रहन देऊ । तर, मेरो हात धेरै दिनको छैन । रगतको खराबी हो । रगत विषालु भएकोले केही गरे पनि हुन्न । मलाई एक्लै बस्न देऊ ।”
सुखका अन्तिम दिनहरू
वेथुनको बिरामीको खबर मोर्चामा बिजुलीजस्तै फैलियो । नजिक नजिकका गाउँका जनता वेथुन भएतिर ओइरिए । गाउँका जनताले वेथुनलाई झ्यालको बाहिरबाट सन्चो भएका सिपाहीहरू आएर वेथुनलाई बचाउन अरू डाक्टरहरूलाई भनिरहेका थिए । सिपाहीहरू आएर भनिरहेका थिए, “हामी लडेर मद्दत गरौँला, विजयको खबरले उहाँलाई जरुरै आराम दिनेछ ।”
उहाँ नचलिकन बसिरहनुभयो । सास फेर्न गा¥हो भइरहेको थियो । उहाँले मोर्चामा उपचार दल पठाउन जेनेरल न्हेलाई अनुरोध गर्नुभयो । क्यानडा र अमेरिकी कम्युनिस्ट पार्टीलाई खबर पु¥याइदिन अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “बितेको दुई वर्ष मेरो जीवनको सबभन्दा सुखद र सबभन्दा अर्थपूर्ण वर्षहरू हुन् । … अब म काम गर्न अयोग्य भएँ, यतिमात्र मेरो दुःख हो … तपाईँहरू र मेरा सबै कामरेडहरूलाई हजारौँ हजार धन्यवाद छ ।”
भोलिपल्ट बिहान अरू डाक्टरहरू र द्वेभाषिया वेथुनको अगाडि भेला भए । उहाँले आफ्नो इच्छा व्यक्त गर्नुभयो, “महान् उद्देश्यको निम्ति अगाडि बढाउन सकेसम्म अगाडि बढ्दै जाऊ ।” १२ नोभेम्बर १९३९ को बिहान ५ बजेर २० मिनेट जाँदा क्यानडियाली कम्युनिस्ट पार्टीका एक वीर सदस्य र एक ठूला अन्तर्राष्ट्रवादी लडाकुको गौरवमय जीवनको अन्त भयो ।
आठौँ पैदल सेनालाई यो शोक समाचार पठाइयो । जेनेरल न्हे र सैनिक हेडक्वाटरका अरू सबै सदस्यहरू रोए । मोर्चामा सारा सिपाहीहरू कराए, “वेथुन ।” लाग्छ सिपाहीहरूले जापानको विरोधमा रिसले आगो भएर गोली लाएको होस् । सैनिक क्षेत्रमा अस्पताल र उपचार दलका कामदारहरूले शोकलाई बलमा बदले । तिनीहरूले वेथुनको भावना र प्रेरणा लिएर काम गर्न थाले ।
नर्मन वेथुनको सम्झनामा
२१ डिसेम्बर १९३९ मा चिनियाँ जनताका महान् नेता अध्यक्ष माओले वेथुनको सम्झनामा भन्नुभयो, “‘‘ उहाँ आफ्नो कार्य क्षेत्रमा शहीद हुनुभएकोमा हामीलाई सा¥है दुःख छ । यो कुन किसिमको भावना हो, जसले एक विदेशीलाई निःस्वार्थ भावनाले चिनियाँ जनताको मुक्तिलाई नै उहाँले आफ्नो उद्देश्य बनाउनुभयो । यो अन्तर्राष्ट्रवादी भावना हो, जसबाट हरेक चिनियाँ कम्युनिस्टले सिक्नुपर्छ ।
आफ्नो स्वार्थलाई अलिकति पनि वास्ता नगरी पूर्णरूपले अरूलाई ध्यान दिने कामरेड वेथुनको भावनाले उहाँको आफ्नो काममा रहेको ठूलो जिम्मेवारीको भावना र सबै कामरेडहरू र जनतामाथिको उहाँको ठूलो स्नेहलाई देखाउँथ्यो । हरेक कम्युनिस्टहरूले उहाँबाट सिक्नैपर्छ ।
वेथुनको नाउँ लिँदा मोर्चाबाट फर्केका यस्ता कोही पनि थिएनन्, जसले उहाँको प्रशंसा नगरेका हुन् र उहाँको भावनाबाट प्रभावित नभएका हुन् । शान्सिचाहार–होपै सीमा इलाकामा डा. वेथुनद्वारा उपचार गरिएका वा उहाँको काम देखेका यस्ता कुनै सिपाही या नागरिक थिएनन्, जो हरेक कम्युनस्टिहरूले कामरेड वेथुनको यस साँचो भावनाबाट सिक्नैपर्छ ।
“उहाँको मृत्युले म अत्यन्त दुःखी छु । अहिले हामी सबै उहाँको स्मृति सभा मनाइरहेछौँ । उहाँको भावनाले हामी प्रत्येकलाई कस्तो चर्कोसित घच्घच्याइरहेछ भन्ने यसले देखाउँछ । हामी सबैले उहाँबाट चोखो निःस्वार्थी भावना सिक्नैपर्छ ।”
नर्मन वेथुन एक डाक्टर हुनुहुन्थ्यो, तर उहाँले आफ्नो व्यक्तिगत सुख र मोजमजालाई त्यागेर संसारका जनतालाई आक्रमण गरेर अन्याय र अत्याचार गर्ने फासिस्टवाद र साम्राज्यवादविरोधी सङ्घर्षमा भाग लिन उहाँले आफूलाई अर्पण गरिदिनुभयो । हाम्रा नेपाली डाक्टरहरूले पनि डा. वेथुनको निःस्वार्थरूपले जनताको सेवा गर्ने भावनाबाट सिक्नुपर्छ ।
समाप्त
स्रोत : बज्र (२०३४)
Leave a Reply