भर्खरै :

भक्तपुर नगरव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर, २१ पुस । सहलह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भक्तपुर नगरव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले गर्नुभयो ।
कार्यक्रममा सांसद गोसाईले एमसीसीको पक्षमा वकालत गर्ने र एमसीसी पास गर्न खोज्नेहरू देशद्रोही र राष्टघाती भएको बताउनुभयो । उहाँले देशले दुःख पाएको पैसा नभएर होइन भ्रष्टाचार, आर्थिक घोटाला र सरकारको नेतृत्व गर्ने पार्टीसँग दूरदृष्टि नभएर भएको प्रस्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले समाज उत्थानमा सक्रिय भूमिका निभाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको कभर्ड हललाई अझ स्तरीय बनाउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य सुनिता अवालले सहकारी संस्थाले खेलकुद क्षेत्रलाई पनि सँगसँगै अगाडि लग्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले अनुशासन र मित्रताको लागि खेल खेल्नुपर्ने बताउनुभयो ।
पुस २४ गते शनिबारसम्म चल्ने प्रतियोगितामा तीनवटा विधाअन्तर्गत मेन्स डबलमा ३६ जोडी, मेन्स सिङ्गलमा २६ जना र भेट्रान्स डबलमा ७ जोडीले सहभागिता जनाएका छन् ।
संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा भएको कार्यव्रmममा संस्थाका उपाध्यक्ष तथा युवा तथा अतिरिक्त व्रिmयाकलाप समितिका संयोजक एण्डिज ग्वाछा र सचिव रामेश्वर मचामसीले बोल्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *