कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
रौतहट, २१ पुस । नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिको आयोजनामा बुधबार समसामयिक विषयमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले देशघाती एमसीसीको समर्थन गर्नेहरू राष्ट्रघाती हुने उल्लेख गर्दै एमसीसीका कारण नेपाल अर्को अफ्गानिस्तान बन्ने खतरा बढेको बताउनुभयो ।
शासक दलले नेपाललाई एमसीसी सम्झौतामार्फत भारतको अङ्ग बनाउन चाहेको विचार राख्दै उहाँले किसान आन्दोलनबिना नेपालका किसानहरूले आफ्नो हक—अधिकार प्राप्त गर्न नसक्ने बताउनुभयो ।
शासक दलले नेपाललाई सबै क्षेत्रमा परनिर्भर बनाउँदै लगिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले सबै क्षेत्रमा भारतनिर्भर भएको नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हुन नसक्ने बताउनुभयो ।
उहाँले विदेशीको भरमा नेपालको विकास र समृद्धि सम्भव नभएको बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ रौतहटका अध्यक्ष अमीरुल हकले सरकारमा गएका पार्टीहरू भागबन्डा र पदमा अल्झिरहेको उल्लेख गर्दै नेमकिपाले मजदुर—किसानको हकहितको लागि सशक्त भूमिका खेलिरहेको बताउनुभयो ।
नेमकिपा रौतहटका जिल्ला अध्यक्ष दिनेशप्रसाद साहले शोषितपीडित जनतामाथि हुने अन्याय र शोषणविरुद्ध लड्न किसानहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
नेक्रामजदुरसङ्घका राजकृष्ण गोराले नेमकिपाले शोषित पीडित जनताको पक्षमा काम गरिरहेको औँल्याउँदै शोषित पीडित जनता एकजुट हुनुपर्ने बताउनुभयो । उक्त भेलामा नेमकिपा रौतहटका लालबाबु चौधरीले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको उपस्थितिमा बुधबार बारामा कार्यकर्ता भेटघाट भयो ।
नेमकिपा बाराको आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमसीसी सम्झौता देशघाती रहेकोले सदनबाट पारित गर्न नहुने धारणा राख्दै सचेत जनताले उक्त सम्झौताको विरोध गर्नैपर्ने बताउनुभयो ।
देशलाई उपनिवेश हुनबाट जोगाउन नेमकिपाले निरन्तर एमसीसीको विरोध गर्दै आएको छ, उहाँले भन्नुभयो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकारमा गएका पार्टीहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली गर्दै आइरहेको हुँदा सचेत जनता एक हुनुपर्छ भन्नुभयो ।
मित्र देशको सहयोगमा बनेका सार्वजनिक कल–कारखाना र उद्योगधन्दाहरू कौदी मूल्यमा निजीकरण गर्नु दुर्भाग्य रहेको उल्लेख गर्दै उहाँले उत्पादनका मुख्य मुख्य साधन, स्रोत र सेवा सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य निःशुल्क हुन्छ । उत्पादनका मुख्य–मुख्य साधन र सेवा निजीकरण हुन्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । बौद्धिक र शारीरिक श्रमको भेद हट्छ । शोषणविरूद्धको हक हुन्छ ।”
भक्तपुर नगरपालिकाले दिँदै आएको सेवाबारे जानकारी दिँदै नगर प्रमुख प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा दिन ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको, ख्वप अस्पताले दैनिक ६००–७०० बिरामीको सेवा गरिरहेको बताउँदै भनपाले समाजवादउन्मुख कार्य गरिरहेको धारणा राख्नुभयो ।
भनपाले गुणस्तरीय निर्माण र कम लागतमा निर्माण सम्पन्न गर्न उपभोक्ता समितिमार्फत कार्य गरिरहेको जानकारी दिनुभयो ।
नेक्रामजदुर सङ्घका अध्यक्ष राजकृष्ण गोराले नेमकिपाले कामदार वर्गको हितमा व्यापक जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बाराका अध्यक्ष मुक्ति यादव र रेञ्जुदेवी साहले पनि बोल्नुभएको थियो ।
Leave a Reply