भर्खरै :

रेशम मार्ग पुनः अवलोकनको तयारीमा इटालीका ज्येष्ठ नागरिक

सत्तरी वर्षभन्दा बढी उमेरकी एक इटाली वृद्धा रेशमी मार्ग पुनःअवलोकन गर्ने तयारी गर्दै छिन् । यी वृद्धाको नाम भिएना गामारोटा हो । उनी पैदल यात्राका सौखिन हुन् । उनले आगामी वर्ष मार्को पोलो मार्गको पुनः अवलोकन गर्ने योजना बनाएकी छिन् । हाल उनी यसैको तयारीमा छिन् । उनको यस पटकको पैदल यात्राको उद्देश्य उनीजस्तै वृद्धाहरूलाई आफ्नो सपनाका लागि प्रयास गर्न भन्नु हो । उनकाअनुसार, चीनको पुरानो संस्कृति जादुमयी छ । साथै मार्को पोलोले जस्तै उनले यात्राको सङ्ग्रह निकाल्ने योजना पनि बनाएकी छिन् ।
७२ वर्षीया भिएना गामारोटाले केही वर्षअघि रेशमी मार्गको अवलोकन गर्ने योजना बनाएकी थिइन् । तर, महामारीका कारण उनको योजना स्थगित भयो । कामबाट अवकाश हुनुअघि उनी एक कम्पनीका कर्मचारी थिइन् । पहिले उनले यूरोप, नेपाल, ब्राजिलमा पैदल यात्रा गरेकी थिइन् । उनको पछिल्लो पैदल यात्रा भनेको जर्मनीका लेखक गोएथेको यात्रा पछ्याउँदै चेकबाट सिसिलिया टापूसम्मको थियो । उनी भन्छिन् “मैले छानेका पैदल मार्गहरू सबै कथा बोकेका मार्गहरू हुन् । मार्गको मात्रै कथा नभई मार्गमा हिँडेका मानिसहरूको पनि कथा धेरै छन् । मार्को पोलोले पनि समान काम गर्नुभयो । उहाँले एसियाका कथाहरूको रेकर्ड गर्नुभयो । पहिले हाम्रो विचारमा एसिया र यूरोपबीच कुनै पनि सम्बन्ध थिएन, तर वास्तवमा एसिया र यूरोप जोडिएको छ ।”
वृद्धा गामारोटाले योजनामा निकै ध्यान दिएकी छिन् । किनभने सत्तरी वर्षीय वृद्धाको हैसियतमा उनले सामान्य मानिसले पूरा गर्न अप्ठ्यारो हुने खालको कुरा छानेकी छिन् । हाल उनी सो टाढा यात्राको तयारीमा छिन् । उनलाई शारीरिक क्षमता र स्वास्थ्य अवस्थाप्रति चिन्ता छैन । उनका दुई छोरीले उनलाई साथ र सहयोग दिने छिन् । यसबाहेक, एकजना डाक्टरले मोबाइल सफ्टवेयरमार्फत उनको स्वास्थ्य अवस्थाको सूदूर अनुगमन गर्ने छन् । उनी भन्छिन् “मैले यस पटकको यात्रालाई सबै महिलाहरू खास गरी मेरो उमेरकी महिलाहरूप्रति समर्पित गर्ने छु । किनभने मेरो उमेरका महिलाहरूको कुनै सपना नहुने तथा साहसिक काम नगर्ने ठहर लिन्छन् । म उनीहरूलाई सपना नत्याग्न तथा सपनाका लागि प्रयास गर्न भन्छु ।”
गामारोटाले भेनिसदेखि पैचिङसम्म बा¥ह वटा एसियाली र यूरोपेली मुलुकको भ्रमण गर्ने योजना बनाएकी छिन् । साथै उनले यात्राको समयलाई खुकुलो बनाएकी छिन् । यात्राको क्रममा बाटोमा विविध संस्कृतिको रेकर्ड गर्ने योजना पनि बनाएकी छिन् ।
बीस वर्षअघि गामारोटाले आफ्नो घरमा इटालीमा अध्ययनरत चिनियाँ केटीको स्वागत गरेकी थिइन् । उक्त चिनियाँ केटीसँग उनको अझै पनि कुराकानी हुन्छ । उनको विचारमा चिनियाँ संस्कृति जादुमयी छ । उनले चिनियाँ केटीको आफ्नो घरमा स्वागत गरेजस्तै चीनमा चिनियाँ जनताद्वारा हार्दिक स्वागत गरिने अपेक्षा लिएकी छिन् । गामारोटा भन्छिन् “चीनको परम्परागत संस्कृतिलाई चिनियाँ जनताले कसरी निरन्तरता दिएको छ त ? म यसप्रति उत्सुक छु । मेरो विचारमा इटालीमा पहिले यस्तो संस्कृति थियो । हामीले इटालीको परम्परा बिस्यौँ, तर चिनियाँहरूले आफ्नो संस्कृति बिर्सेका छैनन् । चीनमा मैले चिनियाँहरूबाट हार्दिक स्वागत पाउने आशा लिएकी छु ।”
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *