भर्खरै :

प्रजग कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

प्योङयाङ, ६ जनवरी (केसीएनए/ सिन्ह्वा) । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले ध्वनिको भन्दा पात्चगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको कोरियाली केन्द्रीय सरकारी समाचार संस्था–केसीएनएले बिहीबार जनाएको छ ।
बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडि चलेको थियो जसले नयात् इन्धन प्रणालीको विश्वसनीयता प्रमाणित गरेको थियो । सेप्टेम्बरमा ह्वासोङ–८ लाई प्रक्षेपण गरेपछि प्रजग कोरियाद्वारा पुष्टि गरिएको हाइपरसोनिक मिसाइलको यो दोस्रो परीक्षण हो । हाइपरसोनिक मिसाइल क्षेत्रमा ‘परीक्षण प्रक्षेपणमा लगातार सफलता’ को रणनीतिक महत्व रहेको जनाइएको छ ।
नयात् वर्ष सुरु भएयता प्रजग कोरियाले गरेको यो पहिलो प्रमुख अस्त्र परीक्षण हो । केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निसानामा ‘ठ्याक्कै प्रहार’ गरेको थियो । यो प्रजग कोरियाको हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो । हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने बताइन्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ ।
हालै आफ्नो नयात् वर्षको सम्बोधनमा प्रजग कोरिया राष्ट्रिय मामिला परिषद्का अध्यक्ष तथा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले साम्राज्यवादको मुकाबला गर्न आफ्नो देशको सैन्य सामथ्र्य अभिवृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नयात् वर्षको सम्बोधनमा सर्वोच्च नेता किमले कोरियाली प्रायःद्वीपको अस्थिर सैनिक वातावरणका कारण प्योङयाङले आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।
बुधबारको परीक्षणमा हाइपरसोनिक ग्लाइडिङ वारहेड
(युद्धशीर्ष), रकेटको बूस्टरबाट अलग भएको थियो र १२० किलोमिटरसम्म यताउति घुमेर ७०० किलोमिटर पर रहेको निसानामा ठ्याक्कै प्रहार गरेको केसीएनएको विवरणमा उल्लेख छ । उक्त समाचारमा यो पछिल्लो परीक्षणले क्षेप्यास्त्रको उडान नियन्त्रण र हिउत्द याममा पनि काम गर्ने क्षमतालाई पुष्टि गरेको उल्लेख गरिएको छ ।
हाइपरसोनिक अस्त्रहरू सामान्यतया ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्ने र ध्वनिभन्दा पात्चगुणा बढी अर्थात् करिब ६२ सय किलोमिटर प्रतिघण्टा गतिमा उडेर निशानामा मार हान्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *