भर्खरै :

कोभिड – १९ को नयात् प्रजातिलाई परास्त गर्न पथ प्रदर्शकहरू सचेत हुनुपर्ने

भक्तपुर, २२ पुस । भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा विश्वभर फैलिरहेको कोभिड – १९ को नयात् प्रजाति ओमिक्रोनको जोखिम र यसबाट बच्न भक्तपुरका स्थानीय पथ प्रदर्शकहरूको एक प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकामा स्थानीय निर्वाचनको समयमा नेपाल मजदुर किसान पार्टीबाट जारी घोषणापत्रको अक्षरसः पालना गर्न जनप्रतिनिधिहरू लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी सिद्धान्त अनुसरण गर्न जनताको स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा जनताको सेवा गर्न ख्वपः मोडललाई अनुसरण गर्नु आवश्यक छ ।”
भक्तपुरको शिक्षाको गुणस्तर राम्रो हुत्दै गएको धारणा राख्दै उपप्रमुख जोशीले भक्तपुरका दुई कलेजका विद्यार्थीहरूले त्रि.वि.को परीक्षामा नेपाल प्रथम भई स्वर्ण पदक जित्न सफल भएको जानकारी दिनुभयो ।
जनताको स्वास्थ्य सेवाको निम्ति ख्वप अस्पताल सञ्चालन, कोभिड १९ को सङ्क्रमित बिरामीहरूलाई निःशुल्क कोभिड युनिट सञ्चालन र निकट भविष्यमा भेन्टिलेटरसहितको आईसीयू भएको अस्पताल सञ्चालनमा लागेको उहाँले बताउनुभयो ।
नगरका सांस्कृतिक सम्पदाहरू संरक्षण, जीर्णाेद्धार र पुनः निर्माणलाई प्राथमिकतामा राखी भनपाले गुणस्तरीय निर्माण एवम् जनतामा अपनत्वको भावना विकास गराउन उपभोक्ता समितिमार्फत विकास निर्माणको कार्य गरिरहेको उहाँले बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “पथ प्रदर्शकहरू राजनीतिकरूपले सचेत हुनु आवश्यक छ । एमसीसी सम्झौता सार्वभौम देशको सिद्धान्तविपरीत रहेको हुँदा यो सम्झौता खारेज हुनुपर्छ । ”
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा उहाँले नेपालमा कोभिड १९ को नयाँ प्रजाति ओमिक्रोनको स्थितिबारे जानकारी दिनुभयो ।
उहाँले पथ प्रदर्शकहरू विदेशीहरूको प्रत्यक्ष सम्पर्कमा हुने भएकाले यसको जोखिमबाट बच्नुपर्ने, आत्मबल बढाउनुपर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र सबैलाई यस महामारीबाट जोगाउन लाग्नुपर्ने बताउनुभयो ।
भनपाका प्रशासन प्रमुख दामोदर सुवालले पथ प्रदर्शकहरू सुरक्षित हुनुका साथै मर्यादित र अनुशासित हुनुपर्ने, आचारसंहिता पालना गर्नुपर्ने, पर्यटकहरूलाई सही सूचना दिनुपर्ने, पर्यटकहरूलाई राम्रो व्यवहारबाट भक्तपुरको छवि राम्रो बनाउन जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका डा. अमर प्रजापतिले पथ प्रदर्शकहरूलाई कोभिड १९ को नयात् भेरियन्ट ओमिक्रोनको सङ्क्रमणको जोखिम र यसबाट बच्ने उपायहरूबारे जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दरभेले र स्थानीय पथ प्रदर्शक परिचालन समितिका सदस्य एवम भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *