भर्खरै :

रौटहतमा नेक्राकिसङ्घको प्रशिक्षण

रौतहट, २२ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेको आतिथ्यमा बिहीबार माधवनारायण नगरपालिका वडा नं. ४ मानपुर, विष्णुपूर्वामा समसामयिक विषयमा प्रशिक्षण भेला भयो ।
भेलामा अतिथि काफ्लेले एमसीसी सम्झौताले नेपाललाई भारतको एउटा प्रान्तको रूपमा व्याख्या गरेको र भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादले नेपालको सार्वभौमिकता स्वीकार नगरेको हुत्दा नेपाली जनताले यसको सटिक जवाफ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
किसानहरूले भोग्दै आएको मल तथा सित्चाइ समस्यालाई नेक्राकिसङ्घले सरकारको निरन्तर ध्यानाकर्षण गर्दै आएको उहात्ले बताउनुभयो ।
नेपालका किसानहरू सङ्गठित भई सडकमा नओर्लेसम्म सरकारले किसानहरूको मागलाई सम्बोधन नगर्ने चर्चा गर्दै केन्द्रीय अध्यक्ष काफ्लेले नेक्राकिसङ्घले किसानहरूलाई राजनीतिकरूपमा सङ्गठित गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साहले भक्तपुर नगरपालिकाले जस्तै तराईका स्थानीय निकायहरूले पनि काम गर्नुपर्ने धारणा राख्दै स्थानीय तहमा भ्रष्टाचार व्याप्त रहेकै कारण देशको विकास नभएको बताउनुभयो ।
शासक पार्टीहरूका नेताले एमसीसी सम्झौता कार्यान्वयन नभए देश दशकौँ पछाडि पर्ने भनी झूटा प्रचार गरिरहेको बताउँदै केन्द्रीय सदस्य साहले अमेरिकाबाट वर्षको ११–१२ अर्ब रुपैयाँ नपाउँदैमा नेपाल पिछडिने होइन बरू सम्झौता कार्यान्वयन भएमा नेपाल अमेरिकी सेनाको खेलबाडको भूमि बन्ने निश्चित छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “किसानहरूको समस्यालाई एकत्रित गरी सरकारसमक्ष राख्न किसानहरू एकजुट हुनैपर्छ ।”
नेपाल मजदुर किसान पार्टी, रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले एमसीसीबारे नेमकिपाको धारणा राख्दै एमसीसी सम्झौता देशघाती भएकोले खारेज हुनुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले नेक्राकिसङ्घको अगुवाइमा भक्तपुरमा भएका किसान आन्दोलनहरूबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ रौतहट जिल्ला समितिका अध्यक्ष शेख अमिरुल हकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *