भर्खरै :

आणविक हतियाररहित विश्वको निर्माणमा चीन सधैँ नै प्रयासरत

पेइचिङ, ६ जनवरी (सीआरआई) । नयाँ वर्षको सुरुमा चीन, रूस, अमेरिका, बेलायत र फ्रान्स यी ५ वटा आणविक हतियार मुलुकका नेताहरूले सँगै मिलेर ‘आणविक युद्धको प्रतिरोध र सैनिक होडबाजी नहुने संयुक्त वक्तव्य’ जारी गर्नुभएको छ ।
पाँच आणविक मुलुकका नेताहरूले आणविक हतियार समस्याबारे वक्तव्य जारी गर्नुभएको यो पहिलो पटक हो । त्यसबाट आणविक युद्धको प्रतिरोध, विश्वको रणनैतिक स्थिरताको संरक्षण र आणविक भिडन्तको खतरालाई घटाउनेसम्बन्धी ५ वटा आणविक हतियार मुलुकको साझा अभिरूचि प्रतिबिम्बित गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले त्यसको स्वागत गरेको छ । रूसी राजनीतिज्ञ युरी स्विटोभले यदि त्यस संयुक्त वक्तव्यमा उल्लेखित धारणाको सम्मान गरिएमा त्यो वक्तव्य सन् २०२२ प्रेरणात्मक सुरुआत बन्ने कुरा औँल्याउनुभएको छ ।
चीन, रूस, अमेरिका, बेलायत र फ्रान्स आणविक हतियार अप्रसार सन्धिका कानुनी आणविक हतियार मुलुक हुनुका साथै संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का ५ वटा स्थायी सदस्य मुलुक पनि हुन् । त्यसैगरी यी ५ वटा मुलुकले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने सन्दर्भमा निकै ठूलो र महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्छ ।
समष्टिगतरूपबाट हेर्दा ५ वटा मुलुकबीच संयुक्त वक्तव्य एउटा नयाँ सुरुआत भएकोले त्यसको सकारात्मक छ । अब उपरान्त आणविक हतियाररहित विश्वको निर्माण गर्ने लक्ष्यलाई साकार तुल्याउनका लागि चीनले निरन्तर र सकारात्मकरूपमा प्रयास गर्दै जानेछ ।
यसैबीच ‘क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि’ (आरसीईपी) सन् २०२१ को जनवरी १ देखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । ब्रुनाई, कम्बोडिया, लाओस, सिङ्गापुर, थाइल्याण्ड र भियतनामलगायत आसियानका ६ वटा सदस्य मुलुक र चीन, जापान, न्युजिल्यान्ड तथा अस्ट्रेलिया लगायत गैरआसियान मुलुकका सदस्य मुलुकले औपचारिक रूपमा उक्त सन्धिको कार्यान्वयन गर्न थालेका छन् । सो सन्धि सञ्चालनमा आएको कुरा विश्वमा सबभन्दा बढी जनसङ्ख्या बोकेको, आर्थिक र व्यापारिक परिधि सबभन्दा ठूलो र सबभन्दा ठूलो निहित शक्ति रहेको स्वतन्त्र व्यापार क्षेत्र औपचारिकरूपमा सञ्चालनमा आएको प्रतीक पनि हो ।
आरसीईपीसम्बन्धी भन्सार कर कटौती नीति लागू गरिएपछि चीन र आसियान, अस्ट्रेलिया तथा न्युजिल्याण्डबीचको तत्कालीन शून्य भन्सार करको अनुपात ६५ प्रतिशतभन्दा बढी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *