प्राकृतिक प्रकोपको क्षति र मानवीय असन्तोषको सम्भावित अग्रीम उपचारबारे छलफल आवश्यक
- आश्विन २०, २०८२
संसारका न्यायप्रेमी जनता भारतलाई विस्तारवादी देश ठान्छन् । भारतीयहरू नै भारतलाई फासीवादी राज्य मान्छन् । नेपालीहरू भारतलाई विस्तारवादी, अतिक्रमणकारी, असमान सन्धि, सम्झौता गर्ने र भारतीय एकाधिकार पुँजीवादी देश भन्छन् । हुन पनि भारतले विस्तारवादी नीति अङ्गालेर अन्य स्वतन्त्र र सार्वभौम देशहरू आफ्नो देशमा गाभेको छ, असमान सन्धि सम्झौता गरेर अरू देशका नदी–नाला कब्जा गरेको छ, नेपालका लागि चाहिने हातहतियारदेखि अन्य महत्वपूर्ण सामानहरू भारतमै लिनुपर्ने सन्धि गरेर पुँजीमा एकाधिकार कायम गरेको छ । अहिलेको भारतलाई भारतीय लेखक, प्राध्यापक, कानुन व्यवसायी, पूर्वप्रशासक, कवि, पत्रकार तथा बुद्धिजीवीहरूले सद्दे नजरले हेरेका छैनन् ।
भारतीयहरूको टिप्पणी या मूल्याङ्कन हेर्दा भारतमा शासक वर्गको छलकपट, बेइमानी, नकच्चरोपनमात्र होइन विभेद र कुसंस्कार पनि त्यत्तिकै देखिएको छ । संसारकै ठूलो प्रजातान्त्रिक देश मानिएको भारतमा प्रम नरेन्द्र मोदीको शासनकाल फासीवादको रूपमा अघि बढ्नु राम्रो होइन । शासक दलको विचारभन्दा बाहिरका भारतीय नागरिकमाथि दमन गर्नु, नृशंस व्यवहार गर्नु प्रजातान्त्रिक पद्धति होइन । भारतले देशमा विकास गरिरहेको ध्वाङ फुक्छ, शक्तिशाली देश बन्दै छ भनी फुकिरहेको छ । तर, भारत अहिले पनि संसारकै सबभन्दा धेरै गरिब रहेको देश मानिन्छ । जीवनको जोहो गर्न नसक्ने गरिबको रेखामुनि रहेका मानिस दसौँ करोड छन् । सबभन्दा बढी बलात्कार हुने, अपमानित हुने र पक्षपात हुने देशमा पर्छ भारत । विज्ञान र प्रविधिको यो युगमा पनि विज्ञानलाई भन्दा अन्धविश्वास, कुरीति र कुसंस्कारलाई विश्वास गर्ने देश भारत हो । यसैले भारत अहिले पनि अन्धविश्वासको घेरामा छ । कोभिडको सङ्क्रमण कालमा भारतले आफ्ना सङ्क्रमित नागरिकहरूलाई अक्सिजन, औषधि पर्याप्त पु¥याउन सकेन, समयमै औषधोपचार गर्न सकेन । परिणामतः लाखौँको मृत्यु भयो ।
पत्रकार समाज नेपालले ‘आजको भारत, भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तक प्रकाशन ग¥यो । ‘मोदी सरकार र फासीवाद’, ‘कोभिड महामारीमा भारत’, ‘भारत हिजो आज’, ‘धर्म र राजनीति’ र ‘किसान आन्दोलन’ मा विभाजित यो पुस्तकको आज शुक्रबार परिचर्चा कार्यक्रम हुँदै छ । यो परिचर्चा कार्यक्रमले नेपालीहरूमात्र होइन भारतीय नागरिकहरू पनि भारतीय शासक वर्गको शासन प्रजातान्त्रिक छैन भन्ने थाहा हुन्छ । साँच्चै आजको भारतमा पुँजीपति वर्गको मात्र होइन फासीवादी राज छ । फासीवाद प्रजातान्त्रिक मूल्य र मान्यताभित्र पर्दैन । फासीवाद एक प्रकारको अधिनायकवाद हो । अधिनायकवादी सरकारले सम्पूर्ण अधिकार आफ्नो हातमा लिन्छ र निरङ्कुशताको विरोध गर्नेहरूलाई निर्दयतापूर्वक दमन गर्छ, मारपिट गर्छ र दबाउँछ । संसारकै ठूलो प्रजातान्त्रिक भन्ने देश भारत फासीवादमा फस्नु विडम्बनापूर्ण घटना हो ।
नेपाली जनताको विरोध भारतीय जनताको होइन भारतीय शासक वर्गको हो । नेपालमा भारतीय शासक वर्गको विरोध बढ्नुको कारण भारतीय थिचोमिचो हो, असमान सन्धि सम्झौता हो, अतिक्रमण हो, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत काम गर्नु हो, भारतीय एकाधिकार पुँजी हो, भारतीय दबाब हो, भारतीय सेना नेपाली भूमिबाट फिर्ता नलानु हो । ‘आजको भारत’ पुस्तक पढे यो कुरा प्रस्ट हुन्छ ।
Leave a Reply