भर्खरै :

भक्तपुरका वत्सला मन्दिरहरू

भूमिका
भक्तपुर राजदरबार मल्लकालीन मूल राजकीय बासस्थानको रूपमा मात्र नभएर अनेक उच्चतम देवताहरू प्रतिष्ठापित देवस्थल÷तीर्थस्थल वा भनौँ पवित्र धामकै रूपमा समेत प्रख्यात रहिआएको छ । राजदरबार परिसरमा विशेषगरी पूर्वमध्यकालदेखि उत्तरमध्यकालसम्मका सुन्दर एवं अनुपम भौतिक सम्पदा छन् जसले दरबार क्षेत्रमात्र नभएर सिङ्गो सहरलाई नै शोभायमान तुल्याइरहेको छ । तीमध्येका चारओटा वत्सला मन्दिरहरू पनि हुन् । त्यसैगरी भक्तपुर राजदरबारको नजिकै दक्षिणस्थित नासमनाटोलमा पनि वत्सला मन्दिर छ । वत्स (सन्तान÷छोराछोरी) लाई अति माया गर्ने माता वत्सला हुन् । वत्सला उच्चतम शाक्त तान्त्रिक देवता हुन् । तत्कालीन मल्ल शासकहरू तन्त्रप्रधान शाक्तमतका प्रबल उपासक थिए । यसो हुँदा एउटै देवतालाई पनि अनेक, खास तान्त्रिक अवतारहरूमा, विशेष अभीष्ट सिद्धिका लागि मान्ने पुज्ने प्रवाह प्रयोग त्यसबेला चलेको विदित हुन्छ । यी पाँच वत्सला मन्दिरहरू पनि यस कुराका उदाहरण हुन् । यी मन्दिरहरूमा प्रतिष्ठापित देवताहरू ‘अन्नपूर्ण–वत्सला’, ‘कर्म–वत्सला’, ‘नृत्य–वत्सला’, ‘यन्त्र–वत्सला’ र ‘सिद्धि–वत्सला’ हुन् । यी वत्सलाहरू बारेमा तल चर्चा गरिन्छ ।
अन्नपूर्ण–वत्सला
गुम्बजाकार यस मन्दिरको गर्भस्थानमा कलात्मकरूपको प्रस्तर निर्मित कलश प्रतिष्ठापित रहेको छ । सोही कलश ‘अन्नपूर्ण वत्सला’ र त्यसैगरी ‘गुह्यश्वरी’, ‘वत्सलेश्वरी’ नामले पनि प्रसिद्ध छ । मल्लकालमा शक्तिदेवताको प्राधान्यता रहेको मिश्रित रूपको तन्त्रप्रधान धर्म, तान्त्रिक अभ्यास एवं नूतन प्रयोग अत्यधिक विकसित एवं लोकप्रिय रहेको थियो । शाक्त तान्त्रिक देवी अन्नपूर्ण पनि यस कुराको एक सुन्दर उदाहरण हो । आदिशक्तिकै प्रतीक मानिने माता अन्नपूर्ण अन्न र पोषणकी देवी हुन् । शिवप्रिय पार्वतीकै एक अवतार अन्नपूर्ण हुन् । आप्mना भक्त÷सन्तानको इच्छा पूरा गरिदिने, व्यापारमा सफलता प्रदान गर्ने लक्ष्मीसदृशरूपमा समेत यिनको पूजाआजा गर्ने चलन रहिआएको ज्ञात हुन्छ । स्थानीय धार्मिक–सांस्कृतिक जीवनमा तिनी ‘गुह्यश्वरी’ रूपमा पनि मान्दै पुज्दै आएकी छिन् । यो कुरा विशेष महत्वको लाग्छ । यताबाट प्रतीकात्मक, साङ्केतिक भाव दृष्टिले समेत पनि यिनको निकट सम्बन्ध पशुपतिनाथ+गुह्यश्वरीजस्तै यक्षेश्वरसित रहेको कुरा स्पष्टरूपले जानिन्छ । यसरी यी मन्दिरहरूमा शिव+शक्ति स्वरूपको दर्शन मिल्छ । यक्षेश्वर मन्दिरको वास्तुशैली पनि पशुपतिनाथ मन्दिरको जस्तै (दुई छाना, १२ ढोका, चतुर्मुख शिवलिङ्ग) छ । यक्षेश्वर मन्दिर भक्तपुरको ‘पशुपतिनाथ मन्दिर’ नामले समेत प्रसिद्ध रहिआएको छ । यक्षेश्वरमन्दिर पूर्वमध्यकालीन अखण्ड नेपालमण्डलका प्रसिद्ध राजा यक्ष मल्ल (वि.स.१४८५–१५३८) को मृत्यु भएको तीन वर्षपछि मात्र बनेको नयाँ कुरा खुल्न आएको छ (भोलानाथ पौडेल, भक्तपुरको राजकुलो, आगम प्रकाशन, काठमाडौँ ः २०६५, पृष्ठ घ,) । यस आधारमा अन्नपूर्ण वत्सला मन्दिर पनि यक्षेश्वरकै शक्तिको रूपमा, सोही समयतिर बनेको प्रतीत हुन्छ ।
अन्नपूर्ण वत्सला मन्दिर वि.सं.२०७२ सालको महाभूकम्पअघि नै जीर्ण अवस्थामा थियो । पुरातत्व विभागले वि.सं.२०७० मा यस मन्दिरको जीर्णोद्धार गरेको थियो । सो मन्दिरको सामुन्ने एउटा पाटी पनि थियो जुन अहिले पाताल भइसकेको छ । सो पाटी ‘वत्सला–फल्चा’ भनी प्रसिद्ध रहेको छ ।
कर्म–वत्सला
भक्तपुर राजदरबारबाट दक्षिणस्थित नासमनाटोलमा कर्म–वत्सला मन्दिर छ । दक्षिणाभिमुख शिखर शैलीमा बनेको यो मृणमन्दिर हो । यस मन्दिरको गर्भस्थानमा प्रस्तरको सुन्दर, कलात्मक एवं तान्त्रिक भाव झल्कने एक प्रस्तर–वेदिका छ । सो वेदिकाको अग्रभागमा दायाँ नन्दी र बायाँ सिंहको आकृति कँुदिएको छ । ती दुईका बीचमा एकजोडी नागाकृतिमाथि उत्तानो परेको एक शवाकृति कुँदिएको छ । वेदिकाको चारैतिरका घेरा कमलपुष्पले सजिएका छन् ।
यसरी शवासन+शक्तिसहितको महाकालको प्रतीकात्मक तान्त्रिक भावले युक्त सो वेदिकामाथि दोहोरो कमलपुष्पाकृति छ । सोही कमलपुष्पासनमाथि कलश छ । सो कलशको पनि शीर्षभागमा चार दिशा+चार कोण दर्शाइएको यन्त्र, यन्त्रभित्र प्रत्येक पत्रमा सम्बद्ध तान्त्रिक देवताका नामसहितको अष्टदलकमल, अष्टदलकमलभित्र पनि त्यसैगरी प्रत्येक पत्रमा तान्त्रिक देवताका नामसहितका द्वादशपत्र र त्यसपछि तीन वृत्ताकार रेखा, त्यसभित्र प्रत्येक त्रिकोणमा विशेष मन्त्राक्षर कुँदिएको षट्कोण र त्यसको पनि मध्त्रगमा अति विशेष मन्त्राक्षर कुँदिएको त्रिपुरसुन्दरीको प्रतीक प्रतीत हुने त्रिकोणात्मक पूर्णयन्त्राकृति छ ।
यताबाट वत्सलादेवीको यस यन्त्राकार मूर्तिमा हामीलाई सर्वशक्तिमान् दुर्गा भवानीको दर्शन मिल्छ । मल्लकालीन भक्तपुर तान्त्रिक शक्तिको युगको कति उत्कर्षमा पुगेको रहेछ भन्ने कुराको एक उत्कृष्ट उदाहरण यो कर्म–वत्सला पनि हो । यस कर्म–वत्सलाको आसनमा कुँदिएको ने.सं. ८११ को अभिलेखमा मात्र नभएर भक्तपुर राजदरबारस्थित यन्त्र–वत्सला मन्दिरको ने.सं.८१६ (वि.सं.१७५२) को अभिलेखमा पनि जितामित्र मल्लले आपूmलाई तन्त्रविद्या पार गरेका भनी दर्शाएका छन् । यी वत्सला मन्दिरहरूका प्रसङ्गमा पनि उनी निःसन्देह तन्त्रमा नूतन प्रयोग गरिरहने उच्चकोटिका विद्वान् तान्त्रिक राजा थिए भन्ने कुरा थाहा पाइन्छ । नासमना टोलको यो कर्म–वत्सला मन्दिर उनै जितामित्र मल्लले ने.सं.८११ (वि.स.१७४८) मा बनाउन लगाएका हुन् । कर्म–वत्सलादेवी (कलश) को आसनभागमा चारैतिर दुई पङ्क्तिको अभिलेख कुँदिएको छ । सोही अभिलेखमा यी वत्सलालाई जितामित्र मल्लले ‘कर्म–वत्सला’ भनेका छन् । लीलाभक्त मुनंकर्मीले मल्लकालीन नेपाल (२०२४, पृष्ठ ४९) मा उक्त अभिलेख प्रकाशित गरेका छन् । यहाँ उक्त अभिलेख मूलबाटै पढी दिइएको छ । अभिलेखका केही अक्षरहरू नष्ट भइसकेका छन् । अभिलेख यसप्रकार छ ः
१. ॐ श्रीश्रीश्रीस्वेष्टदेवताप्रीतिकामनाश, शस्त्रशास्त्र सङ्गीतादिसकलतन्त्रविद्यापालग (गान्धर्वविद्यानिपुन, सकलराज चक्राधीश्वरचू)डामणि मह(ाराजा)धिराज सूøर्यवंशोद्भव, (श्रीश्रीसु)म(ति जयजिता)मित्र मल्लदेवसन अध्या(त्म रामायण) प्याखन (द) यकाव सि(द्धि)पुजा याय या(ता) (श्रीश्री)श्री स्वकुलाम्नाय कम्र्मवच्छला स्थापना याङा,
२. महामहाकम्र्माच्चन यायतन, अनेक (तन्त्रशा)स्त्रादिस (विचा)ल या(ङा)व … यकन यत्न(…निदान
(या)य(मा)ल अन हेला (याय)मतेव …से(नका?)व……..थाङा ….सानमतेव सानसा सा, वालक, मिसा, त्वाच व्राम्हण, नृप वधादि, पाप लाक निदान याङान (पुण्य) राक जुरो ।। सम्वत् ८११ फाल्गुणवदि ११ शुभ ।।
(कल्याण होस् । श्रीश्रीश्रीस्वेष्टदेवतालाई प्रीति कामना गरी, शस्त्र शास्त्र, सङ्गीत, तन्त्र आदि सबै विद्यामा पारङ्गत, गानबजानमा निपुण, राजाहरूका शिरोमणि, सूर्यवंशमा जन्मेका, महाराजाधिराज श्रीश्रीसुमतिजयजितामित्र मल्लदेवले अध्यात्म रामायण नृत्य रच्नु भई सिद्धिपूजा गर्नका लागि आप्mनो कुल आम्नायअनुसारको कर्मवच्छला (कर्म–वत्सला) स्थापना गर्नुभयो ।
महामहाकर्मार्चन गर्नका लागि अनेक तन्त्रशास्त्र आदिको विचार गर्नुभयो …यत्नका साथ यसको निदान गर्नुपर्ने भयो । यसलाई (कर्म–वत्सलालाई) कसैले पनि हेला गर्नु हुँदैन । भत्केबिग्रेमा बनाउनु …यसलाई कसैले पनि चलाउनु हुँदैन । चलाएमा गाई, बालक, स्वास्नीमान्छे, टोलका ब्राह्मण, राजाको बध गरे सरहको पाप लाग्नेछ । निदान गरेमा पुण्य लाग्नेछ । संवत् ८११ फाल्गुणवदि ११ शुभ ।
एउटै कुरालाई बुझ्ने दृष्टिकोण र विचार फरक–फरक हुनसक्छ । त्यो स्वाभाविक पनि हो । विचार राख्ने कुरामा सबै स्वतन्त्र र समान छन् । प्रस्तुत विचारको दरो प्रमाण एवं त्यसको तर्कपूर्ण वैज्ञानिक–विवेचना विश्वसनीय हुन्छ । त्यस्तो तथ्यपरक कुरा सर्वमान्य हुन्छ । लोकले मान्दै आएको कुरा, त्यसप्रतिको आस्थाभाव एवं विश्वास भौतिकवादी–सत्त्र्न्दा पनि अझ उपल्लो कुरा हो । विचार, कर्म र मान्यताकै कुरा हो† माने देवता, नमाने ढुङ्गा । तन्त्रप्रधान नेवार धार्मिक–सांस्कृतिक जीवन कर्मप्रधान रहिआएको छ । वर्णले वर्गलाई सङ्केत गर्छ । वर्गले पेशालाई सङ्केत गर्छ । पेशाले जातलाई सङ्केत गर्छ । जातले कर्मलाई देखाउँछ । जातले होइन, कर्मले ठूलो र विशेष भइन्छ । जातले शुद्र भए पनि कर्मले देवता हुन्छ । मछिन्द्रनाथ माझी थिए, कर्मले उनी देवता भए । आधुनिक कालकै इतिहासको सन्दर्भमा कुरा गर्ने हो भने पनि गोरखाका राजा रामशाहका पालाका, मनकामनाका पुजारी सिद्ध लखन थापा पनि कर्मवादी कुराको थप एक सुन्दर उदाहरण बनेर हाम्रासामु देखा पर्न आउँछन् । आप्mनो सिध्याइँले लोकदुनियाँको मन जितेका र मनकामनाको प्रख्याति बढाएका उनै पुजारी लखन थापा आप्mनो त्यही कर्मकै कारणले पृथ्वीनारायण शाहको पालामा आइपुग्दा ‘श्रीमनकामना’ ‘श्रीवक्रेश्वर महादेव’ सरह ‘श्रीसिद्ध’ देवताकै रूपमा मान्यपूज्य भइसकेका थिए (धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ, शाहकालका अभिलेख, नेपाल र एसियाली अनुसन्धान केन्द्र, २०३७, कीर्तिपुर ः २०३७, पृष्ठ ६८–६९) कर्मको अगाडि जात गौण कुरा हो । जातले ठूलो सानोको भेद गर्छ । कर्मले सबैलाई समेट्छ । कर्ममा सम्मान छ । कर्मले द्यलाहरू उग्र तान्त्रिक पीठस्थलका पुजारी हुन्छन् । कर्मले कपालीहरू भिन्द्यः (भीमसेनस्थान)का पुजारी हुन्छन् । सबै जातको प्रतिनिधित्व हुने कर्मप्रधान तलेजुको तान्त्रिक संसार कर्मवादको सुन्दर उदाहरण हो । तन्त्रज्ञ, विद्वान् राजा जितामित्र मल्लले स्थापना गरेको कर्म–वत्सला पनि यस कुराको थप अर्को सुन्दर उदाहरण हो । कर्म चाहे ब्राह्मणको होस् वा शुद्रको † जातले नभएर कर्म विशेषले नै चल्छ । कर्म पाउनु ठूलो कुरा हो । यसरी माथिका कुरालाई भौतिकवादी दृष्टिकोणले विचार गर्दा कर्मवादी जितामित्र मल्लले प्रतिष्ठापन गरेको कर्म–वत्सलाले यही सन्देश प्रवाहित गरेको प्रतीत हुन्छ ।
नृत्य–वत्सला
भक्तपुर राजदरबार सामुन्ने ठूलो घण्टासँगैको पश्चिमाभिमुख, शिखर शैलीको (तले शैली+शिखर शैली मिश्रित) ९ ओटा गजुर भएको सुन्दर ढुङ्गे मन्दिर छ । यसरी ढुङ्गाले मात्र बनेको हुँदा यो मन्दिर यसको स्थापनाकालदेखि नै नेवार लोकजीवनमा ‘ल्वहँं देगः’ भनी प्रख्यात रहिआएको विदित हुन्छ । यस मन्दिरको गर्भस्थानमा नासःद्यः (नृत्यनाथ)सहितको तान्त्रिक भाव झल्कने, अति सुन्दर कलात्मक कलश प्रतिष्ठापित छ । यसो हुँदा यिनी ‘नृत्य–वत्सला’ कहलिएकी हुन् भन्ने कुरा थाहा हुन्छ ।
भाव र प्रतीक नेवार संस्कृतिको मूल वैशिष्ट्य हो । र, त्यसप्रतिको आस्थाभाव सत्त्र्न्दा पनि उपल्लो कुरा हो । ९ ओटा गजुर भएको यो सुन्दर मन्दिर र यसभित्रका वत्सला+नृत्यनाथ देवताको दर्शनमा यस्तो प्रतीत हुन्छ मानौँ हामी सङ्गीत (नृत्य+वाद्य+गीत)की देवी नृत्यश्वरी र तिनका सहायक नृत्यनाथको साथसाथै, साङ्गीतिक संसारमा उभिएर उनीहरूको ताण्डवनृत्य मनको भावनयनले हेर्दै छौँ भने अर्कोेतिर नवदुर्गा गणमा अष्टमात्रिकाकी अधिष्ठात्रीदेवी त्रिपुरसुन्दरीको प्रतीक खिंबाजा (नृत्यश्वरी सदृश)+त बाजा +काँय बाजाबाट निस्कने ‘धिन ताल्ल …’ कोे सुमधुर धुनले सिङ्गो भक्तपुरको संसार यथार्थमा ‘नवदुर्गामय’ रहेछ भन्ने भावतरङ्ग पनि एकसाथ एकाकार भई पूर्णताको प्रदर्शन भइरहेको आभास हुन्छ ।
यो मन्दिर कसले बनाउन लगाएका हुन् भन्नेबारेमा प्रकाश पार्ने आभिलेखिक प्रमाण पाइएको छैन । त्यसैगरी राजदरबार परिसरमा अन्य वत्सला मन्दिरहरू पनि छन् । यसो हुँदा पनि कुन वत्सला मन्दिर कसले बनाउन लगाएका हुन् भन्नेबारेमा कलम चलाउनेहरू अलमलिएको देखिन्छ । यो पङ्क्तिकार पनि यस कुराको अपवाद होइन (पुरुषोत्तमलोचन श्रेष्ठ, चट्टान अभिलेख र अन्य सम्पदा, बबिता श्रेष्ठ, भक्तपुर : २०६७, पृष्ठ १०३–४, ११६)
नृत्य–वत्सला मन्दिर राजा जगतप्रकाश मल्ल (वि.सं.१७००–१७२९)ले ने.सं.७९२ (वि.सं.१७२९) मा बनाउन लगाएका हुन् भन्ने कुराको उल्लेख लीलाभक्त मुनंकर्मीले गरेका छन् । उनी लेख्छन्, ‘ने.सं.७९२ मार्ग शुदीमा दरबारअगाडि कलापूर्ण ९ गजुर भएको लोहँ देगः (ढुङ्गाको मन्दिर) बनाई श्री बच्छला देवीको मूर्ति स्थापना गर्ने पनि यिनै राजा थिए’ (मल्लकालीन नेपाल, रत्न पुस्तक भण्डार, काठमाण्डू ः २०२४, पृष्ठ ३९) । उनको यही कुरालाई प्रायः सबैजसो लेखकहरूले अनुसरण गर्दै आएको देखिन्छ । तर यति महत्वपूर्ण कुरा लेख्दा उनले त्यस कुराको स्रोतआधार भने खुलाएनन्, खुलाएको भए अन्यौल उत्पन्न हुने पनि थिएन । भक्तपुरभेकलगायत भक्तपुर राजदरबारका बारेमा धेरै कुरा प्रकाशमा आइसकेका छन् र आउँदै पनि छन् । उनले भनेको कुराको कुनै आधार हुनुपर्छ जुन अझै खोजीको विषय बनेको छ । आउँदा दिनमा उनले नखुलाएको स्रोत आधार पत्ता लाग्ने आशा गर्न सकिन्छ ।
पारिवारिक, स्थानीयलगायत राष्ट्रिय महत्वका विशेष कार्य सम्पन्न भएको विशेष अवसरमा तलेजुमा गरिने तान्त्रिक पूजा–विशेष ‘था पूजा’ पनि हो । जस्तैः राजा भूपतीन्द्र मल्लले ङातापोल मन्दिर निर्माण सम्पन्न भएको खुसियालीमा उनले तलेजुमा था पूजा राखिदिएका थिए । सो था पूजा तलेजुका पुजारीवर्गमा ‘ङातापोल था पूजा’ भनी चर्चित छ र प्रत्येक वर्ष आषाढ शुदि २ रोजमा (ङातापोल मन्दिरको वर्षबन्धनको भोलिपल्ट) सो था पूजा गर्ने परम्परा रहिआएको छ । भक्तपुर तलेजुमा अनेक कालखण्डमा भक्तपुरका मल्ल राजाहरूले मात्र नभएर ललितपुरका राजा योगनरेन्द्र मल्ललगायत शाहकालका केही शासकहरूले राखिदिएका था पूजाहरू पनि छन् । तीमध्ये दुईओटा था पूजाहरूबाहेक २९ ओटा था पूजाहरू आजसम्म पनि चलेर आएका छन् । त्यसमध्येको एउटा था पूजा ‘लोहँ देगः था पूजा’ हो जुन मार्ग शुदि २ रोजमा गर्ने चलन छ (पुरुषोत्तमलोचन श्रेष्ठ, ‘भक्तपुर तलेजुको था पूजा ः एक ऐतिहासिक विश्लेषण’, प्राचीन नेपाल, १०४÷२०४४, पृष्ठ ८–१८) । यो कुरा नृत्य–वत्सला मन्दिरको बारेमा प्रकाश पार्ने एक महत्वपूर्ण स्रोत आधार हुन आएको छ ।
उक्त ‘लोहँ देगः था पूजा’ भूपतीन्द्र मल्लले राख्न लगाएका हुन् । यो कुरा उक्त शीर्षकको था पूजा गर्दा लिइने निम्न सङ्कल्प वाक्यबाट थाहा पाइन्छ (पुरुषोत्तमलोचन श्रेष्ठ, ‘श्री ३ तलेजुस्के थापुजाया वाक्य ः एक अप्रकाशित थ्यासपूm’, रोलम्ब, मिलेनियम इस्यु, भोलम २०, जनवरी–जुन २०००, पृष्ठ ११३, ११५) ः ‘माग्र्गसिल शुदि २ लोहोदेवया ।। मानवगोत्र जजमांनस्य श्री२ भूपतिन्द्रमल्लवर्मनः श्री२स्वेष्ठदेवता प्रीत्यर्थं पाषान निर्मित प्रासादोपरिसुवण्र्णकलस ध्वजावरोहन सिद्धाग्निकोत्याहुति यज्ञ ।। श्री२स्वेष्ठदेवता प्रीत्यर्थं प्रतिवर्ष पंचोपचार देवार्चन निमित्यर्थं पूष्पभाजनंस्र्मपयामि : ।।’
(मार्गशुक्ल द्वितीया, ढुङ्गे मन्दिरको । मानवगोत्र जजमान श्रीश्रीभूपतीन्द्र मल्लवर्मनः श्रीश्रीस्वेष्टदेवतालाई प्रीति गरी ढुङ्गाले बनाएको मन्दिरमा सुवर्णकलश (गजुर) प्रतिष्ठा गरी, ध्वजासमेत आरोहण गरिएको सिद्धाग्निकोत्याहुति यज्ञ । श्रीश्रीस्वेष्टदेवतालाई प्रीति गरी प्रतिवर्ष पंचोपचार देवार्चन निमित्त पुष्पभागसहित समर्पण)
माथिको स्रोत आधारबाट लोहँ देगः÷नृत्य–वत्सला मन्दिर भूपतीन्द्र मल्लले बनाउन लगाएका हुन् भन्ने कुरा निश्चितरूपले थाहा हुन्छ । ने.सं.८०१ (वि.सं. १७३८) मा तत्कालीन नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो ९म्।च्। च्भनmष्, ःभमष्भखब िल्भउब,ि एबचत क्ष्क्ष्क्ष्, ँष्चmब प्।ी। ःगपजयउबमजथबथ, ऋबअिगततब स् ज्ञढटट, उउ। ढज्ञ० सो भूकम्पले भक्तपुरमा पनि निकै क्षति पु¥याएको देखिन्छ । यसो हुँदा तत्कालीन भक्तपुरका राजा जितामित्र मल्ल (वि.सं. १७२९–१७५३) र उनका छोरा भूपतीन्द्र मल्ल (वि.सं.१७५३–१७७९)को राज्यकालको अधिकांश समय भूकम्पले क्षति पु¥याएका, ध्वस्त भएका सम्पदाहरूको जीर्णोद्धार, पुनर्निर्माण गर्नतिरै लागेको देखिन्छ । त्यसैबेलातिर भूकम्पले लोहँ देगः पूरै नभत्के पनि आंशिकरूपमा भने क्षतिग्रस्त हुन पुगेको अनुमान हुन्छ । आप्mना पिता जितामित्र मल्लको पालामा पनि जीर्णोद्धार वा पुनर्निर्माण हुन नसकेपछि भूपतीन्द्र मल्लले आप्mनो पालामा, आप्mना पितापुर्खाको अधुरो सपना साकार पार्नतिर लागेको प्रतीत हुन्छ (यो कुरा केही कालअघि ताथलीस्थित हलल गाउँमा फेलापरेका, ठूला ढुङ्गामा कुँदिएका जितामित्र मल्ल, भूपतीन्द्र मल्लका चट्टान अभिलेखहरूबाट निश्चितरूपले थाहा पाइन्छ ः (श्रेष्ठ, २०७६, पृष्ठ ३८, ५८, ६५) । यसरी लोहँ देगः निर्माणका लागि उनले तत्कालीन भक्तपुर राज्यको ढुङ्गाखानीकै रूपमा रहेको ताथलीस्थित छाप र हलल गाउँको जङ्गलबाट ने.सं.८३५ (वि.सं.१७७२) मा ढुङ्गा ओसार्न लगाएका थिए । यो कुरा त्यहीँका दुईओटा ठूला ढुङ्गामा कुँदिएका एउटै व्यहोराका दुईओटा चट्टान अभिलेखहरूबाट थाहा पाइन्छ । जुन यसप्रकार छः (श्रेष्ठ, २०७६, उही, पृष्ठ ३८, ६४–६५) ः
१. श्री२ जय भूपतीन्द्रमल्लदेवन
२. ववुजुया नामन रोहो देव–
३. र दयके याता रोहवरा–
४. व या आरंभ, सं.८३५ फा.
५. शु.७ वृहस्पतिवार ।।
(श्रीश्री जय भूपतीन्द्र मल्लदेवले आप्mना बुबाज्यूका नाममा ढुङ्गेमन्दिर बनाउनका निमित्त ढुङ्गा ओसार्ने काम आरम्भ गर्नुभयो । ने.स. ८३५ फाल्गुण शुदि ७, बृहस्पतिबार ।)
नृत्य–वत्सला मन्दिरको दक्षिणपट्टिको पहिलो पेटीमाथि भूपतीन्द्र मल्लले चढाएको एउटा घण्टा छ । सो घण्टाको अभिलेख यसप्रकार छः (यो अभिलेख गौतमवज्र वज्राचार्य, महेशराज पन्त (सं.), द्वारा अभिलेख सङ्ग्रह चौथो भाग, संशोधन–मण्डल, काठमाडौंँ ः २०१८, पृष्ठ १४मा छापिएको छ । यहाँ सो अभिलेख मूलबाटै पढी दिइएको छ ः
ॐ स्वस्ति ।। संवत् ८२० माग शिरशुक्लद्वितीया कुन्हु श्रीश्रीजत्र्ूपतीन्द्र मल्लदवसन श्रीश्रीश्रीवत्सलादेवीस्त कोट्याहुतियज्ञन दुंता न्हपायागुलि सेङाव हनं थाङाव कलशाच्र्चन याङाव थ्व घण्टा दुंता ।। सं.८४१ फाल्गुनवदि ६ शुभं ।।
(कल्याण होस् । ने.सं.८२० (वि.सं.१७५६) माग्र्गशुक्ल द्वितीयाको दिनमा श्रीश्रीजत्र्ूपतीन्द्रमल्लदेवले श्रीश्रीश्रीवत्सलादेवीलाई कोट्याहुति यज्ञ गरेर चढाउनुभएको घण्टा बिग्रेकोले पुनः मर्मत गरेर कलशार्चन गरी यो घण्टा चढाउनुभयो । ने.सं.८४१ (वि.सं.१७७७) फाल्गुनवदि ६ शुभ ।)
यसप्रकार माथि उल्लेख भएका स्रोत सामग्रीका आधारमा विश्लेषण गर्दा निचोडमा निम्न कुरा थाहा हुन आउँछ ः जितामित्र मल्ल जीवित छँदै भूपतीन्द्र मल्ल ने.सं.८१६ (वि.सं.१७५३) मा राजा भएका हुन् । वत्सला मन्दिरको घण्टाको अभिलेखका आधारमा ने.सं.८२० तिरै सो मन्दिर अस्तित्वमा थियो भन्ने कुरा निश्चितरूपले थाहा हुन्छ । छोरालाई राजगद्दी छाडेर राज्य त्याग गरे तापनि जितामित्र मल्ल यतिखेर पनि जीवितै थिए, छोराको साथमै थिए । उनको मृत्यु ‘ने.सं.८२९ (वि.सं.१७८८) मार्गशिर शुक्ल’ मा भएको थियो । उनको अग्निसंस्कार भूपतीन्द्र मल्लले गरेका थिए (D.R. Regmi, Medieval Nepal, Part IV, The Author, Patna : 1966, pp. 344)। ने.सं.८३५ को भूपतीन्द्र मल्लको हलल गाउँको चट्टान अभिलेखको व्यहोरातिर विचार गर्दा सो मन्दिर ने.सं.८२० पछि र ने.सं.८३५ अघिका अवधिमा क्षतिग्रस्त अवस्थामा रहेको छनक मिल्छ । र, ने.सं.८३५देखि सो मन्दिर पुनः बन्न थालेको देखिन्छ । लोहो देव÷लोहँ देगःको था पूजाको सङ्कल्प वाक्य र सोही मन्दिर अर्थात् नृत्य–वत्सला मन्दिरको ने.सं.८४१ को घण्टाको अभिलेखको आधारमा सो मन्दिर त्यस वर्षसम्ममा निर्माण–सम्पन्न भइसकेको विदित हुन्छ । वत्सलादेवीलाई पहिले चढाएको पुरानो बिग्रेको घण्टा फेरि बनाएर कलशार्चनसमेत गरी पुनः वत्सलादेवीलाई चढाएको प्रसङ्गले पनि प्रकारान्तरमा भूपतीन्द्र मल्लले नृत्य–वत्सला मन्दिर आप्mना पितापुर्खाको नाममा पुनः बनाउन लगाएका हुन् भन्ने कुरा ज्ञात हुन आउँछ ।
अन्नपूर्ण–वत्सला होस् वा कर्म–वत्सला† सिद्धि–वत्सला होस् वा यन्त्र–वत्सला† समग्रमा वत्सलादेवीलाई महामारी मत्थर पार्ने देवीको रूपमा पनि पूजा उपासना गर्ने चलन रहेको कुरा यसबारेमा चलेर आएको तल प्रस्तुत नेवारी गीतको मार्मिक अंशबाट पनि जानिन्छ (Siegfried Lienhard, Songs of Nepal, Motilal Banarasidass, Delhi : 1992, pp. 204)
कइ बिम्ह कछला माजु लखं जायकिम्ह शितला माजु
यंकिम्ह बछला माजुयाके प्mवने
(खटिरा दिने कछला माजु पानीको फोका (बिफर) दिने शितला माजु
लैजाने बछला माजुसित (जीवनको भीख) माग्दछु)
जुनबेला भूपतीन्द्र मल्ल वत्सलादेवीको मन्दिर बनाउन लागिरहेका थिए, त्यतिबेलाका खास वर्षहरूमा तत्कालीन नेपालमण्डलमा प्लेगको महामारी व्यापकरूपमा फैलिएर (यो महामारी ने.सं.८३६ चैत्रदेखि सल्केर ने.सं.८४२ भाद्र महिनामा शान्त भएको, सात वर्षसम्म चलेको थियो) हरेक दिन सयौँ मानिसहरू मरिरहेका थिए (पुरुषोत्तमलोचन श्रेष्ठ, ‘दुरू–फकं’को दुःख’, कान्तिपुर, १७ साउन, २०७७, पृष्ठ ६) । भूपतीन्द्र मल्लले वत्सला मन्दिर निर्माण गरी घण्टासमेत चढाएको करिब पाँच महिनापछि वा भनौँ महामारी मत्थर हुनुभन्दा चार महिनाअघि ने.सं.८४२, वैशाख शुक्ल तृतीयाको दिनमा उनको देहान्त भएको थियो (श्रेष्ठ, उही, पृष्ठ ६) ।
यसप्रकार वत्सला माजुको पूजा उपासना एवं मन्दिर निर्माणको एउटा खास अभिप्राय आप्mना देशवासीलाई महामारीबाट बचाउन, जीवनको भीख माग्न वत्सला माजुलाई विनयपूर्वक गरिएको हार्दिक याचना थियो र एक सन्तानले आपूmलाई असाध्यै माया गर्ने वात्सल्त्रवले ओतप्रोत भएकी वत्सला माजुप्रतिको अथाह आस्थाभाव पनि थियो ।
सिद्धि–वत्सला र यन्त्र–वत्सला
पचपन्नझ्याले दरबारको आग्नेय कोणमा ढुङ्गाले बनेको, पाँच तहको पेटीमा उठेको, दक्षिणाभिमुख शिखर शैलीको मन्दिर ‘सिद्धिलक्ष्मी’÷‘सिद्धि–वत्सला’ र त्यसैगरी सो मन्दिर पछाडिको रातो एकछाने, उस्तै पश्चिमाभिमुख मन्दिर ‘यन्त्रवत्सला’ भनी प्रसिद्ध छ । यी दुवै मन्दिरहरू ने.सं.८१६ (वि.सं.१७५२) मा जितामित्र मल्लले बनाउन लगाएका हुन् । यो कुरा यन्त्र–वत्सला मन्दिरभित्रको यन्त्राकार वत्सला र त्यसको आसनको अग्रभागमा कुँदिएको अभिलेखका आधारमा ज्ञात हुन्छ । उक्त अभिलेख यसप्रकार छ (भोलानाथ पौडेल, ‘स्नेहमण्डप’, पूर्णिमा, ७÷२०२२, पृष्ठ ४८–५०) ः
यन्त्रको
१. ॐ स्वस्ति श्रीश्रीश्रीस्वेष्टदेवताप्रीतिकामनाश, सुशास्त्रसंगीतादिसकलतन्त्रविद्यापारग गान्धर्वविद्यानिपुन, सकलराजचक्राधीश्वरचूडामणि महाराजधिराज सूर्यवंशोद्भव श्रीश्रीश्रीसुमति जयजितामित्रमल्लदेवसन श्रीश्रीश्रीसिद्धिलक्ष्मीदेवी प्रासादप्रतिष्था सुवण्र्णकलशध्वजावरोहन, सिद्धाग्निकोट्याहुति यज्ञ याङाया थ्व यन्त्र स्थापना याये
२. याता थ्व देवल दयका यन्त्रवच्छला स्थापन याङ जुरो नेपालसम्वत् ८१६ माघमासे कृष्णपक्षे त्रयोदश्यान्तिथौ श्रवणनक्षत्रे परिघयोगे यथाकरणमुहुर्तके बृहस्पतिवासरे, कुम्भराशिगते सवितरि मकरराशिगते चन्द्रमसि ।। थ्व कुन्हु प्रतिष्ठा याङा दिन जुरो ।। शक १६१७ ।। कलि ४७९६ ।। विक्रम १७५२ ।। स्वेष्टदेवता प्रीणातु ।। शुभ ।।
आसनको
१. ॐ शाके कालशशाङ्ककुञ्जरमिते नैपालिके सादरं माघे मासि च कृष्णपक्षकलिते श्रीविष्णुभे सुन्दरं ।
२. स्वेष्टेश्या ः परितुष्टये किल महाप्रासादमभ्रलिहं कृत्वा चापि सुधोज्वलं सुललितं सिद्धाग्निकोट्याहुति ।
३. सानन्दं परितो हि मन्मथतिथौ श्रीवत्सलास्थापनं चक्रेश्यापि च भूपतिर्जयजितामित्रो वदान्योत्तमः । अन्यस्मिन्नपि निर्जरालयवरे राजन्यचूडामणि विख्यातो हि विचक्षणो गुणखनिन्र्नूनं महत्प्राकरोत् ।।
(असल शास्त्र सङ्गीत तन्त्र आदि सबै विद्यामा पारङ्गत, गान बजानमा सिपालु, सबै राजाहरूमा शिरोमणि सूर्यवंशमा पैदा भएका महाराजाधिराज, सुमति श्रीश्री जयजितामित्र मल्लदेवले श्रीश्रीश्री आप्mना इष्टदेवतालाई खुशी पार्नका लागि श्रीश्रीश्री सिद्धिलक्ष्मीदेवी र मन्दिरको प्रतिष्ठा गर्नुभयो । ने.सं.८१६ शकसंवत् १६१७ कलिगतसंवत् ४७९६ वि.सं.१७५२ माघकृष्ण (पूर्णान्तमानले फाल्गुनकृष्ण) त्रयोदशी बृहस्पतिवार श्रवण नक्षत्र परिथ योग पर्नुपर्ने करण मुहूर्त परेको कुम्भ राशिमा सूर्य, मकर राशिमा चन्द्रमा भएको दिन ।।
(ने.सं.८१६ (वि.सं.१७५२) माघकृष्ण (पूर्णान्तमानले फाल्गुनकृष्ण) त्रयोदशी श्रवण नक्षत्र भएको दिन प्रख्यात, गुणी, दानी, विद्वान्, राजा जितामित्रले सिद्धाग्निकोटिहोम गरेर आपूmले बनाएको राम्रो ठूलो चुनागिरी (सेतो) गगनचुम्बी मन्दिरमा वत्सलादेवीको स्थापना गर्नुभयो । अर्कोे देवलमा पनि (सिद्धिलक्ष्मीको) स्थापना गर्नुभयो ।)
यन्त्र–वत्सला मन्दिरभित्र पनि सुन्दर प्रस्तर–वेदिकामा, कमलपुष्पासनमाथि शीर्षभागमा यन्त्र कुँदिएको कलश यन्त्र–वत्सला हो । यन्त्र–वत्सला मन्दिर विशाल, सेतो र गगनचुम्बी थियो भन्ने कुरा सोही यन्त्र–वत्सलाको माथि उल्लिखित अभिलेखका आधारमा थाहा हुन्छ । हालको यस मन्दिरको वास्तुरचनालाई अलिकता गहिरिएर हे¥यौँ भने मन्दिरको आकार–प्रकार, छाना, गारो÷भित्ता आदिका अनुपातमा यसको चारैतिरका अर्धगोलाकार प्रस्तरनिर्मित प्रवेशद्वारहरू भने निकै ठूला छन् । यताबाट पनि यो मन्दिर अभिलेखमा उल्लेख भएजस्तै विशाल र गगनचुम्बी थियो र, सायद अन्य वत्सला मन्दिरहरूका दाँजोमा पनि यो अजङको थियो भन्ने कुरा ज्ञात हुन्छ । त्यसो भए यो मन्दिर पहिले कस्तो शैली स्वरूपमा थियो त ? यसको सीधा उत्तर हामीलाई वि.सं.१९९० सालको महाभूकम्प चल्नु ४७ वर्षअघि गुश्तेभ ले बोनद्वारा प्रकाशित भोय्ज नेपालको चित्र सङ्ख्या ४३ मा छापिएको यस विषयको चित्रबाट मिल्छ (चित्र सङ्ख्या १०) । सिद्धि–वत्सला मन्दिरलाई केन्द्रित गरी लिइएको उक्त चित्रमा सिद्धि–वत्सला मन्दिरको एकातिर छाने शैलीको हरिशङ्कर मन्दिरको केही भाग देखिन्छ भने सिद्धि–वत्सला मन्दिरको ठीक पछाडि शिखर शैलीको सुरिलो मन्दिर पनि झुलुक्कै देखिन्छ । अर्को खास कुरा, सो मन्दिरको अर्धगोलाकार प्रवेशद्वारको भाग पनि देखिन्छ जुन अहिलेको यन्त्र–वत्सलाको उही प्रस्तर–प्रवेशद्वार हो भन्ने कुरामा सन्देह रहन्न । यस प्रकार यति कुरा थाहा हुन आएपछि यन्त्र–वत्सला मन्दिर अन्य वत्सला मन्दिरहरू जस्तै शिखर शैलीमा बनेको तर अजङको मन्दिर थियो, वि.सं.१९९० सालको महाभूकम्पमा यो मन्दिर पनि भत्कियो । त्यसपछि जीर्णोद्वार÷पुनर्निर्माण हुँदा यसले आप्mनो पुरानो मौलिक शैली स्वरूप गुमाएर सानो एकछाने मन्दिरमा देखापर्न आएको रहेछ भन्ने कुरा विदित हुन आउँछ ।
सिद्धि–वत्सला मन्दिर ‘लोहँ देगः’ बनाउनका लागि पनि हलल गाउँको ढुङ्गाखानीबाटै ने.सं.८१३ (वि.सं.१७५०) ढुङ्गा ओसार्ने काम भएको थियो । यस आधारमा सिद्धि–वत्सला मन्दिर बनाउने काम तीन वर्ष अघिबाट भएको रहेछ भन्ने कुरा हलल गाउँको वासुकी खोलाको वासुकी ढुङ्गामा कुँदिएको चट्टान अभिलेखबाट विदित हुन्छ । सो अभिलेख यसप्रकार छ ः (श्रेष्ठ, २०६७, पृष्ठ ५८–५९) ः
१. सं.८१३
२. कोत्याहुत जग्य
३. याता न ……
४. सुमति जय जितामित्र म–
५. ल्लदेवन रोहो देवल
६. दयके या …पं–
७. चन याय ।। शुभ
(ने.सं.८१३ (वि.सं.१७५०) कोट्याहुति यज्ञका लागि …सुमति जय जितामित्र मल्लदेवले लोहँ देगः ‘ढुङ्गेमन्दिर’ बनाउनका लागि ढुङ्गा ओसार्ने काममा पञ्चहरूले पनि सहयोग गर्नुपर्ने भयो । शुभ ।)
सिद्धि–वत्सला मन्दिरभित्रको घण्टको अभिलेख
सिद्धि–वत्सला मन्दिरभित्र भूपतीन्द्र मल्लले चढाएको एक घण्ट छ । वि.सं.२०७२ सालको महाभूकम्पले यो मन्दिर नढले पनि नराम्ररी क्षतिग्रस्त हुनपुगेको थियो । पछि पुरातत्व विभागले यो मन्दिर जगैदेखि पुनर्निर्माण गर्ने क्रममा यस मन्दिरका मुख्य वस्तुहरू पचपन्नझ्याले दरबारको चोकमा ल्याएर राखिएको थियो । ती वस्तुहरू हेर्न जाँदा यो पङ्क्तिकारको ध्यान यो घण्टमा पनि गयो । सो घण्टमा अभिलेख पनि कुँदिएको पाएपछि सो घण्टको माथि प्रस्तुत चित्र त्यतिबैलै लिएको हुँ । उक्त घण्टमा १ पङ्क्तिको यो अभिलेख कुँदिएको छ ः
१. ॐस्वस्ति ।। श्रीश्रीजत्र्ूपतीन्द्रमल्लदेवसन, सिद्धाग्निकोट्याहुति यज्ञ याङाव रोहोदेवलस दुता ।। सं.८३५ भाद्रवदि १ शुभं ।।
(कल्याण होस् । श्रीश्रीजत्र्ूपतीन्द्र मल्लदेवले सिद्धाग्निकोट्याहुति यज्ञ गरी लोहँ देगः (ढुङ्गेमन्दिर) मा चढाउनुभयो । ने.सं.८३५ (वि.सं.१७७२) भाद्रवदि १ शुभ)
आप्mना पिता जितामित्र मल्लले यो मन्दिर बनाएकै वर्ष अर्थात् ने.सं.८१६ मा भूपतीन्द्र मल्ल राजा भएका थिए । आपूm राजा भएको १९ वर्षपछि उनले यो घण्ट सिद्धि–वत्सलालाई चढाएका थिए । यति लामो अन्तरालमा र त्यो पनि ने.सं.८३५ कै वर्षमा किन चढाएका होलान्† एउटा सानो घण्ट चढाउँदा पनि किन सिद्धाग्निकोट्याहुति यज्ञ नै गरे होलान् भन्ने कुरा केही अर्थपूर्ण लाग्छ । सायद प्लेगको महामारी वंशावली र अन्य प्रमाणले उल्लेख गरेजस्तो ने.सं.८३६ चैत्र महिनामा नभएर सो समत्र्न्दा पनि १९ महिनाअघि अर्थात् भूपतीन्द्र मल्लले सिद्धि–वत्सला मन्दिरमा सो घण्ट चढाएको वर्षमै पैmलिएर मुसा, कुखुरा, भेडाबाख्रा, गाईभैँसी, हात्तीघोडालगायत सयौँका सङ्ख्यामा मानिसहरू पनि भकाभक मर्न थालेपछि सो प्रलयकारी महामारी समन होस् भन्ने अभिप्रायले उनले यो घण्ट सिद्धि–वत्सलालाई चढाएको अनुमान हुन्छ । यसबारेको केही चर्चा त माथि पनि भइसकेको छ, केही चर्चा प्रसङ्गवश तल आउँदै छ ।
सिद्धिलक्ष्मी÷सिद्धि–वत्सला
सिद्धि–वत्सला मन्दिरमात्र नभएर मन्दिरको गर्भगृहमा प्रतिष्ठापित सिद्धिलक्ष्मीको तान्त्रिक भाव झल्कने मूर्ति पनि उत्तिकै अतुल्य छ । सिद्धिलक्ष्मी मूर्तिको आसनमा, तल प्रत्येक पातालमा कलशाकृति कुँदिएको सप्तपाताल र त्यसमाथि पनि प्रत्येक लोकमा उस्तै गरी कलशाकृति कुँदिएको सप्तलोक छ । सप्तलोकको मध्त्रगमा शक्ति, सत्ता र सुरक्षाको प्रतीक खड्ग छ । त्यसमाथि कमलासन छ । सो कमलासनमाथि पनि अर्को कमलासन छ जसमा भैरवनाथ दुई खुट्टा फैलाएर थचक्क बसी, आप्mना दुवै हातले सिद्धिलक्ष्मीलाई जतनका साथ थाम्दै कुममा बसालेका छन् । यसरी भैरवासनमा पलेँटी कसी बसेकी सर्वशक्तिमान् सिद्धिलक्ष्मीको पहिलो तहमा तीन शिर, दोस्रो तहमा एक शिर र माथिल्लो तहमा पनि एक शिर गरी जम्मा पाँच शिर छन् । दश बाहु भएकी सिद्धिलक्ष्मीले आप्mना हातहरूमा अनेक आयुध लिएकी छिन् ।
शिखर शैलीमा निर्मित सिद्धि–वत्सला मन्दिर वास्तुकलामा प्रयुक्त प्रतीकवादी सौन्दर्यकरणको अतुल्य नमुना हो । यस दृष्टिले यो मन्दिरलाई विश्वमै दुर्लभ, अन्य मन्दिरको जोडा नलाग्ने एकमात्र बेजोड, विशिष्ट मन्दिर हो भनी मान्न सकिन्छ । हाम्रो यो तर्कलाई पुष्टि गर्ने आधार पाँच तहको पेटीमा उठेको यस मन्दिरको प्रत्येक पेटीमा सिँढीको दायाँ बायाँका उदेकलाग्दा युगलमूर्तिहरू हुन् ।
यस मन्दिरको पहिलो पेटीमा सिँढीको दायाँ बायाँ एकजोडी स्त्री पुरुष मूर्ति छन् । मुहारमा दृढ एवं शालीनभाव झल्कने प्रभावशाली व्यक्तित्वका धनी यी दिव्य पुरुष एवं नारीका पहिरन र झुप्पा झुप्पा परेर कुम तलसम्म झरेको कोरली परेको सुन्दर केशविन्यासले मुगल राजपुतशैलीबाट प्रभावित मध्ययुगीन सम्भ्रान्त लोकजीवनलाई सम्झाएको छ । दायाँपट्टिका पुरुषले दायाँ हातले सिक्रीले बाँधिएको अजङको कुकुर डो¥याउँदै, बायाँ हातले एक नग्न बालकको पाखुरा समाएर, त्यसैगरी बायाँपट्टिका नारीले बायाँ हातमा सिक्रीले बाँधिएको उस्तै अजङको कुकुर डो¥याउँदै, दायाँ हातले नग्न बालकको पाखुरा समाएर गन्तव्यतर्फ लाग्दै छन् । मन्द मुस्कान छर्दै ती सुखी बालकहरू पनि निर्धक्कले आ–आप्mना अभिभावकका साथमा खुसी भएर लागेका छन् । प्रतिमालक्षणका दृष्टिले यी मूर्तिहरूको नामकरण आनन्द रामायणका आधारमा ‘असिताङ्ग’, ‘असिताङ्गसती’ रहेको जानिन्छ । यी मूर्तिहरूमा तान्त्रिक विधिपूर्वक देवत्व पनि प्रतिष्ठापित गरिएको हुन्छ । (भक्तपुर दरबारक्षेत्र, इपाछेँ टोलका विनोदराज शर्मा (६८) राजोपाध्यायबाट प्राप्त जानकारी । उनका अनुसार उपत्यकाका मूर्ति, चित्रहरूबारे पुरातत्व विभागमा प्रस्तुत गरिएको २०४०÷०४१ को परियोजना प्रतिवेदनमा पनि यी मूर्तिहरूका नाम ‘असिताङ्ग’, ‘असिताङ्गसती’ उल्लेख छ ।) । यताबाट यी मूर्तिहरू चानचुने मूर्ति नभएर, मन्दिरका अन्य जीव सरह रक्षकगणमात्र नभएर सिद्धि–वत्सलाकै शिवशक्ति रूपका तान्त्रिक अवतारहरू भैरव भैरवी हुन् भन्ने कुरा जानिन्छ ।
सिद्धि–वत्सला मन्दिरको दोस्रो पेटीमा, सिँढीको दायाँ बायाँ एकजोडी घोडा, त्यसैगरी तेस्रो तहमा एकजोडी गैँडा, चौथो तहमा एकजोडी द्वीपी र पाँचौँ तहमा एकजोडी उँट छन् । घोडा, गैँडालगायतका जीवहरू पवित्र जीवका रूपमा सैन्धवकालदेखि नै काठ, ढुङ्गा धातु आदिमा मूर्तिमान गर्ने चलन रहिआएको विदित हुन्छ । नेपालका मन्दिरहरूको सिँढीका दायाँ बायाँ सिंह, शार्दूल, हात्ती आदि त देखिएकै हुन् तर यसरी पङ्क्तिबद्ध रूपमा घोडा, गैँडा र उँट एकसाथ यसै मन्दिरमा मात्र देखापर्न आएका छन् । मन्दिरलाई अद्वितीय तुल्याउन यी जीवहरू राखिएका हुन् भन्ने कुरामा सन्देह छैन । गैँडाको खागलाई औषधीय गुण भएको वस्तु मानिन्छ । धार्मिक संस्कार कर्मकाण्डहरूमा पनि खाग प्रयोग हुँदै आएको पाइन्छ । तत्कालीन नेपालमण्डलमा हात्ती, घोडाको प्रयोग सवारी साधन, युद्ध, मालसामान ढुवानीलगायत धार्मिक–सांस्कृतिक आदि प्रयोजनका लागि हुँदै आएको जानिन्छ । तर, नेपालमै नपाइने जीव उँटको प्रयोग भने
विरलाकोटि रहेको विदित हुन्छ । नेपाल र भारतमा हिन्दू र बौद्ध धर्ममा उँटलाई पवित्र जीवको रूपमा लिइएको जानकारी पनि प्राप्त छैन । सामान ढुवानी, सवारी साधन र युद्धमा यसको प्रयोग हुन्थ्यो भन्ने कुरा ज्ञात हुन्छ । मध्य भारतमा खजुराहोको लक्ष्मण मन्दिरमा उँटहरूको लस्कर मूर्तिमान् रहेको देखिन्छ (Trilok Chandra Majupuria, Sacred Animals of Nepal and India, M.Devi, Lalitpur : 2000, pp. 113.) हात्ती, उँट राजकीय शानशौकत र वैभवका कुरा पनि थिए । युद्धमा हार्दा जित्दा हात्ती, उँट हर्जानाका रूपमा समेत बुझाउनु पर्दथ्यो, दुई राज्यबीच कूटनैतिक राजनैतिक सम्बन्ध सपार्न, मजबुत पार्न पनि उपहारको रूपमा दिने चलन थियो भन्ने इत्यादि कुरा यस विषयका स्रोतसामग्रीका आधारमा ज्ञात हुन्छ । तात्कालिक एक थ्यासपूmमा, भक्तपुरका राजा भूपतीन्द्र मल्लले ने.सं.८३४ (वि.सं.१७७१) मा ललितपुरका राजालाई दुईओटा हात्ती, एउटा उँट दिएको, एउटा उँट र एउटा हात्ती कान्तिपुरका राजा भाष्कर मल्ललाई दिएको उल्लेख छ (D.R. Regmi, Medieval Nepal, Part IV, The Auther, Patna : 1966, pp. 353) ‘सं ८३४ …खपोया जुजुन किशिनेम्ह, उतछम्ह, विर, उतछम्ह किशिछम्ह श्रीभाष्करमल्लयात विर …’) । यसप्रकार यस मन्दिरको यो उँटले पनि तत्कालीन भक्तपुरको शान, वैभव र सम्पन्नतालाई एकसाथ प्रदर्शित गरेको छ ।
यस मन्दिरको चौथो तहको पेटीमा, सिँढीको दायाँ बायाँका द्वीपी मिथकीय जीव हुन् । दुर्गा सप्तशतिमा द्वीपीको छाला ओढेर सुकुटी चपाइरहेका भैरवको स्तुतिवर्णन छ । झन्डै प्राचीन यक्षकै जस्तो मुखाकृति भएको द्विपीलाई सिंह परिवारमध्येका एक मान्ने (सिंह, बाघ, शार्दूल, द्वीपी) परम्परा रहिआएको विदित हुन्छ । यी द्वीपीले हामीलाई काठमाण्डौ उपत्यकाका केही देवस्थललगायत भक्तपुर सल्लाघारीस्थित चोङागणेश मन्दिरको सामुन्नेका एकजोडी द्वीपीलाई पनि सम्झाएको छ (पुरुषोत्तमलोचन श्रेष्ठ, विनोदराज शर्मा, च्वङा–गणेश, च्वङा गणेशस्थान विकास समिति, भक्तपुरः २०६६, पृष्ठ ९–१०) ।
भक्तपुर राजदरबारका अन्य सम्पदालगायत सिद्धि–वत्सला मन्दिर पनि वि.सं.१९९० सालको महाभूकम्पले भत्केको थियो । त्यसको तीन वर्षमै जुद्धशमशेर राणाको प्रधानमन्त्रीत्व कालमा अन्य सम्पदालगायत यो मन्दिर पनि पुनर्निर्माण भएको थियो (पुरुषोत्तमलोचन श्रेष्ठ, त्रिपुर र युथुनिमम् राजकुल, भक्तपुर नगरपालिका, भक्तपुर ः २०५८, पृष्ठ ६९) । त्यसैगरी २०७२ सालको महाभूकम्पले पनि यो पुनः भत्कियो । त्यसपछि पुरातत्व विभागले वि.सं.२०७३÷०७४ मा यसको पुनर्निर्माणको कार्य थालनी गरी वि.सं.२०७५, मंसिर ७ गते पुनर्निर्माण कार्य सम्पन्न गरी भक्तपुर नगरपालिकालाई साँचो हस्तान्तरण गरेको थियो ।
(तत्कालीन स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा, भक्तपुर एवं हाल भक्तपुर राष्ट्रिय कला सङ्ग्रहालय प्रमुख मोहनसिंह लामाबाट प्राप्त जानकारी) ।
निष्कर्ष
भक्तपुर सहरमा सायद अन्यत्र पनि वत्सला मन्दिरहरू होलान् । अन्वेषणका क्रममा माथि उल्लिखित पाँच ओटा वत्सला मन्दिरहरू देखिन आएका छन् । स्थलगत अध्ययनलगायत प्राप्त भएसम्मका प्रकाशित एवं अप्रकाशित स्रोतसामग्रीहरू बटुलेर तथ्यपरक विश्लेषण गरी प्रथमपल्ट यी वत्सलाहरूका बारेमा यसरी नूतन कुरा प्रकाशमा ल्याउन सकिएको छ । यस अध्ययनले अघि आपूmले गरेको यसबारेका केही कुरालाई समेत संशोधन गर्ने आधार पनि मिलेको छ । अनुसन्धानको अन्त्य छैन, जहाँ अन्त्य छ, आरम्भ त्यहीँबाट हुन्छ । यो अध्ययन पनि उक्त कुराको अपवाद होइन ।
सम्पदा चाहे भौतिक होस् वा अभौतिक, धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर भौतिकवादी दृष्टिकोणले पनि हेर्नु जरूरी रहेछ भन्ने कुराको आभास यी वत्सला मन्दिरहरूले पनि गराएका छन् । यी वत्सला मन्दिरहरू भक्तपुरमा शाक्त तान्त्रिक शक्तिको प्रयोगात्मक युग प्रबल भएको समयतिर बनेका उत्कृष्ट सुन्दर रचनाहरू हुन् । तत्कालीन नेपालमण्डलमा एकले अर्कोलाई उछिन्ने गरी कलाकृति बनाउने प्रतिस्पर्धात्मक युगमा, भक्तपुर राज्य एवं सारा भक्तपुरवासीहरूको वैभव देखाउन, त्यसकै प्रतीक स्वरूप पनि बनेका थिए । इतिहासका पानाहरूमा, भूकम्प, महामारी, अनिकाल एक्लाएक्लै नभएर जुम्ल्याहा तिम्ल्याहा दैत्यदेवहरू नै भएर एकपछि अर्को गर्दै लश्करै आएर छानी छानीकन धनजन लाने गरेको पनि देखिएको छ । प्रलयवादको सिद्धान्त त्यसै चलेको होइन । यी मन्दिरहरू बनेको समयतिर भूकम्प पनि चलेका थिए, महामारी पनि आएका थिए । जनधनको अपार क्षति पनि भएको थियो । यसैले सन्तानरूपी देशवासीलाई नदेखिने दैत्यदेवहरूबाट बचाउनका लागि, देशलाई धनधान्यले भरीभराउ गरी राख्नका लागि, देशको शानशौकत सम्पन्नता अरू राज्यलाई देखाउनका लागि सबैले अपार श्रद्धाभावले मान्दै पुज्दै आएका सबै आमाहरूका पनि आमा वत्सलामाजुका मन्दिरहरू बनेका हुन् भन्ने कुरा विदित हुन आउँछ ।
वत्सला मतको सांस्कृतिक संसारबाट हेर्दा हरेक आमाको गर्भ कलश हो । त्यही गर्भरूपी कलश वत्सला हुन् । गर्भका सन्तान वत्स हुन् । चारैतिरबाट समस्या र चुनौतीले घेरिएकोे यो सङ्घर्षमय संसारमा आमाको गर्भबाट बाहिर निस्कनासाथ सन्तानको मुखबाट अनायास निस्कने पहिलो पवित्र शब्द ‘मा’ नै हो । त्यही अनमोल शब्द सुनेर ‘मा’ को मनमा सन्तानलाई बचाउन, हुर्काउनका लागि एकाएक उर्लेर आउने, शब्दले बयान नै गर्न नसकिने असीम स्नेह वात्सल्त्रव हो । त्यही वात्सल्त्रवले सन्तानहरूलाई माया गर्ने ‘मा’ हरूका पनि ‘मा’ वत्सलामाजु हुन् । सन्तानका लागि हाँसो उठ्दाको अवस्थामा मात्र नभएर आँसु झर्दाको अवस्थामा पनि साथ दिने त वत्सलामाजु नै हुन् । महामारी मच्चिएर दिनमै सयौँ मानिसहरूलाई कालले लगिरहेको अवस्थाकै कुरालाई लिऊँ न ¤ यस्तो अवस्थामा आखिर सन्तानले वत्सलामाजुसित माग्ने जीवनकै भीख त हो नि !तल प्रस्तुत यस विषयकै गीतको अंशले (यसको चर्चा माथि पनि भइसकेको छ) त यसै भन्छ ः
कइ बिम्ह कछलामाजु
लखं जायकिम्ह शितलामाजु
यंकिम्ह वछलामाजुयाके प्mवने
र अन्त्यमा, यस्तो प्रतीत हुन्छ मानौँ माथि उल्लिखित गीतका अंश पनि वत्सलामाजुले आप्mना सहायक असिताङ्ग (शिवकै भैरव अवतार) कै साथमा असिताङ्गसती (पार्वतीकै भैरवी अवतार)को अवतार धारण गरी आप्mना प्रिय वत्सको पाखुरालाई स्नेहपूर्वक समाएर, आप्mना रक्षक गणसहित (कुकुर, घोडा, गैँडा, द्वीपी, उँट) पूर्ण सुरक्षाका साथ सुरक्षित गन्तव्यतिर लिएर जाँदै गरेको सिद्धि–वत्सला मन्दिरको सजीवलाग्दा ती मूर्तिहरूलाई हेरेर लोकजीवनमा अनायासै आविर्भाव भएको हो ।
स्रोत ः नृत्य वत्सला मन्दिर
पुनः निर्माण २०७८
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *