“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
काठमाडौँ, २५ पुस (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कुल १३ हजार २६४ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । शनिबार र आइतबारको तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर बढ्दै गएको देखाएको छ ।
आइतबारको विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका छन् । अस्पतालहरूमा समेत कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भई भर्ना दर बढेको छ ।
अवस्था भयावह बन्दै गएपछि आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बस्यो । बैठकले कोरोनाको सङ्क्रमणलाई रोक्ने ध्येयका साथ विभिन्न निर्णय गरेको छ ।
माघ १५ सम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
कोरोना सङ्क्रमणको लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति ओमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापीरूपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सीसीएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।
कम्तीमा १५ दिन विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालको लागि माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।
सीसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेको कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।
औषधि तथा औषधिजन्य सामग्रीमा तदारूकता
सीसीएमसीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको छ । उपचारलाई थप प्रभावकारी बनाउन तथा जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामान छिटोछरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।
२५ जनाभन्दा बढी भेला हुन नपाउने
सीसीएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को सूचना नभएसम्मका लागि सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न÷नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ ।
सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्यरूपमा कोरोनाविरूद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेरमात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागु गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।
नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सकारात्मक देखिएकोलाई तत्काल संस्थागत आइसोलेसनमा राख्न सम्बन्धित जिल्लास्थित समन्वय गर्ने र विगतमा भएको अभ्यासअनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चिताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाइने भएको छ । यस्तै, सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रूपमा अगाडि बढाइनेछ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ । भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको छ ।
हवाई यात्रुलाई खोप कार्ड
सीसीएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्यरूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाइने भएको छ । माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।
Leave a Reply