भर्खरै :

अछाममा नेक्राविसङ्घको नगर सम्मेलन सम्पन्न

अछाम, २५ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ पञ्चदेवल विनायक नगर समितिको आइतबार नगर सम्मेलन सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टी अछामका अध्यक्ष झङ्करबहादुर शाहीले देशघाती एमसीसी सम्झौता संसद्बाट पारित भएमा त्यसको दोषी पारित गर्ने सांसद र सरकार हुने बताउनुभयो ।
एमसीसी सम्झौता अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन भएकोले यसले नेपाललाई युद्ध मैदान बनाउने भएकोले यसविरूद्ध नेपाली जनता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राविसङ्घ अछामका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले एमसीसीको विरोधमा आन्दोलनलाई व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुभास शाहीको सभापतित्वमा भएको उक्त सम्मेलनमा हस्तना शाही, राजेन्द्र शाही, सागर नेपाली र जयन्दबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *