रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौँ, २५ पुस । सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटना संलग्न काठमाडौँको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ढिलो गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो । अनुसन्धानका क्रममा आमाले २२ दिन पहिले बालिकालाई उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याई छाडेको खुल्न आएको छ । त्यसपछि उनको क्रमशः स्वास्थ्य नाजुक बन्दै गएको थियो । अस्पताल लैजानुपर्ने बिरामीलाई झारफुक केन्द्रमा लैजाँदा यसरी बालिकाले अकालमै ज्यान गुमाउनुपरेको देखिएको छ ।
शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसूरमा आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको परिसरले जानकारी दियो । धामी÷झाक्री, झारफुकजस्ता अन्धविश्वासमा परी एक नाबालिकाको ज्यानै जानेसम्मको कार्य आफैमा निन्दनीय भएकाले यस्ता गतिविधिप्रति सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।
Leave a Reply