इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर २५, पुस । कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख रूद्रादेवी शर्माले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाउनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले पुस २४ गते भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४१ हजार ९८६ पुगेको तर दैनिक ४ हजार मानिस भारतबाट नेपाल प्रवेश गरिरहेको तथ्याङ्क प्रस्तुत गर्दै कोरोना सङ्क्रमणबाट सुरक्षित हुन नेपाल–भारत खुला सीमा नाका बन्द गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरूमा सुरक्षा जाँच कडा गर्नु जरूरी रहेको आवश्यकता औँल्याउँदै बालबालिका, वयस्क र ज्येष्ठ नागरिक सबैलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्नु जरूरी रहेको उल्लेख गर्नुभयो ।
बैठकमा अध्यक्ष फोजूले भूकम्प पीडितलाई प्रदान गरिने सहुलियत ऋण र अनुदान चालु राख्नुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो निजी जग्गा नभएका भूकम्प पीडितहरूलाई जोत कमोत गरिरहेकै जमिनमा घर निर्माण गर्न स्वीकृति दिनु जरूरी रहेको बताउनुभयो ।
उहाँले मालपोत, नापीका कर्मचारीहरूसँग भूमाफियाहरूले मिलेमतो गरी सार्वजनिक पर्ती जग्गा, कुलो, पोखरी, खोलासमेत मासेर अनियमित प्लटिङ गर्नेहरूमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।
बैठकले कोभिड–१९ सङ्क्रमण रोकथामको निम्ति जिल्लाका सीमा नाकामा चेकजाँच कडा गर्ने, मास्क अनिवार्य गर्ने, सरकारी तथा निजी अस्पतालहरूलाई अक्सिजन तथा आवश्यक सामग्रीको भण्डारण गरी स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, पूर्ण खोप सुनिश्चित गर्न सहजीकरण गर्ने निर्णय ग¥यो भने विपद् व्यवस्थापनतर्फ धानबालीमा क्षति पुगेका किसानहरूको क्षतिको विवरण नभएकोले सोही जानकारी गृहमन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय ग¥यो ।
बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भूकम्प सुरक्षा दिवस जिल्ला समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
Leave a Reply