भर्खरै :

कैलालीमा ‘आजको भारत’ पुस्तकको अध्ययन गोष्ठी

कैलाली, २५ पुस । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा शनिबार ‘आजको भारतः भारतीय लेखकहरूको दृष्टिमा’ पुस्तकको अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भारतको मोदी सरकारले भारतमा रहेका मुस्लिमहरूमाथि दमन गरी फासीवादी चरित्र देखाएको स्पष्ट पार्नुभयो । कश्मिर राज्यको विशेषाधिकारको प्रावधान भारतको संविधानबाट धारा ३७० हटाइनु कश्मिरका जनतामाथि भारत सरकारको विश्वासघात भएको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले भारतीय शासक दल भारतीय जनता पार्टीले भारतका बहुमत कामदार जनताको हितमा काम नगरेको बताउनुभयो । उहाँले पुस्तक अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण कार्यकर्ताहरूलाई अध्ययन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीको सभापतित्वमा भएको थियो । कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष ज्योति बडुवाल, सचिव गगन थापा, कोषाध्यक्ष लक्ष्मी पुन, सदस्य धनबहादुर थापा, सूर्यबहादुर शाही, जानकी शाही, तारा तिरुवा, तिर्सना पुन, नेक्राशिसङ्घका सदस्य केशव थापा, रत्ना रावल, तिलक सिजापति, रुद्र तारामी, नेक्राविसङ्घ कैलाली संयोजक हिक्मत भण्डारी, पार्टी नगर सदस्य भक्तिप्रसाद जैशी र नेक्रायुसङ्घ मुनुवा कन्चनपुरका संयोजक सविन पण्डित आदिले पुस्तकमा समाविष्ट लेखहरूबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *