भर्खरै :

बोलिभियाका उपराष्ट्रपति र छ मन्त्री सङ्क्रमित

लापाज, २८ पुस (सिन्ह्वा) । बोलिभियाका उपराष्ट्रपति र २ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित ६ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जनाएका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उहाँहरूको उपचार भइरहेको उल्लेख गरिएको छ ।
उहाँहरूमध्ये मन्त्री सबैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसक्नु भएको थियो भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाउनुभएको थियो ।
“उहाँहरू सबैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सबै जना आइसोलेसनमा बस्नुभएको छ,” वक्तव्यमा लेखिएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *