भर्खरै :

विद्यालयको जग्गा र भवनमा व्यक्तिको रजगज ! जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाइ जरुरी

भक्तपुर जिल्लाका केही विद्यालयहरूले आफ्नो जग्गामा भवन, पसल कवल धेरै सस्तोमा भाडामा दिएको र तिनको व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरूले कमिसन खाएको जनगुनासो बढ्दो छ । केही विद्यालयले कक्षा कोठा, पुस्तकालय, प्रयोगशालाको पर्याप्त व्यवस्था नगरी भवन र पसल कवल बहालमा दिएका छन् भने केही विद्यालयले विद्यालयलाई खेलाउनुपर्ने चौरसमेतमा पसल र भवन बनाउन लगाएका छन् ।
सरकारी, सामुदायिक र सार्वजनिक जग्गा, भवन कब्जा गरी कुम्ल्याउन पल्केकाहरूले विद्यालयको व्यवस्थापन समिति, जनप्रतिनिधि र प्रशासन–प्रहरीसम्म ‘सेटिङ्ग’ मिलाएको जनतामा चर्चा छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा डोजर चलाएका भेषनारायण दाहाललाई निष्काशन गरिएजस्तै विद्यालयको भवन र जग्गामा रजगज गर्नेहरूमाथि कारबाही हुनु जरुरी छ ।
विद्यालयको सम्पत्ति दुरूपयोग रोक्न र विद्यालयको जग्गा र भवन विद्यार्थीकै लागि उपयोग गराउन विद्यालय व्यवस्थापन समितिबाट गरिएका करारपत्र अविलम्ब रद्द गर्नु जरुरी छ । यसमा जिल्ला प्रशासन कार्यालयको अगुवाइ आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *