भर्खरै :

आदर्श आजाद कलेजको सातौँ वार्षिक साधारणसभा

भक्तपुर, पुस ३० गते । आदर्श आजाद कलेजको सातौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले शिक्षक तथा प्राध्यापकहरूले समाज परिवर्तनमा अगुवाको रूपमा भूमिका खेल्नुपर्ने, विद्यालय तथा कलेजहरू चिन्तनको चौतारीको रूपमा विकास हुनुपर्ने र हरेक शिक्षकहरूमा देश तथा विश्वका जल्दाबल्दा विषयहरूको गहिरो अध्ययन हुनुपर्ने औँल्याउनुभयो ।
आदर्श आजाद कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुले सभा उद्घाटन गर्दै कलेजको शैक्षिक वातावरण तयार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न प्रशासक र शिक्षकहरू शिक्षण क्रियाकलापमा लगनशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त सभामा कलेजका पूर्वप्राचार्य नाति कवांले आदर्श आजाद कलेज स्थापनाबारे प्रकाश पार्नुभयो ।
प्राध्यापकहरू प्रेमजन थापाश्रेष्ठ, आशाकुमार चिकंबञ्जारले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो । सभामा कलेजका प्राचार्य श्रीकृष्ण किसीले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सहायक प्राचार्य चक्रबहादुर चाकतुले कलेजको विविध पक्षहरूबारे आफ्नो विचार राख्नुभयो । सभाले कलेजका प्रतिवेदनहरू पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *