अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
– हिना सुवाल
भक्तपुर, ६ साउन । भक्तपुर, काठमाडौ, ललितपुरमा शुक्रबार घण्टाकर्ण चतुर्दशी मनाइयो । प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमङ्गल चह्रे पर्वका रुपमा मनाउने गर्दछन् ।
विषेशतः नर्कट, छ्वाली, पराल, नाङलोबाट बनाएको गठेमङ्गललाई साँंझ सूर्य अस्ताएपछि जलाइने गरिन्छ । गठेमङ्गल बनाउनको लागि टोलटोलका स्थानीयहरुसँग नर्कट, छ्वाली, पराल सङ्कलन गर्ने गरिन्छ भने पुरानो नाङलोमा मुख, नाक, कान चित्राकृति बनाई नाङलोलाई सजाउने गरिन्छ ।
त्यस गठेमङ्गललाई टोलवासीहरु मिलेर साँंझ टोलका दुईचारजनाले बोक्ने र अरुले छ्वालीको राँको बालेर जलाउने प्रचलन छ ।
सबै टोलहरुको भन्दा दत्तात्रय पछाडि बनाइने गठेमङ्गल उत्कृष्ट र विशेष मानिन्छ । यहाँको गठेमङ्गल हेर्न तथा फोटो खिच्न काठमाडौ तथा ललितपुरका मानिसहरुको पनि भीड लाग्ने गर्छ ।
“यहाँको गठेमङ्गल अरु टोलको जस्तैगरी दुईचार जनाले मात्र बोक्न सकिदैन । यसलाई बोक्न कम्तीमा आठजनाको आवश्यकता रहेको हुन्छ ।”–स्थानीय पूर्णनारायण ज्याख्वले बताए । यहाँको गठेमङ्गल बनाउनको लागि धेरै छ्वाली र नर्कट चाहिन्छ । यहाँको अर्को आकर्षणको पक्ष भनेको गठेमङ्गलाई कपडाको पुतलीको माला लगाइदिने गरिन्छ । शुक्रबार हीरामाया गाइजू, लक्ष्मी ज्याख्व, विष्णुकेशरी ज्याख्व पुतली बनाउनमा व्यस्त थिए । सो गठेमङ्गललाई सूर्य अस्ताएलगत्तै दत्तात्रय मन्दिर अगाडि जलाइन्छ ।
गठेमङ्गलको इतिहास
गठेमङ्गललाई राक्षसको संज्ञा दिएर जलाइने भएपनि यस पर्व मनाउनुकोपछाडी बैज्ञाननिक कारण रहेको जानकारहरु बताउँछन् । गठेमङ्गल पर्वको दिन नेवार समुदायका घरहरुमा सरसफाई गर्ने चलन छ । यो पर्व मनाउँदा घरपरिवार रोगव्याधीबाट बच्ने जनविश्वास रहेको छ । त्यस्तै छ्वाली बालेको धुवाँको पिरोले लामखुट्टे, भुसुना भाग्ने र आजबाट लामखुट्टेहरु कम हुँदै जाने विश्वास गरिन्छ । त्यस्तै आज वनमाला समुदायले याछेँमा माटोको महादेवको मूर्ति स्थापना गर्ने चलन रहि आएको छ । भलभल अष्टमीमा नवदुर्गाहरुले जलसमाधी लिएकोमा आज माटोको महादेव स्थापना गरी पुनजिर्वित गर्ने चलन रहिआएको छ । आजैबाट नयाँ प्रशिक्षार्थीहरुलाई नवदुर्गा भवानीको नाच सिकाउन सुरु हुने समुदायका बालकृष्ण बनमालाले जानकारी दिनुभयो ।
गठेमङ्गल बनाउनको लागि अहिले छ्वालीसमेत किन्नुपर्ने स्थिति छ । पहिले सबैको घरघरमा छ्वाली पाइन्थ्यो तर अहिले भने पाइदैन । आधुनिक मिसिनबाट गहुँ चुट्न थालेपछि छ्वालीको अभाव हुँदै गएको हो ।
भक्तपुर र अरु ठाउँमा मनाइने यो पर्वमा फरक छ । भक्तपुरको गठेमङ्गललाई मानिसले बोकेर लगिन्छ तर अरु ठाउँमा डोरीले बाँधेर तानेर लाने प्रचलन छ । त्यस्तै अरु ठाउँका गठेमङ्गललाई यहाँको जस्तो जलाइँदैन, त्यहाँ खोलामा लगेर फालिन्छ ।
फोटोः बालकृष्ण बनमाला


























Leave a Reply