कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
पेइचिङ, १८ जनवरी (सीआरआई) । विश्व आर्थिक मञ्चका संस्थापक एवम् अध्यक्ष क्लाउस श्वाबको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङले जनवरी १७ मा पेइचिङमा विश्व आर्थिक मञ्चको भिडियो सम्मेलनमा सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा राष्ट्राध्यक्ष सीले कोभिड–१९ महामारी कसरी जित्ने, महामारीपछि विश्वलाई कसरी पुनरूत्थान गर्ने भन्नेतर्फ विश्वको ध्यान जानुपर्ने बताउनुभयो ।
शान्तिपूर्ण विकास गर्ने र संयुक्त सहयोग गर्ने नै सही बाटो भएको औँल्याउँदै उहाँले संयुक्त विकास गर्नुपर्नेमा जोड दिनुभयो । चीनले अन्तर्राष्ट्रिय परिपाटी स्थिर पार्ने अभियान कायम राख्ने, मानव जातिको संयुक्त मूल्यमान्यताको प्रसारण गर्ने, मानव भाग्य एकरूपताको स्थापनालाई अघि बढाउनेमा राष्ट्रपति सीले एकपक्षीयतावाद, संरक्षणवाद र प्रभुत्ववादको पनि विरोध गर्ने बताउनुभयो ।
राष्ट्राध्यक्ष सीले चीनको आर्थिक परिस्थितिबारे जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्ष चीनको गार्हस्थ उत्पादन ८ प्रतिशतले वृद्धि भएको छ । चीनको आर्थिक विकास भएको छ ।
राष्ट्रपति सीले चीनले उचित व्यवस्थाको सुधार गरेर विकासको उपलब्धिलाई अझ बढी र निष्पक्षरूपमा सम्पूर्ण चिनियाँमा सेवा पु¥याउने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रपति सीले चीनले पर्यावरणीय निर्माणलाई अघि बढाउने, प्रदूषणको प्रतिरोध गर्ने, जनताले काम गर्ने वातावरणलाई सुधार गर्ने पनि बताउनुभयो ।
राष्ट्रपति सीले हिउँदे खेलकुदको स्मरण गर्दै पेइचिङ हिउँदे ओलम्पिक खेलकुद, प्यारा ओलम्पिक खेलकुद सुरू हुने जानकारी गराउनुभयो । चीनले विश्वलाई एउटा सरल, सुरक्षित, अद्भूत ओलम्पिक खेलकुद देखाउने विश्वास लिएको भन्दै उहाँले पेइचिङ हिउँदे ओलम्पिक, प्यारा ओलम्पिकको नारा भनेको संयुक्तरूपमा भविष्य उन्मुख भएकोले सबैसँग हात मिलाएर विश्वासका साथ संयुक्त भविष्य निर्माण गर्दै जान आह्वान गर्नुभयो ।
चीनका राष्ट्रपति सी चिनफिङले विश्व आर्थिक मञ्च २०२२ को भिडियो सम्मेलनमा सम्बोधन गर्नुभएको हो । विश्व आर्थिक मञ्चका संस्थापक अर्थात् कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले राष्ट्रपति सी चिनफिङको सम्बोधन विश्व सहकार्यलाई अघि बढाउने महत्वपूर्ण कोशेढुङ्गा रहेको बताउनुभयो ।
राष्ट्राध्यक्ष सीको सम्बोधनलाई विभिन्न मुलुकले निकै प्रशंसा गरेका छन् ।
Leave a Reply