एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
काठमाडौँ उपत्यकामा निजी प्लटिङ्गले जथाभावी डोजर चलाई पर्ती जग्गा, खोल्सा, पोखरी, डाँडा–काँडासमेत कब्जा गरेको पुरानो समाचार हो । स्थानीय जनताबाट समयमै त्यसको विरोध भयो । तर, नियामक निकाय कानमा तेल हालेर बसेको हुँदा जनगुनासोको सुनुवाइ भएन ।
स्थानीय नगरपालिकाको नक्साअनुसार नयाँ ठाउँमा बस्ती बनाउनुपर्ने हो । तर, एक जना भूमाफियाले कोरेको नक्साको भरमा बस्ती बसाल्नु अराजक काम हो । काठमाडौँ उपत्यकाका भिर–पाखामा प्लटिङ्ग भइरहेको धेरै उदाहरण छन् । घरै बनाउन नहुने ठाउँमा समेत प्लटिङ्ग गरी जग्गा बिक्री भइरहेको छ ।
जिल्ला आयुक्तको कार्यालय, भक्तपुरले माघ ६ गते एक सूचना प्रकाशित ग¥यो । सूचनामा चाँगुनारायण नगरपालिकाको १ देखि ९ वडामा ८१ स्थान, सूर्यविनायक नगरपालिकाको वडा नं. ३, ४, ५, ८ र १० वडामा ११ स्थान र मध्यपुर थिमि नगरपालिकाको वडा नं. ९ को १ स्थानमा बिनास्वीकृति प्लटिङ्ग भइरहेको उल्लेख छ । वर्षौँदेखिको यस्ता प्लटिङ्गमा स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीसमेत संलग्न भएको जनगुनासो छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ९, पलाँसेको रिखेटारमा वडा अध्यक्षसमेतको मिलेमतोमा ५३ रोपनी ५ आना सार्वजनिक पर्ती जग्गामा समेत प्लटिङ्ग भएको चर्चा सत्य हो कि होइन ? अहिलेसम्म प्राधिकरण किन मौन छ ?
प्राधिकरणले स्थानीय प्रशासनमार्फत बिनाअनुमति प्लटिङ्ग गर्नेहरूलाई पक्राउ गरी उनीहरूको तीनपुस्ते नामनामेसी प्रकाशित गर्नु जरुरी छ । आयुक्तको सूचनाले चाँगुनारायण नगरपालिका वडा नं २ को प्लटिङ्गलाई फाइदा पुग्यो । वडाध्यक्षसमेत लागेर स्थानीय जनताको जग्गामा मुआब्जाबिना बाटो चौडा गर्न भूमाफियाहरू लागिपरेका छन् ।
ऐतिहासिक चाँगुनारायण मन्दिर, छालिङस्थित ऐतिहासिक महांकाल स्थान मुलाकोट गढी भएको सम्पदा क्षेत्रसमेत मासिने गरी प्लटिङ्ग भइरहेको छ । लप्टन डाँडा, भङ्गेरी डाँडा, चरेलीमा वन, पँधेरो, पोखरीजस्ता खानेपानीको मुहान सुक्ने गरी भइरहेको प्लटिङ्गलाई स्थानीय जनताले विरोध गर्दै आएका हुन् ।
भूमाफियाहरू आफ्नो बलियो सङ्गठन भएको, मन्त्रीहरू फेरबदल गर्ने तागत भएको र सीडीओ र प्रहरी प्रमुख आफूहरूको लागि चानचुन हुने, आवश्यक भए गुण्डा परिचालन गर्नेजस्ता कानुन हातमा लिने अभिव्यक्ति पनि पुरानो भएको ती क्षेत्रका जनताको भनाइ रहेको छ । तर, सम्बन्धित निकाय किन मौन छ ?
Leave a Reply