भर्खरै :

अमेरिकी सरकारप्रति सर्वसाधारण अमेरिकीहरूको अविश्वास बढ्दो

वाशिङ्टन, २० जनवरी (सीआरआई) । विश्वको सबैरूभन्दा ठूलो सार्वजनिक सम्बन्ध परामर्श कम्पनी एडल्मानले २०२२ जनवरी १८ मा ‘एडल्मान ट्रस्ट ब्यारोमिटर’ प्रतिवेदन सार्वजनिक ग¥यो । उक्त प्रतिवेदनअनुसार, अमेरिकी सरकारप्रति अमेरिकी सर्वसाधारण जनताको विश्वास घटेर न्यूनस्तरमा पुगेको छ ।
सन् २०२० देखि एडल्मानले हरेक वर्षमा विश्वका सरकारहरूको विश्वासको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । उक्त संस्थानले गत वर्षको नोभेम्बर १ देखि नोभेम्बर २४ सम्म २८ वटा मुलुकका ३६ हजार जनासँग सर्वेक्षण गरी प्रतिवेदन निकाल्यो । उक्त प्रतिवेदनअनुसार चीनको सरकारप्रति चिनियाँ सर्वसाधारण जनताको विश्वास ९१ प्रतिशत पुगेको थियो । जुन विगत दस वर्षको उच्च हो । त्यस्तै अमेरिकी सरकारप्रति अमेरिकी सर्वसाधारणको विश्वास स्तर घटेर ३९ प्रतिशतमा झरेको छ ।
अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले जनवरी १७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अमेरिकामा कोरोना भाइरस सङ्क्रमित भएकाहरूको सङ्ख्या ६ करोड ५० लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ लाख ५० हजारभन्दा बढी पुगेर विश्वको पहिलो स्थानमा रहेको छ । जीवन र स्वास्थ्य गम्भीररूपमा हानि पु¥याइएको बेलामा सर्वसाधारणहरूले अमेरिकी सरकारलाई कसरी विश्वास गर्छन् त ?
महामारीको पृष्ठभूमिमा अमेरिकामा धनी र गरिबबीचको भिन्नता आश्चर्यजनक देखिएको छ । हार्वर्ड विश्वविद्यालयको सर्वेक्षणअनुसार ४० प्रतिशत अमेरिकी परिवार गम्भीर आर्थिक कठिनाइमा छन् । पाँच भागमध्येको एक भाग अर्थात् २० प्रतिशत अमेरिकी परिवारले सबै बचतको खर्च गरिसकेका छन् । ‘वाल स्ट्रीट जर्नल’ले कोरोना भाइरस सङ्क्रमित भएकाहरूको सङ्ख्याको वृद्धि र मुद्रास्फीतिले सर्वसाधारण अमेरिकी जनताको अमेरिकी सरकारप्रति विश्वास घटाएको लेखेको छ ।
जनवरी २०, अमेरिकी वर्तमान सरकारको शासन भएको एक वार्षिकोत्सव हो । एडल्मानको विश्वव्यापी विश्वास सर्वेक्षण प्रतिवेदनले अमेरिकी सरकारलाई चेतावनी दिएको छ – सर्वसाधारणको विश्वास एक मुलुकको समृद्धि र विकासको जग हो । विश्वासको सङ्कटमा परेका अमेरिकी राजनीतिज्ञहरूले सर्वसाधारणहरूको आह्वान र माग सुन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *