वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
भक्तपुर, ६ श्रावण । नेपाल क्रान्तिकारी विद्यार्थी संघ बागीश्वरी उच्च मावि एकाई समितिले शुक्रबार वक्तृत्वकला प्रतियोगिता गरेको छ । विद्यार्थीहरुको वाककला अभिवृद्धि गर्ने उद्देश्यले समितिले ‘संघीयतामा शिक्षा’ र ‘राजनीति र विद्यार्थी’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।
वक्तृत्वकलाको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश प्रजापतिले देशमा विद्यमान द्धैध शिक्षाको अन्त्य गर्दै शिक्षा जनताहरुको मौलिक हक भएको कारण राज्यको दायित्व अन्तर्गत राखिनुपर्ने बताउनुभयो । उहाँले काठमाण्डौ र भक्तपुरका पनि केही निजी विद्यालयहरुले मनपरी चर्को शिक्षण शुल्क उठाउँदै आएको बताउँदै नेपाल सरकारसंग पाठ्यक्रम परिमार्जन र शैक्षिक जनशक्ति तयार गर्ने कुनै योजना नै नभएको बताउनुभयो । एसियाली विकास बैंक र विश्व बैंकबाट अनुदान पाउने लोभमा त्रिभुवन विश्वविद्यालयले गरिब जनताका छोराछोरीहरुलाई शिक्षाबाट बञ्चित गरेको बताउनुभयो ।
त्यस्तै बागीश्वरी उमावि विज्ञान संकायका शिक्षिका एवं निर्णायक मण्डलका निरु तल्चाभडेलले विद्यार्थीहरुले पढाई संगसगै व्यक्तित्व विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वक्तृत्वकलाबाट अरुले समेत विद्यार्थीहरुबाट नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।
विद्यालयकै अंग्रेजी विषय शिक्षक भानुभक्त हुमागाईले विद्यार्थीहरुले अगाडी आएर बोल्ने प्रयास गर्नु नै आधा लडाई जित्नुसरह भएको चर्चा गर्दै विद्यार्थीहरुले नयाँ नयाँ विषयहरुमा यस्तै प्रतियोगिताहरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा राजेश गौतम प्रथम, सुवर्ण केसी द्धितीय, रक्षा लामिछाने तृतीय र सन्तोष चौलागाई सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा शिक्षकहरु ज्ञानसागर प्रजापति, निरु तल्चाभडेल र भानुभक्त हुमागाईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply