भर्खरै :

संरा अमेरिका फर्केको दिन संसार अँध्यारो हुन्छ

जनवरी २० अर्थात् जो बाइडेन अमेरिकी राष्ट्रपति बनेको एक वर्ष पुगेको दिन । बाइडेनको ‘अमेरिकाको पुनरागमन’ को घोषणाले उनका साझेदार र सहयोगीहरूबीच निकै आशा र आत्मविश्वास सञ्चार गरेको थियो । एक वर्ष बित्यो । संरा अमेरिका अन्य देशको लागि ‘प्रजातन्त्रको प्रकाशपुञ्ज’ बन्नुपथ्र्यो । तर, उल्टो ऊ संसारको लागि अन्धकार बनेको छ ।
काबुलको पतन
संरा अमेरिका एउटा अठोट र महत्वाकाङ्क्षासहित अफगानिस्तान गएको थियो । तर, त्यो अराजकता र पीडामा गएर टुङ्गियो । बितेका दुई दशकमा अफगानिस्तानमा प्रजातन्त्रको प्रयोगको लागि २० खर्ब अमेरिकी डलर, एक लाख नागरिक र दुई हजारभन्दा बढी संरा अमेरिकी सिपाहीँको ज्यान प¥यो । त्यसले संरा अमेरिकाले वाचा गरेजस्तो अफगानिस्तान ‘प्रजातन्त्रको स्वर्ग’ बनेन, बरू नर्कजस्तो ठाउँ बन्यो । संरा अमेरिकी सेना त्यहाँबाट हतारबाट फर्किंदा पनि अमेरिकी सेनाले अफगानिस्तानी नागरिकलाई गोली हान्दै गरेको र अफगानी युवाहरू अमेरिकी सैनिक विमानबाट खस्दै गरेका दृश्यहरू देखिए । अमेरिकी प्रजातन्त्र र नैतिकतामा ती सबै कालो दाग बनेर रहनेछ । भियतनाम, इराक, सिरिया वा अफगानिस्तान, जहाँसुकै होस् संरा अमेरिकी प्रजातन्त्र थोपरिएको हरेक देशमा विध्वंस र दुःखमात्र छ । काका साम (संरा अमेरिका) आफै ‘आम विनाशकारी हतियार’ हो ।
कोभिड–१९ को विश्वव्यापी सामनाको बेवास्ता
कोभिड–१९ विरूद्ध विश्वव्यापी प्रतिरोधलाई मद्दत गर्ने भनी बाइडेन सरकारले जतिसुकै सुन्दर तस्बिर चित्र कोरे पनि खोप वितरणमा संरा अमेरिकी पाखण्डी र ‘अमेरिका प्रथम’ नीति प्रस्ट देखियो । संरा अमेरिकाले आफूलाई खाँचो परेको भन्दा बढी परिमाणमा खोपको सञ्चय ग¥यो । अनि काम नलाग्ने अथवा मिति नाघ्न लागेका खोप विकासशील देशहरूमा पठायो । कोभिडको मूल जरा पत्ता लगाउन बाइडेन सरकारले वैज्ञानिकहरूलाई परिचालन गर्नुको सट्टा गुप्तचर निकायलाई खटायो । ‘समीक्षा’ गर्ने बहानाबाजी गरियो । अनि, त्यही बहानामा अरू देशलाई कोपभाजनमा पारियो । प्रयोगशालाबाट भाइरस चुहिएको ‘सिद्धान्त’को खुब प्रचार गरियो । भाइरसको सन्दर्भमा संरा अमेरिकाले मुस्किलले केही काम राम्रो ग¥यो । काका साम गर्नेभन्दा बढी बोल्ने गर्छ ।
मुद्रास्फीतिको निर्यात
संरा अमेरिकी अर्थतन्त्रलाई सङ्कटबाट जोगाउन बाइडेन सरकारले केही चरणमा परिमाणात्मक सहजीकरण र ठुलो आकारको आर्थिक उत्प्रेरक (स्टिमुलस) कार्यक्रम लागु ग¥यो । त्यसले उच्च मुद्रास्फीति भएको छ । सन् २०२१ को डिसेम्बरसम्ममा अमेरिकी उपभोक्ता मूल्य सूचाङ्क (सीपीआई) चार दशकयताकै सबभन्दा उच्च भएको छ । अघिल्लो वर्षको तुलनामा सीपीआई ६.८ प्रतिशतले बढ्यो । अमेरिकी संसदीय बजेट कार्यालयले सङ्घीय घाटा ३ खर्ब ३३ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । तथापि, सङ्घीय बैङ्कले मनपरी परिमाणात्मक कार्यक्रम लागु गर्दै आएको छ । संरा अमेरिकाको गैरजिम्मेवार मौद्रिक नीतिले विश्वभर मुद्रास्फीतिलाई उकासेको छ । त्यसको मूल्य सिङ्गो संसारले व्यहोर्नुपरेको छ । विश्वभर नै २० प्रतिशतले मूल्यवृद्धि भएको छ । कच्चा तेलको मूल्य प्रतिव्यारल ८० डलर नाघेको छ । वास्तवमा संरा अमेरिकाले संसारभर मुद्रास्फीति निर्यात गर्दै छ ।
विश्वव्यापी आपूर्ति प्रणाली भत्काउँदै
संरा अमेरिकाले विश्वभरको आपूर्ति प्रणाली भत्काउन प्रत्यक्ष योगदान पु¥याउँदै आएको छ । कोभिडसम्बन्धी उसको खुकुलो नियमले अमेरिकी बन्दरगाहमा सङ्क्रमण फैलाएको छ । फलतः श्रमिकको कमी भएको छ । वस्तुको भाउ आकाशिएको छ । बाइडेन सरकारले हतारमा उच्च बेरोजगारी सुविधा लागु ग¥यो । जसले श्रमिकको अभावलाई अझ खराब बनाएको छ । परिणामतः विश्वव्यापी ढुवानी मूल्य अचाक्ली वृद्धि भएको छ । उदाहरणको लागि चीन र संरा अमेरिकाको ढुवानीको कुरा गरौँ । सन् २०१९ मा प्रतिकन्टेनर ढुवानी मूल्य १५ सय अमेरिकी डलर थियो । तर, अहिले बढेर २८ हजार अमेरिकी डलर पुगेको छ । मूल्य बढ्ने क्रम अझै चालु छ । समस्यालाई अझ जटिल बनाउन संरा अमेरिकाले चीनमाथि दोष थोपरिरहेको छ । विश्वव्यापी यातायात पुनः सुचारू गर्न चीनको शून्य कोभिड नीति जिम्मेवार भएको भन्दै बदनाम गर्दै हिँडेको छ । चीनको त्यो नीति विश्वव्यापी आपूर्ति सङ्कटको मूल कारण भएको हल्ला गरिरहेको छ । तर, वास्तविकता उनीहरूले भनेभन्दा ठीक उल्टो छ । सन् २०२१ मा चीनको व्यापार ६० खर्बले बढेको छ । अघिल्लो वर्षको तुलनामा चीनको व्यापार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसले समस्याको खास कारण के हो भन्ने कुरा प्रस्ट पार्छ ।
नक्कली भौतिकवादी
बाइडेनले आफ्नो सरकारले भौतिकवादलाई प्रश्रय दिएको दाबी गरेको छ । तर, बाइडेन सरकार खासमा नक्कली भौतिकवादी वा वैचारिक मतभेदबाट परिचालन हुने गुटवादी भएको देखियो । संरा अमेरिकाले संसारभरका आफ्ना साझेदार र सहयोगीहरूलाई एक ठाउँमा जम्मा गरेर सानो गुट बनाउनतिर लाग्यो । उसले जी ७, फात् आइज, क्वाड र अउकसजस्ता मोर्चा बनायो । त्यसो गरेर उसले संसारलाई विभिन्न शिविरमा विभाजित गरेको छ । यस्ता काम शीतयुद्धमा मात्र हुनेगथ्र्यो । बाइडेन सरकारले ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’को प्रवद्र्धन गर्ने वाचा गरेको थियो । तर, उसको व्यवहार ठीक उल्टो देखियो । अमेरिकाको एकपक्षीय नाकाबन्दी, लामो हाते क्षेत्राधिकार र दबाबबाट संसारका धेरै देश पिरोलिएका छन् । त्यसकारण ती ‘नियम’ अमेरिकी स्वार्थ र प्रभुत्ववादको सेवा गर्ने अमेरिकी नियममात्र हुन् ।
प्राविधिक विच्छेदन
प्रविधिमा आफ्नो हाबी कायम गर्न संरा अमेरिकाले कुनै कसर बाँकी राखेन । अन्त्यहीन सीमा ऐन लागु गरेर अमेरिकाले विच्छेदनको बाटोमा अझ अघि बढ्न खोजेको देखियो । कुनै निश्चित कम्पनीमाथि रोक लगाउनेदेखि सिङ्गो उद्योगलाई नै बन्देज गर्नेसम्म, प्रविधि नियन्त्रणदेखि प्राज्ञिक अन्तरक्रियासमेत रोकेर संरा अमेरिकाले व्यवहारिक रूपमा चीनको विकासलाई दबाउने मनसाय व्यक्त ग¥यो । विकास भनेको कुरा सहकार्यबाट मात्र सम्भव हुन्छ, विच्छेदनबाट हुन सक्दैन भन्ने कुरा भुल्नु उचित हुन्न । चीनलाई अलग बनाउन खोज्नु भनेको संसार र भविष्यबाट अलग बस्नु हुनेछ ।
आणविक प्रसारण
आणविक अप्रसारण सन्धिअनुसार आणविक परियोजना नभएका देशहरूले सुपरिवेक्षण र निर्देशनअनुसार शान्तिपूर्ण प्रयोजनको लागि मात्र आणविक शक्ति प्रयोग गर्न पाउनेछन् । रणनीतिक हतियारको रूपमा आणविक पण्डुबी शान्तिपूर्ण प्रयोगको मापदण्डअन्तर्गत पक्कै पर्दैन । तर, संरा अमेरिकाले अउकस गठबन्धन बनाएर आणविक परियोजना नभएको देश अस्टे«लियालाई कम्तीमा आठ वटा आणविक पन्डुबी बनाउन जोड ग¥यो । त्यसले पक्कै पनि हतियारमा दौड चर्काउने सम्भावना बढेको छ । एसिया–प्रशान्तको शान्ति र स्थायित्वलाई त्यसले हानि पु¥याउनेछ । आणविक प्रसारणको पान्डोराको बाकस संरा अमेरिकाले आफूखुसी खोलेको छ । अमेरिका आफैलाई जलाउन सक्ने आगोसँग खेल्दै छ ।
संरा अमेरिकी प्रजातन्त्रको अवसान
आफ्नै घरको प्रजातन्त्र क्षयीकरण भए पनि र विदेशमा अराजकता फैलिए पनि संरा अमेरिकाले तथाकथित प्रजातन्त्र सम्मेलनको आयोजना ग¥यो । संरा अमेरिकी प्रजातन्त्र आज दलीय विभाजन, कुलीनतन्त्र र सामाजिक अन्यायले शिथिल अवस्थामा छ । सम्मेलनमा अर्जेन्टिनाका राष्ट्रपतिले अमेरिकी प्रजातन्त्रको पाखण्ड उजागर गरे । उनले ल्याटिन अमेरिकामा संरा अमेरिकाले बनाएको कालो विगतबारे खुला आलोचना गरे । ‘फरेन पोलिसी’ पत्रिकाले समेत स्वीका¥यो : बाइडेनको प्रजातन्त्र सम्मेलनमा के कुराको कमी भयो ? जनताको शक्तिको कमी भयो । प्रजातन्त्रको कुनै निश्चित सूत्र हुँदैन । बरू त्यो जनताको सार्वभौमिकताको सिद्धान्त हो । अरू देशका राजनीतिक व्यवस्थामाथि औँला तेर्साएर संरा अमेरिकाले आफ्नै प्रजातन्त्रमाथि प्रश्न उठाउनुका साथै अपमानित पनि भएको छ ।
वास्तवमा ‘अमेरिकाको पुनरागमन’ भन्नुको अर्थ अरूमाथि थिचोमिचो गर्नु, प्रभुत्ववाद र द्वन्द्व फर्केको हो । यदि संरा अमेरिका यिनै कुरा लिएर संसारमा फर्केको हो भने बरू ऊ कहिल्यै नआएको भए बरू कल्याण हुने थियो ।
(लेखक अन्तर्राष्ट्रिय मामिलाका जानकार हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *