बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
जेन्यूइन सेकेण्डरी स्कूलको आयोजनामा चिनियाँ सपना पुस्तकबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
विज्ञ एवं प्रार्चायहरुको उपस्थितिमा भएको कार्यक्रममा नेपालका चिनियाँ विज्ञ प्रोफेसर हेमन्त शम्सेर राणाले चीन नेपालका लागि एक असल छिमेकी मुलुक भएको र सहकार्य सदभावका साथ नेपाललाई हेर्ने दृष्टिकोण पहिलेदेखि हालसम्म पनि सम्मानजनक व्यवहार गर्दै आएको विगतका रेकर्डले पनि पुष्टि हुने बताउनुभयो । उहाँले चीनबाट आफनो देशप्रति अझ बढी कसरी स्वाभिमान रहन सक्छ भने सिक्नुपर्ने कुरा बताए । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा पनि उत्तरी छिमेकी मुलुकबाट नभई दक्षिणी छिमेकी मुलुकबाट बढी सर्तक रहनुपर्ने सन्देश उल्लेख गरिएको बताए । उनले छिमेकी राष्ट्र भारतबाट खतरा रहेको र नेपाललाई सिकिम्मीकरण गर्न खोजेको भन्नुभयो । उहाँले नेपाल एउटा बलियो किल्लाको रुपमा रहेको र विगतका विभिन्न कालखण्डमा चीनले नेपाललाई विभिन्न किसिमबाट सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका प्राचार्य सुजन माकले ५००० वर्ष भन्दा पुरानो सभ्यता रहेको चीनले गुमेको साखः पाउने सपना अनुरुप व्यापार व्यवसायद्वारा अर्थतन्त्रको विकासमा थप योगदान दिन सांस्कृतिक, समाजिक एवं आर्थिक विकासमा जोड दिई सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिङपिङले प्राचीन रेशममार्गको पुनावृति गरेर सबैलाई सहयोगि गर्ने लक्ष्य भएको बताए । चीनको आन्तरिक कारण पश्चिमी र दक्षिणी क्षेत्रको असन्तुलित विकासमा सामजस्यता ल्याउन पनि यो महत्वाकांक्षा परियोजना ल्याएका बताए । दुई उदयीमान मुलुकहरुबीच रही नेपालले कस्तो सम्बन्ध र साझेदारी गर्ने र अब हाम्रो तयारी कस्तो हुने हो भन्ने कुरा महत्वपूर्ण रहेका बताए ।
अर्का वक्ता ख्वप कलेजका प्राध्यापक राजन फाजुले चीनको विकास सजिलै नभएको र यो स्थितिसम्म आइपुग्न उनीहरुको कडा परिश्रम, सीप सिक्ने जाँगर र काम प्रतिको लगाव भएको बताए । दिगो विकासका लागि चिनियाँहरुले दक्ष जनशक्ति र प्रविधिको विकासका लागि पाठयक्रममै समावेश गरी यान्त्रिकरण तिर बढी जोड दिएको बताए । उहांले संयुक्त राज्य अमेरिका र चीनबीच रहेको व्यापारमा अमेरिकालाई व्यापार घाटा रहेको र चीनले अमेरिकाको खर्बो डलरको ऋणपत्र आफुसँग भएको कारण यी दुई देशबीच असन्तुलित सम्बन्ध रहेको बताए ।
ख्वप ई. कलेजका प्राचार्य श्री सुनिल दुवालले विश्वको ठूलो अर्थतन्त्र र शक्ति सम्पन्न देश चीनमा विभिन्न विकासका बावजुद पनि धेरै समस्याहरु जस्तै बाढि ,पर्यावरण लगायत ग्लोबल वार्मिङ झेल्नु परिरहेको बताए । संसारमा रहेको जलश्रोतको ६ प्रतिशत श्रोत चीनमा रहेको र सोको उपयोगबाट ९ प्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको उत्पादनले चिनियाँ जनताको खाद्यान्न परिपूर्ति हुँदै आएको बताए । चीनले याङ्गत्सी नदीको पानीको बहावलाई उत्तरी भेगबाट दक्षिणी भेगसम्म पानी पु¥याउन संसारको सबैभन्दा ठूलो जलमार्ग परिवर्तन परियोजना बनाएका छन ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल योगन्द्रमान बिजुक्छे तथा शिक्षकहरु अर्जुन कोण्डा र राजन धौभडेलले पनि चिनियाँ सपना पुस्तकबारे आ–आफना विचार राख्नुभएको थियो ।
Leave a Reply