भर्खरै :

युक्रेन सङ्कटमा युुरोप र रुस

रुस र युक्रेनको बीचमा ‘सन् २०२२ को पहिलो लडाइँ’ हुने सम्भावनालाई लिएर संरा अमेरिका र युरोपका धेरै मानिस आत्तिएका छन् । त्यसमाथि अमेरिकीहरूलाई युक्रेनको यात्रा नगर्न उनीहरूको विदेश मन्त्रालयले सूचना जारी गरेको छ । संरा अमेरिका र केही युरोपेली देशहरूले युक्रेनमा हातहतियार निर्यात गर्न थालेका छन् । संरा अमेरिकाको यूएसएस ह्यारी एस ट्रुम्यान विमानवाहक हमला समूह जनवरी २४ बाट भूमध्यसागरमा सुरु हुने नाटोको बृहत् सैन्य अभ्यासका लागि रवाना भइसकेको छ ।
रुस–युक्रेनबीचको जारी सङ्कट कसरी समाधान गर्ने भन्ने विषयमा संरा अमेरिका र युरोपबीच केही भिन्नता छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको ‘सामान्य चलखेल’को प्रतिरोध कसरी गर्ने भन्ने विषयमा नाटोभित्रै मतभेद भएको बताए ।
बाइडेनको त्यो भनाइलाई लिएर चर्को विवाद पनि भयो । उनको त्यो भनाइले युक्रेनीलाई मात्र चोट पु¥याएन बरु नाटोभित्रै पनि गहिरो विभाजन भएको प्रस्ट देखायो । विशेषतः त्यो विषयमा संरा अमेरिका र युरोपेली देशहरूबीच गहिरो मतान्तर देखिएको छ । आफ्नो देशको आन्तरिक मामिलामा मूलतः असफल बाइडेन सरकारले आफ्नो राजनीतिक उपलब्धि देखाउने ध्याउन्नामा अन्तर एटलान्टिक मोर्चाबीच सम्बन्ध जोड्न ‘सफल’ भएको देखाउन चाहेको छ । तर, त्यो प्रयास निर्थक बनेको छ ।
प्रस्टतः युरोपका अधिकांश देशहरू सुरक्षाको लागि संरा अमेरिका नेतृत्वको नाटोमा उच्च निर्भर छन् । यसमा निकट भविष्यमा तत्काल कुनै परिवर्तन हुने पनि देखिएको छैन । परिणामतः युरोपले चाहे पनि र नचाहे पनि संरा अमेरिकाले धेरै तरिकाबाट संरा अमेरिकालाई नै पछ्याउने वा कुरा मान्नेछ ।
आफ्नो दैलोमा आएको कुनै पनि सुरक्षा समस्याको समाधान संरा अमेरिकाले गरिदेओस् भन्ने युरोपको चाहना हुने गर्दछ । त्यसकारण, सन् २०२० को अमेरिकी चुनावमा बाइडेन सत्तामा आएपछि युरोप खुसी देखिएको थियो । ट्रम्प सरकारका चार वर्ष युरोपको निम्ति ठूलो अन्योलपूर्ण बनेको थियो । अहिलेको अवस्थाबाट बिथोलिएको संरा अमेरिकालाई युरोपले विश्वास गर्न गाह«ो छ ।
बाइडेनले ‘अमेरिकी पुनरागमन’ को घोषणा गर्दा केही युरोपेली, विशेषतः संरा अमेरिकी गुटका पक्षधरहरू खुसी बनेका थिए । त्यसपछिको केही समयमा अन्तर एटलान्टिक सम्बन्ध तातेको थियो । तथापि, मध्यावधि निर्वाचनपछि बाइडेन सरकार ‘लङ्गडो हाँस’ बन्ने हो अथवा ट्रम्प फेरि पनि सत्तामा आउने हुन् कि भनी युरोप अलि सशङ्कित देखिएको छ ।
संरा अमेरिका र युरोपबीच साझा स्वार्थ भए पनि उनीहरूबीचको रणनीतिक लक्ष्यमा अझै धेरै अन्तर छन् । गत वर्ष अफगानिस्तानबाट संरा अमेरिकाले हतारमा आफ्नो फिर्ता गरेपछि र बेलायत तथा अस्टे«लियासँग अउकस सुरक्षा सम्झौता गरेर युरोपलाई धोखा दिएको कुरा युरोपको मानसपटलमा अझै ताजा हुुनुपर्छ । संरा अमेरिका रुससँगको झगडामा युरोपलाई अगाडि राख्न चाहन्छ । त्यसो गरेर ऊ आफ्नो सबै ध्यान एसिया–प्रशान्त क्षेत्रमा केन्द्रित गर्न चाहन्छ ।
तथापि, रुससँग अन्तरविरोध भए पनि युरोप ऊसँग प्रत्यक्ष मुठभेदमा जान चाहेको छैन । न त ऊ प्रमुख विश्व शक्तिहरूबीचको प्रतिस्पर्धाको आफू शिकार बन्न चाहन्छ ।
दिनानुदिन तातो आलु बन्दै गएको युक्रेन सङ्कट युरोपको दैलोकै कुरा हो । युुरोपेलीहरू यसबाट आत्तिनु स्वाभाविक हो । तर, उनीहरूले त्यो कुरा उनीहरूले भनेका छैनन् । यही महिना रुससँग भएका तीन वटा सुरक्षा वार्ताबाट पनि यो कुरा देखिन्छ । पहिलो वार्ता संरा अमेरिका र रुसबीच, दोस्रो वार्ता नाटो र रुसबीच र सबभन्दा पछिल्लो वार्ता युरोप र रुसमा सुरक्षा र सहकार्य सङ्गठनहरूबीच भएका थिए । यसबाट युरोप अलि असजिलो अवस्थामा रहेको देख्न सकिन्छ ।
रणनीतिक स्वायत्तता खोज्न युरोपको लागि महत्वपूर्ण छ । तर, यो काम उसको लागि त्यत्ति सजिलो छैन । अहिलेको गम्भीर परिस्थितिमा युरोपलाई स्वायत्तता दिन संरा अमेरिका तयार हुन्छ वा हुँदैन अथवा युरोपलाई कुन हदसम्मको रणनीतिक स्वायत्तताको अभ्यास गर्न दिन्छ, त्यो प्रश्नकै घेरामा छ । युरोपलाई संरा अमेरिकाले सधैँ आफ्नै गोजीको पैसाजस्तै प्रयोग गर्ने गरेको छ ।
निःसन्देह, सबभन्दा ठूलो समस्याको जरा त युरोप नै हो । युक्रेन सङ्कटबारे युरोपेली सङ्घकै सदस्यहरूबीच पनि आ–आफ्ना बुझाइ छन् । युुरोपेली देशहरू नै आपसमा एउटा मतमा पुग्न नसके युरोपको स्वायत्तता कसरी हासिल गर्नसक्छ ?
अहिलेको परिस्थितिको मूल्याङ्कन गर्दा युरोप अझै पनि अलमलमा पर्ने देखिन्छ । यदि युक्रेनको अवस्था खराब बन्दै गए सबभन्दा पहिलो चोट पाउने युरोपले नै हो । त्यसकारण, युरोपेलीहरू यो विषयमा अझ सजग बन्नैपर्छ । शनिबार रोयटर्समा छापिएको समाचारअनुसार रुस, युक्रेन, फ्रान्स र जर्मनीका राजनीतिक सल्लाहकारहरूले पेरिसमा ‘नोरमेडी ढाँचा’ मा वार्ता हुँदै छ ।
यदि ‘नरमेडी ढाँचा’ फेरि पनि सफलतापूर्वक सुरु भए युुरोपको चिन्ता र आन्तरिक विभाजन सहज बन्दै जानेछ । तर, दीर्घकालीन हिसाबमा युुरोपले समस्याको मूल जड आफ्नै हातमा राख्न जरुरी छ ।
(लेखक पेइचिङ वैदेशिक अध्ययन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध कलेजका प्राध्यापक हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *