राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
नयाँ दिल्ली, २७ जनवरी (सिन्ह्वा/एएनआई) । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरू भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ््क्रमितहरूको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ । कुल सङ्क्रमितहरूमध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सुरू भएदेखि हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरू भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएको बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार अहिले एकै दिनमा १४ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरू भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । उहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घण्टामा १४ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको बताइएको छ । उनीहरूका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ ।
यहाँ पछिल्ला दिनहरूमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिएका छन् ।
त्यस्तै बाहिरबाट आएका नागरिकहरूमा पनि सङ्क्रमण देखिएको बताइएको छ । गएको २४ घण्टामा ३४ जनाको निधन भएको छ । यहाँ अहिलेसम्म यो सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ६ हजार ६५४ जना पुगेको बताइएको छ ।
Leave a Reply