राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
सुर्खेत, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा पार्टी सुर्खेत जिल्ला समितिले अनलाइन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा वक्ताहरूले ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित विभिन्न लेखरचनाको अध्ययनपछि सम्बन्धित विषयमा आ–आफ्नो धारणा राखे ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले निष्ठाको राजनीति गरिरहेको भन्दै आकारमा नेमकिपा सानो छ तर आन्दोलन र सङ्घर्षमा यसको सघन भूमिका भएको धारणा राख्नुभयो । उहाँले भारतले गरिरहेको नेपाली भूमि अतिक्रमण, नेपाली भूमि डुबान हुने गरी भारतले सीमाक्षेत्रमा एकतर्फीरूपमा बनाएको बाँध र यसबाट सृजित डुबानको समस्या, खुला सीमाको कारण बढेको अपराध, नेपालको आन्तरिक मामिलामा भइरहेको ठाडोे हस्तक्षेपको विरोधको सङ्घर्षमा नेमकिपा अग्रमोर्चामा भएको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “भारतीय शासकहरूको दृष्टिकोण र तिनको व्यवहारकै कारण नेपालीहरू भारतीय शासक वर्गलाई राम्रो दृष्टिले हेर्दैनन् ।” उहाँले पञ्चायती निरङ्कुशताको अन्त र बहुदलीय प्रजातन्त्रको पुनरुदय भएपछि कम्युनिस्टको खोल ओढेका नक्कली तथा अवसरवादी कम्युनिस्ट पार्टीहरूले अनेक जालझेल गरी नेमकिपालाई कमजोर पार्ने षड्यन्त्र गरे, पैसा, पद र प्रतिष्ठाको लोभ देखाएर नेमकिपाका कार्यकर्ता बिगार्ने काम गरे भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेमकिपाले नैतिकता र इमानदारीको राजनीति गर्दै आएको छ, व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने जोकोही यो पार्टीमा टिक्दैनन् भन्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला समिति सचिव धनेन्द्र विकले ‘श्रमिक’ साप्ताहिकमा देशविदेशका मजदुर आन्दोलन तथा सङ्घर्षबारे बुझिने भाषामा लेखिएको भनाइ राख्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला सहसचिव शेरबहादुर शाही, कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्य गणेश खड्का र नेपाल क्रान्तिकारी युवा सङ्घ, सुर्खेतका अध्यक्ष लालबहादुर थापाले विभिन्न विषयमा आ–आफ्नो विचार राख्नुभएको थियो ।
अछाम
नेमकिपाको ४८ औँ स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कमलबजार नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेक्राविसङ्घ अछामका संयोजक वीरेन्द्र शाहीले समाजमा आमूल परिवर्तन गर्न क्रान्तिकारी विचार, क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्व आवश्यक हुने धारणा राख्नुभयो ।
नेमकिपाले समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगीकार गरी जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै आइरहेको छ, उहाँले भन्नुभयो ।
पार्टीले स्थापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गरी देशको सार्वभौमिकता जोगाउन सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले ‘श्रमिक’ को नियमित अध्ययनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र घट्नाक्रमबारे पार्टीको दृष्टिकोण थाहा पाउन सकिने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रमेश विकको अध्यक्षतामा भएको कार्यक्रममा विनोद शाही, दुर्गा न्यौपाने, हिमाल विक, विनोद विष्ट, जीवन शाही, दिनेश शाही, हस्तना शाहीलगायतले बोल्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ उपत्यका क्याम्पस परिचालन समितिको आयोजनामा “नेमकिपा स्थापनाका आधारहरू’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले स्थापना दिवसलाई प्रभावकारी बनाउन माक्र्सवादी साहित्य अध्ययनलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
तत्कालीन कम्युनिस्ट पार्टीमा देखापरेका खोटा विचारहरूको खण्डन र अराजकतावादी एवम् आत्मसर्मपणवादी प्रवृत्तिको विरोध गर्दै नेमकिया स्थापना भएको उहाँले बताउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले पार्टीको हरेक गतिविधि र आन्दोलनमा नेक्राविसङ्घले महत्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो ।
नेमकिपाले स्थापना कालदेखि नै देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्दै आएको उहाँले चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष तारा न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका हृदय दाहाल, विलम सुवाल, युवराजविक्रम शाही र प्रवीण लाखाजूले नेमकिपा स्थापनाका आधारहरूबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply