राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
नोवल कोरोना भाइरस महामारीविरुद्धको सङ्घर्ष गर्ने मानिसका प्रयासका कथाहरू व्यक्त गर्न खोज्दा गत महिना उन्नातिस वर्षीय कलाकार ल्युओ जिकुन ‘कति पटक रोएँ’ भनी भन्नै सक्नुहुन्न ।
७६ दिनको बन्दाबन्दी सकिएसँगै अप्रिल ८ (२०२०) मा उहानको सफाइ मजदुरलाई केन्द्रित गर्दै उहाँले बनाउनुभएको चित्र बहुचर्चित (भाइरल) भयो । ट्वीटरजस्तो चीनको सामाजिक सञ्जाल वेइबोमा पोस्ट गरिएको केही घण्टामै २० लाख पटक हेरियो । साथै, हजारौँ नागरिकले आफ्नो कमेन्ट (टिप्पणी) मा उहानका जनताको स्वास्थ्यलाभको कामना गरे ।
एनिमेसन गरिएको उक्त चित्रमा मोबाइल फोनमा उहानको एक महत्वपूर्ण ताल डोङ्गु देखाइएको हुन्छ । गएका दुई महिनामा सो ताल बन्द थिए, अनलाइनमा मात्र तालको विचरण गर्न पाइन्थ्यो ।
सहर पुनः साधारण अवस्थामा फर्किएपछि उक्त ताल पुनः सर्वसाधारणको निम्त खुला छ । तर, दुई महिनाको समयावधिमा मोबाइलको ‘स्क्रिन’ थिचेर मानिसहरू भर्चुअल (अभौतिक) रूपमा पार्कको विचरण गर्थे । भिडियोमा लकडाउनअगाडि र पछाडिका उहान सहरका तस्बिरहरू देखाइएको छ ।
गएका तीन महिनादेखि भाइरसविरुद्ध लडिरहेका जनताको सम्मान प्रदर्शन गर्न पर्दापछाडि ल्युओको टिमले एक महिना काम ग¥यो । त्यो समूहले धेरैजसो ‘ओभरटाइम’ काम ग¥यो ।
ल्युओले भन्नुभयो, “हामी सबै उहानको ख्याल गर्छौँ । हाम्रो सहरले बन्दाबन्दीको अन्त्य गरी भाइरसमाथिको विजय प्राप्त गर्ने विशिष्ट सफलता प्राप्त गरेको छ ।”
महामारीविरुद्ध लड्न उहान सहर र यसका जनताले कसरी काम गरे भन्ने देखाउन एनिमेसनमा सहरका सफाइ मजदुरलाई नायकको रूपमा प्रस्तुत गरिएको छ ।
“लकडाउनकै बेला सहरको स्थिति कस्तो थियो भन्ने कुरा बुझ्नेमध्येमा सफाइ मजदुरहरू थिए । अरू नागरिक घरमै ‘क्वारेन्टिन’ मा बसेका बेला तिनीहरूले कामलाई निरन्तरता दिए । ती सफाइ मजदुरहरू सहरको परिवर्तनका साक्षी थिए । तिनीहरूमा सहरको समस्याबारे गहिरो ज्ञान हुनैपथ्र्यो”, ल्युओले ‘बेइजिङ रिभ्यु’ लाई बताउनुभयो ।
ल्युओको टिमको अर्को एउटा कृतिमा अझ धेरै जनाको ध्यानाकर्षण भयो । ‘बेइजिङ साँझको समाचार’ का अनुसार ‘महामारीविरुद्धको चिनियाँ जनताको प्रयास झल्काउने हाते पुस्तक’ शीर्षकमा तिनीहरूले बनाएको १० मिटर लामो ग्राफिक स्क्रोल चित्र (चिनियाँ परम्परागत स्क्रोल चित्र चौडा एवम् फराकिला कागज वा सिल्क कपडामा कोरिन्छ – सं.) विभिन्न सामाजिक सञ्जालमा ६० करोड पटक हेरिएको थियो ।
ल्युओले जनवरी (२०२०) मै यस्तो काम गर्ने विचार गर्नुभएको थियो तर मार्चको सुरुआतमा मात्र उहाँको समूहले कामको थालनी गर्न सक्यो । कलाकारहरूले सो चित्र बनाउनुअगाडि महामारीभरमा हुओसेसान र लेइसेसानमा भएको अस्थायी अस्पताल निर्माण कार्य, उहान सहरको सहयोगको निम्ति देशका विभिन्न स्थानबाट आएका स्वास्थ्यकर्मी र एउटा युवा बिरामी एवम् नर्सले एकअर्काबीच गरेको अभिवादन झल्किने दृश्यसहितका एक सय वटा कथाहरू तथा ८ हजार वटा तस्बिरको सङ्कलन गरेका थिए ।
ल्युओले भन्नुभयो, “सुरुमा हामीले नायकहरूका कथाहरूमात्र देखाउन चाहेका थियौँ । हामीले चिनियाँ जनताको विरतापूर्ण कामको चौतर्फी दृश्य प्रस्तुत गर्न गा¥हो अनुभव ग¥यौँ ।”
उहानको कथा तिथिमितिसहित बताउन ल्युओको टिमले परम्परागत चिनियाँ स्क्रोल चित्रको विधि प्रयोग गर्ने निर्णय ग¥यो ।
तेलचित्रमा निपुण ल्युओले यथार्थवादलाई प्रयोग गर्दै हरेक चित्रलाई प्रस्टरूपमा उतार्नुभयो । चारजना चित्रकार र तीनजना लेखकले हरेक रात ३–४ घण्टामात्र सुतेर १७ दिनमा सो काम सकाएका थिए ।
सो ग्राफिक स्क्रोल २ हजारभन्दा बढी चिनियाँ मिडिया वेभसाइटले पुनःप्रकाशन गरेका थिए ।
कोभिड–१९ महामारीको क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको अप्रिल ४ (२०२०) को दिन आठ मिनेटको भिडिओ बनाएर अनलाइनमा राखिएपछि सो चित्र फेरि एकपटक चर्चामा आयो ।
ल्युओले भिडिओको प्रख्याती आफ्नो विशेषज्ञताको कारणबाट भएको नभई यसको श्रेय नायकहरूका मनछुने कथाहरूलाई जाने बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूको समर्पणले मानिसलाई उद्वेलित बनाएको हो । हामीले आफ्नो किसिमले त्यसलाई उजागर गरेकामात्र हौँ ।”
अनुवाद : सङ्कल्प
बेइजिङ रिभ्यु, अप्रिल १६, २०२०
Leave a Reply