न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
विश्वमा नाजी जर्मनीको दबदबा बढ्न थालेपछि सोभियत सङ्घले सैन्य सशक्तिकरणमा पुनः जोड दियो । सेनाको व्यापक फैलावट, लडाइँहरूको विश्लेषण, शक्तिहरूको तुलनात्मक अध्ययनलाई जोड दियो । तत्कालीन समयमा सोभियत सैन्यकलाको प्रमुख उपलब्धि भनेको घुसपैठ, दुश्मनविरुद्ध सेनाको बलियो उपस्थिति र हातहतियार तयारीको सिद्धान्त हो । युद्धविमान, ट्याङ्क, तोपखाना, पाराट्रुप्सहरूको तयारी र आधुनिक तालिमप्राप्त सेनाहरूको लडाकु भावनाले सोभियत रूस सम्पन्न थियो । अत्यन्त बुद्धिमत्तापूर्ण ढङ्गले शत्रुको घेरा तोड्न, प्रतिकार गर्ने कलामा सोभियत सङ्घका सेना अब्बल थिए । शत्रुलाई चारैतिरबाट घेर्ने, आप्mनो सैन्य टोलीहरूसँगको सम्पर्क बलियो बनाउने, हातहतियार बाँडफाँटलाई चुस्त बनाउने र हातहतियार, गोलाबारुद्धको आपूर्तिलाई केन्द्रीय सैन्य टोलीले जिम्मा लिने, अब्बल सैन्य कमान्डरहरूलाई विकेन्द्रीकृत क्षेत्रहरूको नेतृत्व गर्न लगाउनेजस्ता सोभियत सरकारको योजना बुद्धिमत्तापूर्ण साबित भयो । लालसेनाले अवलम्बन गर्ने युद्ध विज्ञानलाई परिमार्जित गरी नयाँ हातहतियार र देशको चौतर्फी विकासमा केन्द्रित सैन्यविज्ञानको विकास गरियो । सैन्य रणनीतिका समस्याहरू पहिल्याइयो । हमला र प्रतिकारका उपायहरू परिमार्जित गरियो । सैनिक र नौसेनालाई पुनः सःशस्त्रीकरण गरियो । सैनाको सःशस्त्रीकरणमा अझ बढी जोड दिनु आवश्यक देखियो । त्यही नै बेला मार्सल जुकोभलाई चौथो घोेडचढी क्षेत्र विभागको प्रमुखमा चयन गरियो । उहाँलाई बेलारुसी सैन्य क्षेत्रमा जान पहिलो घोडचढी इन्स्पेक्टर उपप्रमुख कोसोगोभले राखेको प्रस्तावअनुसार उहाँ तयार हुनुभयो । उहाँले त्यही क्षेत्रमा तेस्रो घोडचढी सेना प्रमुखको मातहतमा रही १० वर्ष काम गरिसक्नुभएको थियो । सो क्षेत्रमा जुकोभलाई प्रमुख घोडचढी इन्स्पेक्टर बडेन्नीको निर्देशन मिल्यो । चौथो घोडचढी डिभिजन लामो राजनीतिक सङ्घर्षको उपलब्धि पनि थियो । सम्पूर्ण कमान्डर, राजनीतिक कार्यकर्ता र पार्टी सङ्गठनहरूको सङ्घर्षको फल थियो । चौथो घोडचढी डिभिजनबारे बडेन्नीले आप्mनो पुस्तक ‘एउटा गौरवपूर्ण मार्ग’ मा लेखेका छन् । मार्सल जुकोभले चौथो डिभिजनमा आपूmसँगै काम गरेका आफ्नोअन्तर्गत रहेर इमानदारीपूर्वक काम गरेका सेनाहरूकाबारे धेरथोर चर्चा गर्नुभएको छ । जसमध्ये फ्योडोर कोस्टेन्को एक हुन् । महान् देशभक्तिपूर्ण युद्ध छेडिइँदा उनले २६ औँ सैनिक कमान्डरको युक्रेनको अग्रमोर्चामा बसेर लडेका थिए । थुप्रै सेना मारिए । यद्यपि, नाजी सेनासामु घुँडा टेकेनन् । नाजीहरूलाई युक्रेन प्रवेश गर्न दिएनन् । कोस्टेन्को पछि एक अब्बल घोडचढी सेना कमान्डर बन्न सफल भए । त्यस्तैगरी कमान्डर आई.एन. मुजिचेन्कोले महान् देशभक्तिपूर्ण युद्धमा देखाएको बहादुरीबारे लेखेका छन् । युक्रेनको भूमिमा लड्दालड्दै भएका घाऊहरू, बन्दीगृहको सासना, जर्मनीको यातनागृहका विभत्स घटनाहरूबारे लेखेका छन् ।
मार्सल जुकोभले सुरुआति पञ्चवर्षीय योजनाअन्तर्गतका परियोजनाहरूबारे पनि चर्चा गर्नुभएको छ । जलविद्युत् स्टेसन समाजवादी औद्योगिकीकरणकै पहिलो र ठूलोे उपलब्धिका रूपमा उल्लेख छ । सैन्य सशक्तिकरणको पाटोसँगै समाजवादी अर्थतन्त्र निर्माणको सङ्घर्षमा नेता लेनिनपछि स्तालिनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो । उद्योगहरू त्यो समयकै उत्कृष्ट मानिन्छ ।
सन् १९२४ देखि १९२५ सम्म चलेको घोडचढी नव कमान्डर तालिमका बारेमा जुकोभले विशेष चर्चा गर्नुभयोे । त्यहाँ तालिम लिएका आई.ख.बाग्राम्यन, ए.आई येरेमेन्को, एम.ए बाटोस्की, के.के. रोकोसोभ्स्की लगायतका कमान्डरहरूले पछि महान् देशभक्तिपूर्ण युद्धमा विभिन्न क्षेत्रको नेतृत्व गर्दै लडेका सन्दर्भहरू पनि छन् । आप्mना सहकर्मी र सम्पूर्ण आर्मीहरूको जीवनका अध्यायहरूलाई मार्मिकढङ्गले प्रस्तुत गर्नुभएको छ । सन् १९४२ तिर सोभियत जनताका निम्ति मङ्गोलियन जनताको क्रान्तिकारी पार्टीले भाइचाराको नाताले सहयोग गरेको सन्दर्भ पनि उल्लेख छ ।
मार्सल जुकोभले आफ्नो सहकर्मी २३ औँ घोडचढी फौजका कमान्डर एल.एन. साकोभिचलाई सम्झनुभएको छ । उनी अतुलनीय इमानदारीको अर्को नाम हो भन्नुहुन्छ, जुकोभ । आत्मअनुशासन र पार्टीप्रति अत्यन्त बफादार साकोभिच देशको बहादुर सिपाही थिए । उनले देशका निम्ति सन् १९४२ मे २७ का दिन करर्कोभ भिडन्तमा आप्mनो बलिदानी दिए । महान् देशभक्तिपूर्ण युद्धमा यान्त्रिक सैनिक फौज पनि तयार गरिएको थियो जसले युद्ध हाततियार र यन्त्रहरूको परिचालनलाई व्यापक र चुस्त बनायो । सेनामा प्राविधिक ज्ञानको आवश्यकता, अर्थात् सैन्य शिक्षा विज्ञानसँगै इन्जिनियरिङ सिकाइको आवश्यकता बोध गरियो । त्यसका निम्ति अलग–अलग तालिमहरू सञ्चालन गरिए । पुराना हातहतियारहरूलाई पनि नयाँ प्रविधिसँग जोडेर नवीकरण गरियो । नयाँ र युग सुहाउँदो उच्च कार्यक्षमताका हातहतियारप्रति सेना आकृष्ट थिए । त्यो चलाउन र सिक्न उत्सुक पनि थिए । तत्कालीन समयमा सैन्य प्राविधिक ज्ञानबारे मिडियाले पनि खुब छाप्थ्यो, प्रसारण गथ्र्यो । बोल्सेबिक पार्टीको अगुवाइमा सम्पूर्ण ब्यारेक र फौजहरूमा सैन्य प्राविधिक सर्कलहरू निर्माण गरिए । किताबहरू छापिए, तालिमहरू चलाइए । सैन्य र सैन्य विज्ञानमा यान्त्रिकीकरण र आधुनिकीकरणको त्यो अवधि सोभियत रूसको इतिहासमै महत्वपूर्ण कालखण्ड मानिन्छ । सोभियत समाजवादको रक्षाको निम्ति शक्तिको तयारी अर्थात् प्रतिकार शक्तिको तयारी थियो त्यो । देशको सार्वभौमिकता रक्षाको निम्ति पार्टीले सेना मात्रको जिम्मेवारी कहिल्यै भनेन । सेना परिचालनको सिद्धान्त युद्धको सिद्धान्तसँग देश जोडिएको हुन्छ, व्यवस्थाको स्थिरतासँग जोडिएको हुन्छ । त्यसकारण, पार्टीले सेनासँगै प्रत्येक जिल्ला, गाउँ र सहरहरूमा युवा कम्युनिस्ट लिगहरू गठन ग¥यो । त्यतिमात्र होइन विभिन्न स्वयम्सेवी रक्षा समाजहरू निर्माण गरिए । युवाहरूलाई देश र आप्mनो भूमिप्रति जिम्मेवार बनाउन पार्टीले युवालाई अगाडि राख्ने नीति लियो । युवाहरूले सैन्य हातहतियार अथवा युद्ध सामग्रीको आधुनिकतालाई छिट्टै बुझे, चाँडै चलाउन सिके । पुरुषमात्र होइन महिलाहरूले पनि युद्धका सामग्री अर्थात् मेसिनहरू चलाउन सिके । हजारौँ–हजार विरोधी हवाईविमान र रासायनिक प्रतिकारका साधनहरू चलाउन महिलारूले अग्रसरता देखाए ।
सेनाभित्र र बाहिर, युवा र महिलालाई समय सुहाउँदो र शत्रुको क्षमताविरुद्ध लड्न तयार पार्न प्राविधिक शिक्षा र पार्टीको निर्देशन कति जरुरी हुन्थ्यो भन्ने विषयमा जुकोभले अनुभव लेख्नुभएको छ । शत्रुको क्षमताभन्दा बढी तयारी गरिएन भने युद्ध हारिन्छ । ‘बिरालोको सिकार गर्न बाघको तयारी गर्नुपर्छ’ भन्ने उखानै छ । शत्रुलाई कहिल्यै न्यूनाङ्कन गर्नुहुँदैन । लडाइँमा आप्mनो इमान र अनुशासन पनि उत्तिकै आवश्यक हुन्छ । नेतृत्वको सही विश्लेषण बिनापनि लडाइँ जित्न मुस्किल पर्छ । लडाइँहरूको लामो इतिहास भन्छ, “लडाइँको प्रतिफल अन्तिम विश्लेषणले दिन्छ ।” कति सटिक र ध्यानपूर्वक हमला र प्रतिकारको घोषणा कमान्डरले ग¥यो र सेनाले अनुशासित ढङ्गबाट कमान्डरलाई पछ्यायो भन्ने कुराले हारजित हुनसक्दछ भन्ने जुकोभको अनुभव छ । जुकोभले फौजको राम्रो जाँचबुझको आवश्यकता कति हुन्छ भनी बताउनुभएको छ । शत्रुले रातमा अचानक हमला गरे आप्mना फौजको अवस्था, फौजीहरूको स्थान, अवस्थाबारे राम्रो जानकारी भएमात्र कमान्ड गर्न सकिन्छ त्यसकारण फौजभित्रै जाँचबुझ र जानकारीको सख्त जरुरी हुन्छ । फौजीले अँध्यारोमा लड्न सिक्नुपर्छ । अँध्यारोमा शत्रुको हमला विफल बनाउने कला जानेको हुनुपर्छ, रातको अँध्यारोमा भएका केही शत्रुका हमलाहरूको प्रतिकारबारे जुकोभले बताउनुभएको छ । समयसमयमा फौजभित्र जाँचको लागि निरीक्षण र निगरानीका लागि उच्च पदका व्यक्तिहरूको क्षेत्रीय भ्रमणहरू हुन्छ । तिनले नेता लेनिनको खबर र निर्देशन साथैमा ल्याएका हुन्छन् । विभिन्न गृहकार्यहरू छोडेर जान्छन् । रणनीतिक कौशलको परीक्षा लिइन्छ । सेना र फौजसँग रणनीतिक ज्ञान नभए, भूगोल ज्ञान र जनसङ्ख्याको स्पष्ट तथ्याङ्क थाहा नभए के हुन्छ ? लडाइँमा दुर्घटना हुनसक्छ भन्नुहुन्छ जुकोभ । सिकाइको क्रममा गल्तीहरू हुनुलाई जुकोभ सिकाइकै प्रक्रिया भन्नुहुन्छ । आपूmले नेतृत्व गरेको फौजमा पनि थुप्रै गल्तीहरू भएको, गलत ठम्याइहरूमा रुमलिएको उहाँ सम्झनुहुन्छ । त्यस्तो समयमा पार्टी नेताहरू, राजनैतिक अगुवाहरूको सुझाव र मार्गनिर्देशनले बाटो देखाउने कार्य ग¥यो । माक्र्सवाद–लेनिनवाद विना के क्रान्तिको उपलब्धि जोगाउन सम्भव थियो ? जरुर थिएन, विश्वमा नाजी जर्मन अर्थात् फासीवादी र साम्राज्यवादीहरू उठ्न थालेको बेला समाजवादी देशको रक्षाका लागि माक्र्सवाद लेनिनवाद नै मात्र बलियो कवच हो भन्नेमा जुकोभ लगायतका कमान्डरहरू स्पष्ट हुनुहुन्थ्यो । सामान्यतः सन् १९२९–१९३९ सम्मको समयमा समाजवाद निर्माणको कार्य लेनिनवादको जग अर्थात् आधारशीलामा भयो । समाजवादी देशका सेना र सैन्यशक्तिको निर्माण एवम् विस्तारको आधारशीला पनि त्यही नै थियो । आर्थिक वृद्धि र विकास, विज्ञान र प्रविधिमा भएको प्रगतिका कारण सेनालाई हवाई फोर्स र नौसेना अर्थात् जलसेनालाई आधुनिक हातहतियार आपूर्ति पुग्दो मात्रामा भयो । सेना या फौजको साङ्गठनिक संरचना समयसँगै निकै परिमार्जन गरियो । प्रत्येक कमान्डर र सेनालाई प्रदान गरिएको प्राविधिक ज्ञान या तालिम द्रुत गतिमा सञ्चालन जारी राखियो । देशमा जनताको सामाजिक, राजनीतिक र विचारधारात्मक एकताले फौज पनि प्रभावित थियो । समाजवादप्रति जनताको एकमनको एकताकै कारण सैनिक या फौजमा उच्च देशभक्तिको भावना सञ्चार भयो । समाजवादप्रतिको गौरव र देशप्रतिको प्रेम सोभियत सेनाको ऊर्जा थियो । युुद्ध अभ्यास र चालहरूले लालसेनालाई पहिलो श्रेणीका लडाकु शक्तिका रूपमा स्थापित हुन सघाएको थियो । जुकोभले नेतृत्व गर्नुभएको चौथो घोडचढी डिभिजनमा पनि प्राविधिक ज्ञान, रणनीतक कौशल, विचारधारात्मक ऊर्जा र युद्ध अभ्यास तथा चालहरूलाई जोड दिइएका प्रसङ्गहरू छन् ।
जुकोभले बेलारूसको सैन्य क्षेत्रका तेस्रो र छैटौँ घोडचढी फौजका विषयमा पनि लामै लेख्नुभएको छ । समय सन् १९३७ तिरको हो, सोभियत शक्तिको २० वर्ष । त्यो आर्थिक र सांस्कृतिक विकासको २० वर्ष, समाजवादी निर्माणमा सफलताको २० वर्षले अक्टोबर समाजवादी क्रान्तिको महानता र विचारलाई अझ स्थापित गर्छ, प्रज्ज्वलित बनाउँछ ।
२० वर्ष भनेको लामो समय होइन । त्यो छोटो समयमा सोभियत रूसले अपत्यारिलो प्रगति ग¥यो । औद्योगिकीकरण र प्राविधिक स्तरोन्नतिपूर्व देश ब्रिटेनभन्दा चार तह तल, जर्मनीभन्दा पाँच तह तल, संरा अमेरिकाभन्दा त १० तह तल थियो । पहिलो (१९२९–१९३२) र दोस्रो (१९३३–१९३७) पञ्च वर्षीय योजनामा थुप्रै नयाँ उपयोगहरूको स्थापना भयो । लौह र अलौह फलाम उद्योग, रसायन, ऊर्जा र इन्जिनियरिङ क्षेत्रले विराट रूप लिन थाल्यो ।
सन् १९३७ को कूल औद्योगिक उत्पादन सन् १९२९ को भन्दा ४ गुणाले वृद्धि भयो । सन् १९४० सम्म इन्जिनियरिङ र फलामसम्बन्धी कार्यको उत्पादन सन् १९१३ अर्थात् युद्धपूर्वको समत्न्दा ३४०० प्रतिशतले वृद्धि भयो । युद्धपूर्वको पञ्चवर्षीय योजनाको पूर्वी भेगीय योजनाअन्तर्गत करिब ९ हजार औद्योगिक इन्टरप्राइजेज निर्माण गरिए । पूर्वमा सबैभन्दा बलियो औद्योगिक आधार क्षेत्र बनाउने योजना युद्धको समयावधिमा निकै सहयोगी सिद्ध भयो ।
त्यो समय औद्योगिक उत्पादन र प्राविधिक प्रगति एवम् मापदण्डहरूमा सोभियत सङ्घको नयाँ उद्योग इन्टरप्राइजेजले युरोपमै पहिलो स्थान र विश्वमा दोस्रो स्थान हासिल ग¥यो । आज त्यही सोभियत रूसको यथार्थ सुनाउँदा युवाहरूलाई एकादेशको कथा लाग्नसक्छ । पूर्खा र अग्रजहरूलाई आफ्नो बलिदानीबाट जोगाएको इतिहासको दुःखकष्टको हेक्का नै भएन ।
वीरविराङ्गनाहरूको जीवनकथा सुन्ने, इतिहास पढ्नेहरू सोभियत सङ्घ रक्षाका निम्ति खडा हुन्छन् भन्ने जुकोभको धारणा थियो । जुकोभ कम उमेरका नयाँ सेनाहरूलाई भूगोल र इतिहास पढ्न हौस्याउनुहुन्थ्यो । मुक्ति र स्वतन्त्रता सजिलै प्राप्त हुन्न, समाजवादी व्यवस्थाकै कारण सोभियत रूसको प्रगति भएको हो, समाजवाद रक्षाको निम्ति सङ्घर्षको विकल्प छैन भन्ने भावना सञ्चार गर्नुहुन्थ्यो । आधुनिक युवा पुस्ताको मस्तिष्कले देशप्रेम र इतिहासप्रतिको गौरव थाहा पाओस् भन्ने लाग्थ्यो । जुकोभ नयाँ पुस्ता भड्किनेमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो । “हामीले मनबाटै देश पढ्यौँ, देशको निम्ति लड्यौँ जतिबेला देशसँग केही पनि थिएन, जतिबेला देशमा गरिबी र दरिद्रतामात्र थियो । आज देश युरोपमै पहिलो अर्थतन्त्र भएको देशका रूपमा कहलिँदा युवा पुस्तालाई यो स्वाभाविक प्राप्ति लागेको छ । मनमा सङ्घर्षको भावना नभएपनि युवा दिमागले यथार्थ थाहा पाउनुपर्छ ।”
युद्धपूर्वको विकास निर्माण यति तीव्र भयो कि इतिहासविद्, दार्शनिक, समाजशास्त्री, लेखकहरूले विश्वको त्यो समयावधिको खुब चर्चा गरे र गर्छन् । तत्कालीन समयमा त्यो अद्भूत प्रगतिको रहस्य, नयाँ सामाजिक संरचनाको विकासबारे लेखेको पाइन्छ ।
जुकोभ भन्नुहुन्छ –“हामीले समाजवादी शासनअन्तर्गत देशका निमित्त शक्तिशाली रक्षा क्षमता अर्थात् प्रतिकार क्षमताको विकास ग¥यौँ ।”
सैन्य र युद्ध सामग्रीहरूको आधुनिक पुनःनिर्माण र विकास, सेनाको साङ्गठनिक संरचना एवम् प्राविधिक स्तरोन्नतिको सवाल विकसित भनिएका पुँजीवादी देशहरूको क्षमतासँग जोडिएको थियो । त्यसकारण, सयौँ सङ्ख्यामा हतियार उत्पादन फ्याक्ट्रीहरू निर्माण गरिए । गृहयुद्धपश्चात् पनि देशमा हातहतियार पुनःसङ्कलन, सञ्चालन र निर्माणको कुनै व्यवस्थित उद्योग थिएन । युद्धसामग्री ट्याङ्क, हवाइजहाज, हवाईविमान इन्जिन, ठूल्ठूला तोपखाना प्रणाली, रेडियो सरसामग्री र अन्य आधुनिक हातहतियार उत्पादन हुँदैनथ्यो । सोभियत रूसले यी सम्पूर्ण र थप हातहतियारमा आत्मनिर्भर उत्पादन थाल्यो । त्यसपछि झन् साम्राज्यवादी देशहरू सोभियत रूसविरुद्ध आक्रामक बने । बोल्सेविक पार्टीले पहिलो र दोस्रो पञ्चवर्षीय योजनामा जति उपलब्धि हतियार उत्पादनमा हासिल गर्ने सोचेको थियो त्यो भन्दा धेरै गुणा माथिको सफलता ग¥यो ।
वैज्ञानिक, इन्जिनियर र डिजाइनरहरूले हातहतियार र युद्ध सामग्री उत्पादनमा देखाएको नवीनता र अब्बलता अन्य विकसित देशहरूको भन्दा उच्च थियो । सरकारकै अगुवाइमा ठूल्ठूला खोेज केन्द्र, प्रयोगशालाहरू निर्माण गरिए । अनुसन्धानकर्ता र डिजाइनरहरूले दिलो ज्यान लगाएर मिहिनेत गरेकोबारे जुकोभले लेख्नुभएको छ । स–साना हतियारमै साधारण डिजाइन, हलुका तौल, उच्चतम गोली हान्न सक्ने क्षमताको निम्ति डिजाइनरहरू लागिपरे । रुसी आर्मीका क्याप्टेन मोसिन (Mosin) ले प्रतिपादन गरेको पुरानो ७.६२ मीमी राइफललाई आधुनिक क्षमता भएको राइफलमा फेरियो । एस.जी सिमोनोभको स्वसञ्चालित राइफल (१९३६ मोडल) को आधुनिक स्वरूप उत्पादन दु्रत बनाइयो । भी.ए. डेग्ट्यारेभ (V.A. Degtyarev) को १९३८ को हलुका मेसिनगन मोडललाई पनि परिमार्जित गरी उत्पादन गरियो । डेग्ट्यारेभ र श्पागिन (Shpagin) ले संयुक्तरूपमा प्रतिपादन गरेको सोभियत सङ्घले ठूलो आकारको क्यालिभर मेसिनगन निर्माण गरे । उत्कृष्ट युद्धकलाका निम्ति तयार पारिएको मेसिनगन थियो त्यो । सन् १९३९ मा डेग्ट्यारेभले अर्को परिमार्जित र ठूलो आकारको मेसिनगन निर्माण गरे । त्यतिमात्र होइन चलाउन सजिलो मेसिनगन र पिस्तोलहरू पनि बनाइए । सन् १९३० देखि १९३१ सम्म करिब १ लाख ७४ हजार राइफल, ४१ हजार मेसिनगन सोभियत सङ्घले निर्माण र उत्पादन गरेको तथ्याङ्क छ ।
सन् १९३८ सम्ममा ११ लाख ७५ हजार राइफल र ७७ हजार मेसिनगन उत्पादन वृद्धि गरेको थियो । दोस्रो पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा लालसेना पुँजीवादी देशका आर्मीभन्दा अब्बल र क्षमतावान् बन्न सफल बने । सहज हातहतियारको उपलब्धता र प्रचुरताले पनि लालसेनाको मनोबल उच्च बनायो । युद्ध सामग्रीमध्ये ट्याङ्क अर्को महत्वपूर्ण उत्पादन हो । पहिलो पञ्चवर्षीय योजनाको अन्त्यसम्म ५ हजार टयाङ्क पु¥याइएकोमा दोस्रो पञ्चवर्षीय योजनाअन्तर्गत उत्पादन वृद्धि गरी १५ हजार पु¥याइयो । ती सङ्ख्यामा मात्र होइन चलाउन छरितो र गोली हान्ने क्षमतामा पनि उत्कृष्ट थिए । ट्याङ्क उत्पादनको वार्षिक तथ्याङ्क वृद्धि भयो । सन् १९३० देखि ३१ मा वार्षिक वृद्धि सङ्ख्या ७४० बाट सन् १९३८ सम्ममा २ हजार २७१ पु¥याइयो । ट्याङ्कहरूको निर्माणपछि तोपखानाहरूको उत्पादनलाई कम महत्व दिइएजस्तो देखिएपछि कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले त्यसको आलोचना ग¥यो र गन र हवाई तोपखानाको क्षमता पनि वृद्धि गर्न निर्देशन दियो । सन् १९३७ सम्म राम्रो, क्षमतावान इन्जिनियरिङ गरिएका तोपखानाहरू तयार भए । सन् १९३०–१९३१ मा तोपखाना उत्पादन २ हजारको सङ्ख्यामा हुन्थ्यो भने सन् १९३८ सम्ममा वार्षिक उत्पादन सङ्ख्या १२ हजार ५०० पु¥याइयो । सन् १९३७ मा १५२ एमएम गन–हविट्जार अर्थात् टाढटाढासम्म बारुद हान्न सक्ने गन विकास ग¥यो । १२२ एमएम गनको मोडललाई आधुनिक बनाइयो । यस्ता थुप्रै–थुप्रै तोपखाना र गनहरूको आविष्कार र पुनर्निर्माणले पुँजीवादी देशहरूलाई नै जित्यो ।
सन् १९३९ को सुरुआतमै तोपखाना उत्पादन वृद्धि गरी १७ हजार पु¥याइयो । जसले सेनाको माग पूर्ति गर्न सघायो । प्राविधिक आधुनिकीकरणसँगै छिटो बम हान्ने मेसिन अर्थात् ट्वीन इन्जिन एसबी बम्बर, टीबी–३ हेभी बम्बर, लामोदूरीमा हान्ने बम्बर, लामो दूरीमा छिटो हान्ने बम्बर निर्माणसँगै उत्पादन गरियो । सोभियत सङ्घ आफैले हवाइजहाज निर्माण ग¥यो । यसरी देशमा औद्योगीकरण अर्थात् समाजवादी अर्थतन्त्र निर्माणका सिद्धान्त या नीतिले सेनालाई अलग तहमा बलियो बनायो । युद्धमा खरो उत्रनसक्ने क्षमता प्रदान ग¥यो । त्यसकारण, देशको अर्थतन्त्र र सामाजिक संरचनाले देशको रक्षा मामिला प्रभावित हुन्छ भन्ने जुकोभको ठम्याइ आज पनि सान्दर्भिक छ ।
हातहतियार निर्माण र उत्पादन मात्र होइन सेना या सेनाको संरचना र साङ्गठनिक ढाँचा पनि राम्रो बनाइन जरुरी थियो । सोभियत सङ्घ क्रान्तिकारी सैन्य काउन्सिल खडा गरियो । जसले सेनाको सङ्ख्या र भौगोलिक विभाजनलाई ध्यानमा राखी काम ग¥यो । लालसेनाको सङ्ख्या र गुणलाई गुणन ग¥यो । सन् १९३३ मा लालसेनाका ८ लाख ८५ हजार अफिसरहरू थिए । सन् १९३७ को अन्त्यसम्ममा अफिसरहरूको सङ्ख्या १ करोड ५० लाख पुग्यो । क्षेत्रीय अधिकारीहरूको सङ्ख्या ४ गुणाले वृद्धि भयो ।
यो सफलता कम्युनिस्ट पार्टीले लिएको कार्यकर्ता नीति र सैनिक नीतिको उपज पनि हो भन्नुहुन्छ, जुकोभ । साम्राज्यवादी राज्यहरूले कुनैपनि बेला युद्ध छेड्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सेना र राजनीतिक कार्यकर्ताहरू चनाखो रहनुपर्ने आवश्यकता थियो । साम्राज्यवादी देशहरूले हातहतियार र युद्धविमानहरूमा लगानी वृद्धि गरी युद्धको तयारी थालेको अवस्था थियो । त्यतिबेला जापानको राष्ट्रिय बजेटमा सैन्य मामिला खर्च सन् १९३४ मा ४३ प्रतिशतले वृद्धि गरियो । सन् १९३८ मा ७० प्रतिशतले वृद्धि भयो । इटालीमा सन् १९३४ मा २० प्रतिशत र सन् १९३८ मा ५२ प्रतिशतले वृद्धि गरियो भने जर्मनीले क्रमशः २१ प्रतिशत र ६१ प्रतिशतले वृद्धि ग¥यो ।
सन् १९३५ मा फासीवादी इटालीले अबेसिनिया कब्जा ग¥यो । सन् १९३६ मा जर्मनी र इटालीले गणतान्त्रिक मुलुक स्पेनमा हस्तक्षेप र आक्रमण थाले । इटाली र जर्मनी त्यतिमा रोकिनेवाला थिएनन् । सोभियत सङ्घका नेता, कार्यकर्ता र सेनालाई थाहा थियो । अब विश्व दुई खेमामा विभाजन हुन्छ । एकातिर आक्रामक र हस्तक्षेपकारी फासीवाद एवम् साम्राज्यवाद अर्कोतिर प्रजातन्त्र र समाजवाद । यी दुई विचारबीचको द्वन्द्वले विश्वलाई दुई खेमामा विभाजन गर्ने देखियो ।
सोभियत सङ्घले जर्मनी र इटालीको फासीवादी आक्रमणहरूविरुद्ध आवाज उठायो । अन्तर्राष्ट्रिय धर्म निर्वाह ग¥यो । कानुनी ढङ्गले अगाडि बढ्दै गरेको प्रजातान्त्रिक मुलुक स्पेनमाथिको हस्तक्षेपविरुद्ध सघायो । स्पेनलाई सघाउनुलाई सोभियत सङ्घले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य बतायो । सेना, आवश्यक सामग्री र औषधी सहयोग ग¥यो । क्रान्तिकारी भावनासहित सोभियत सेना, ट्याङ्क सञ्चालक, पाइलट, गन हान्ने सिपाहीहरू स्पेनमा स्वयम्सेवीका रूपमा गए र लडे । फासीवादी देशहरूले कमजोर मुलुकमाथि हमला गरिरहँदा सोभियत रूस अर्थतन्त्र, सामाजिक स्थिति र सांस्कृतिक क्षेत्रमा फड्को मार्दै थियो । सोभियत सङ्घको यो उपलब्धिले सेनालाई लड्न आत्मबल प्रदान ग¥यो ।
लालसेनाभित्रै थुप्रै अशिक्षित सेना थिए । सन् १९३७ सम्म लालसेनालाई पूर्णतः साक्षर बनाइयो । कारखानाका श्रमिकहरूलाई साक्षर बनाइयो । शिक्षाले सांस्कृतिक स्तर उठाउने हुँदा शिक्षामा जोड दिएर समाज अगाडि बढ्यो । सेनाका ब्यारेकहरूमा, क्षेत्रीय डिभिजनहरूमा राम्रा पुस्तकालयहरू बनाइए । कारखानामा पढ्ने ठाउँसहितको पुस्तकालयहरू निर्माण गरिए । सेनाभित्रको वर्गीय भेद अन्त्य गरियो । माक्र्सवाद–लेनिनवादका सिद्धान्त र अनुशासनले सेनालाई अझ सु–संस्कृत बनाएको हो भन्नुहुन्छ जुकोभ । माक्र्सको पुँजी, लेनिनका लेखहरू नपढ्ने सेना कमान्डहरू नै थिएनन् । लेनिनले सिकाउनुभएको रणनीतिक चातुर्य मनन नगर्ने सेना नै थिएन । माक्र्सवादी–लेनिनवादी विचारले सेनालाई देशभक्त मात्र होइन अन्तर्राष्ट्रवादी बन्न हौस्यायो । फासीवाद र विश्व पुँजीवादसँग लड्न उत्साह प्रदान ग¥यो । साम्राज्यवादी मुलुकहरूले घेरिए पनि आत्मविश्वास र स्वाभिमानीपूर्वक उभिन ऊर्जा मिल्यो । थुपै्रथुप्रै अघोषित हमला र युद्धहरूमा विजयी बनायो ।
Marshal of the Soviet Union G.Zhukov
Reminiscences and Reflections Vol.I
Leave a Reply