भर्खरै :

शीतकालीन पेइचिङ ओलम्पिक र विश्व एकताको सन्देश

चीनमा यतिबेला चाड पर्वको समय छ । चीनमा हरेक वर्ष मनाइने वसन्त चाड अथवा चिनियाँ चन्द्रमासको नयाँ वर्षसँगै परम्परागत चिनियाँ संस्कृतिको मनमोहक सौन्दर्यको समयमा पनि आएको छ । फेब्रुअरी १ मा परेको चिनियाँ बाघ नयाँ वर्षको स्वागतमा चीनका सडक र गल्लीमा रातो लालटिनहरू सजाइएको छ ।
वसन्त पर्वको महिना दिन लामो उत्सवसँगै हजारौँ वर्षको इतिहास भएको चीनको राजधानी पेइचिङले फेब्रुअरी ४ देखि २० सम्म शीतकालीन ओलम्पिक आयोजना गर्दै छ । लगत्तै मार्च महिनाको ४ देखि १३ सम्ममा शीतकालीन पारा ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । त्यसकारण, पेइचिङ शीतकालीन ओलम्पिक संसारको तर्फबाट चीनलाई नयाँ वर्षको उपहारजस्तै भएको हो । निःसन्देह, संसारको आँखा १६ दिन लामो शीतकालीन ओलम्पिकमा रहनेछ ।
सन् २००८ मा पेइचिङले २९ औँ ग्रीष्मकालीन ओलम्पिक अभूतपूर्व सफलताका साथ आयोजना गरेको कुरा स्मरणीय छ । त्यसको १४ वर्षपछि आगामी फेब्रुअरी ४ बाट ओलम्पिकको ज्वाला पेइचिङको राष्ट्रिय रङ्गशाला अर्थात् ‘बर्ड नेस्ट’मा प्रज्ज्वलित हुँदै छ । यसप्रकार चीनको राजधानी ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिकको आयोजना गर्ने संसारकै पहिलो सहर बन्दै छ । यो पक्कै पनि १ अर्ब ४० करोड चिनियाँ जनताको लागि ठूलो गौरवको विषय हो ।
‘मिलेर–तेज, उच्च र शक्तिशाली’ भन्ने नयाँ ओलम्पिक नाराका साथ हुने २४ औँ शीतकालीन ओलम्पिकको क्रममा झन्डै ९० देश र क्षेत्रका ३ हजारभन्दा बढी खेलाडीहरू हिउँ र बरफमा आफ्नो कौशल देखाएको हेर्नु संसारभरका खेलप्रेमीहरूको लागि वास्तवमै उत्साहप्रद विषय हो । प्रतिस्पर्धामा भाग लिएका खेलाडीहरूले पेइचिङमा आफ्नो सपनामात्र पुरा गर्नेछैनन्, बरु चीनसँगको आफ्नो भावनालाई अझ नजिक बनाउनुका साथै बुझाइलाई अझ फराकिलो बनाउन सक्नेछन् ।
 

हिम चिप्लेटी खेल्दै खेलाडी


त्यसका साथै उनीहरूले चीनले बोल्दै आएको ‘हरित, समावेशी, खुला र स्वच्छ’ ओलम्पिक सफल बनाउन सक्नेछन् । शीतकालीन ओलम्पिकअन्तर्गत पेइचिङ, यानछिङ र चाङचियाक्वका तीन प्रतिस्पर्धा क्षेत्रका सबै १२ वटा स्थानमा सौर्य वा वायुजस्ता नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ । ती सबै क्षेत्रमा कार्बन उत्सर्जन शून्य छ । ओलम्पिकको इतिहासमा यस्तो बन्दोबस्त भएको यो पहिलो पटक हो ।
हरित ओलम्पिकको आयोजनाले मानिस र प्रकृतिका साथै विकास र वातावरण संरक्षणबीचको सम्बन्धलाई कसरी बुझ्ने भन्ने विषयमा संसारलाई चीनले दिने समाधान, विवेक र योगदानलाई उजागर पर्ने पक्का छ । पेइचिङ ओलम्पिक २०२२ को लागि अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) समन्वय आयोगका अध्यक्ष जुआन एन्टोनिओ सामारान्च जुनियरले कार्बनशून्य ओलम्पिक खेल आयोजना गर्न चीनले गरेको वाचाको प्रशंसा गरे । उनले भने,“कोरोना महामारीको निकै चुनौतीपूर्ण समयमा पनि पेइचिङ शीतकालीन ओलम्पिक आयोजक समितिले विशेष खेल प्रतिस्पर्धा गर्ने भएको छ ।”
कोभिड–१९ महामारी, अझ विशेषतः ओमिक्रोन भेरियन्टले चीन र संसारमा भयानक चुनौती तेर्साइरहेको अवस्थामा पेइचिङले महामारी रोकथाम र नियन्त्रणको लागि धेरै सावधानीका उपाय अपनाएको छ । जस्तै, दुर नियन्त्रण प्रणाली, बाहिरी समुदायबाट अलग स्थान (बायो बबल), कडा अनुसन्धान, आपतकालीन समस्याको समाधान आदि । हरेक चार वर्षको अन्तरालमा हुने शीतकालीन खेलको निम्ति चीनको ‘गतिशील शुन्य–कोभिड १९’ नीतिको कार्यान्वयनले अन्तर्राष्ट्रिय समुदायमा प्रशंसा कमाएको छ । पेइचिङले संसारको लागि ‘व्यवस्थित, सुरक्षित र भव्य’ ओलम्पिक खेलकुद प्रस्तुत गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
दुर्भाग्यवश, अन्तर्राष्ट्रिय डबलीमा चीनको बढ्दो प्रभावबाट आत्तिएको संरा अमेरिकाले कुटनीतिक बहिष्कार गरेर पेइचिङ शीतकालीन ओलम्पिक खेललाई असफल बनाउने प्रयास गरिरहेको छ । सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा मुसलमान, तिब्बत स्वशासित क्षेत्रमा तिब्बती र हङकङ विशेष स्वशासित क्षेत्रका हङकङबासीविरुद्ध चीनले मानवअधिकार ‘उल्लङ्घन र दुरूपयोग’ को कारण तथा अन्य झूटा प्रमाणको आधारमा देखाएर संरा अमेरिकाले यस्तो निर्णय ग¥यो ।
संरा अमेरिकी सरकारमा जोसुकै राष्ट्रपति भए पनि संसारको महाशक्तिको रूपमा चीनको उदयलाई लिएर उनीहरूको चिन्ता कसैले लुकाउन सकेन । उनीहरू सबैले चीनलाई ‘शत्रु’ ठाने । जो बाइडेन नेतृत्वको संरा अमेरिकी सरकारले आफ्ना पक्षधर देशहरू जस्तै अस्टे«लिया, क्यानाडा, बेलायत, न्युजिल्यान्ड, लिथुआनिया, डेनमार्क, नेदरल्यान्ड र जापानमाथि कूटनीतिक दबाब दिएर सन् २०२२ को शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कार गराउने प्रयास ग¥यो । तर, सिन्च्याङमा ‘जबरजस्ती श्रम’, ‘मानवअधिकार हनन’ र ‘नरसंहार’ जस्ता कपोलकल्पित आरोप पूर्णतः निराधार हुन् । धेरै कमै देशले मात्र संरा अमेरिकाको कूटनीतिक बहिष्कारलाई साथ दिए ।
खेलकुद क्षेत्रलाई कुनै पनि देशलाई पेल्ने भूराजनीतिक हतियार बनाउनु हुन्न । पक्कै पनि संरा अमेरिकाको बहिष्कार अभियानले ओलम्पिकको भावना उल्लङ्घन गरेको छ । ओलम्पिक भावनाले ‘खेलकुदलाई मानवअधिकार’ को रूपमा लिने गर्छ । आधुनिक ओलम्पिकका संस्थापक ब्यारोन पिएरे डी काउबर्टिनले भनेका छन्,“ओलम्पिक खेलमा मुख्य कुरा जित्न होइन । बरु भाग लिनु हो जीवनमा जस्तै । जीवनको लक्ष्य पनि हासिल गर्नुमात्र होइन, बरु राम्ररी सङ्घर्ष गर्नु हो ।”
सौभाग्यवश, संसारका अधिकांश देशहरूले शीतकालीन ओलम्पिक सन् २०२२ को आयोजनामा चीनलाई एकमतले समर्थन जनाएका छन् । उनीहरूले खेलकुदको राजनीतीकरणको विरोध गरेका छन् । दक्षिण एसियाका सबै चीनका छिमेकी देशहरू जस्तै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र नेपाल पेइचिङ शीतकालीन ओलम्पिकको समर्थनमा उभिएका छन् । क्वाड मोर्चामा प्रवेश गरेर संरा अमेरिकासँग निकटता देखाए पनि भारतले चीनसँगको सम्बन्ध बिगार्न तयार नभएको भन्दै पेइचिङ ओलम्पिकमा समर्थन जनाएको छ । शीतकालीन खेल महोत्सवमा भारतको समर्थन भारतका खेलकुदप्रेमीको निम्ति पक्कै सुखद कुरा हो ।
पेइचिङ ओलम्पिकमा भारतको तर्फबाट भाग लिने ३१ वर्षका अल्पाइन स्किएर अरिफ खानले पेइचिङ ओलम्पिकमा स्लालम र जाइन्ट स्लालम दुई वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । “पेइचिङ शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भारतको राष्ट्रिय झन्डा फहराउनु सपनाजस्तै हुनेछ”, उनले भने ।

बुधबार पेइचिङको ओलम्पिक पार्क ओलम्पिक टर्च रिलेमा चीनका खेलाडीहरू


अर्कोतिर पाकिस्तानले पनि संरा अमेरिका र अन्य पश्चिमा देशहरूले शीतकालीन ओलम्पिकलाई लिएर गरेको फोहोरी राजनीति अस्वीकार ग¥यो । पाकिस्तानले यो अन्तर्राष्ट्रिय खेल उत्सव आयोजनामा गरेको समर्थनले पाकिस्तान र चीनबीचको मित्रवत् सम्बन्ध कति गाढा छ भन्ने कुरा देखाएको छ । पाकिस्तानका प्रधानमन्त्री तथा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान इमरान खान खेलकुदमा राजनीतीकरणविरुद्ध चीनको समर्थन र संरा अमेरिकी नेतृत्वको बहिष्कारको विरोधमा सन् २०२० को शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी बन्दै छन् । पाकिस्तानबाट अल्पाइन स्कीएर मोहम्मद करिम पनि पाकिस्तानको तर्फबाट पेइचिङ ओलम्पिकमा सहभागी बन्ने एकमात्र पाकिस्तानी प्रतियोगी बन्नेछन् ।
जनवरी २४ मा आयोजित अनलाइन सम्मेलनमा दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका ४० राजनीतिक पार्टी र सामाजिक संगठनका १ सय भन्दा बढी नेता तथा प्रतिनिधिहरू सहभागी हुनु उत्साहप्रद थियो । उनीहरूले चीनले विश्वसमक्ष भव्य, विशेष र उत्कृष्ट शीतकालीन ओलम्पिक आयोजना गर्नेमा बलियो विश्वास र समर्थन व्यक्त गरे । आफ्नो मन्तव्यमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेइचिङ शीतकालीन ओलम्पिकको स्वागत गर्दै विभिन्न देशका खेलाडीहरूबीचको एकताले ओलम्पिक भावनाको प्रवद्र्धन गर्नुका साथै मित्रवत् सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे ।
संरा अमेरिकाको नेतृत्वमा भएको बहिष्कारले खेलकुद क्षेत्रमा संसारकै नेतृत्वदायी स्थानमा रहेको चीनको छविलाई धमिल्याउने लक्ष्य रहेको छ । साथै पेइचिङको शीतकालीन ओलम्पिक असफल बनाउने पनि उसको लक्ष्य देखिन्छ । शीतकालीन ओलम्पिक नजिकिएसँगै बाइडेन सरकारले विभिन्न तरिका अपनाएर शीतकालीन ओलम्पिकको भव्यतालाई प्रभावित बनाउने प्रयास गरिरहेको छ । उसले आफ्नो कोही पनि सरकारी अधिकारी ओलम्पिकमा नपठाउने र चिनियाँ विमानसेवालाई अमेरिकामा उडान भर्न नदिने जस्ता ओलम्पिकलाई प्रभावित बनाउने काम गर्दै आएको छ । यस्ता कामले ओलम्पिकको भावना र सिद्धान्तमा क्षति पु¥याएको छ । अन्तर्राष्ट्रिय समुदायमा एकता र सहकार्यको वातावरणलाई बिथोलेको छ ।
ओलम्पिक खेलकुद विभिन्न देशका भिन्न भिन्न सामाजिक, आर्थिक, राजनीतिक विचारधाराका खेलाडीबीच स्वच्छ प्रतिस्पर्धा गर्ने डबली हो । यो मानवजातिको एकता र मित्रताको प्रतीक हो । यो संरा अमेरिकी नेताहरूले खेलकुदमा राजनीति गर्ने कुनै थलो होइन । दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली देशहरूले जसरी पेइचिङ शीतकालीन ओलम्पिकको संरा अमेरिकी कूटनीतिक बहिष्कारको विरोध गरे त्यसले खेलकुदमा सहकार्य र चीनसँग ऐक्यबद्धताको साझा भावनालाई उजागर गरेको छ ।
पेइचिङ ओलम्पिकले आफ्नो शीर्ष गीत ‘साझा भविष्यको लागि एकता’ ले दिन खोजेको सन्देशलाई संसारभर प्रतिध्वनित गरी आपसी सहकार्य, मित्रता र विश्व शान्ति प्रवद्र्धन गर्दै संसारलाई एकताबद्ध गर्ने कोशेढुङ्गा हुने आशा गर्न सकिन्छ ।

(लेखक भारतीय लेखक हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *