भर्खरै :

नगरप्रमुख सोध्छन्, ‘स्मार्ट सिटीको अर्थ के हो ?’

काठमाडौ, ८ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरकोट सडक निर्माणको क्रममा ठेकेदारले भक्तपुरबासीले प्रयोग गर्दै आएको खानेपानीको स्रोतमा माटो थुपारी जनताको स्वास्थ्यमाथि खेलवाड गरेको हुँदा मानवताविरोधी अपराधमा कार्वाही गर्नुपर्ने बताउनुभयो ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आयोजनामा सडक आयोजनाहरूको वित्तीय र भौतिक अवस्था, सुरूको लागतअनुमान, सम्पन्न अवधिलगायत विषयमा भएको छलफलमा प्रमुख प्रजापतिले सडक चौडा गर्ने नाममा पुराना नगरभित्रका घरहरू जथाभावी भत्काउँदा त्यहाँ रहेका ऐतिहासिक र पुरातात्विक महत्वका पाटी पौवा, ढु·ेधारा, पोखरीलगायत समाप्त हुने हुँदा त्यस्ता ठाउँहरूको लागि वैकल्पिक सडक निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको पैसा उठाउँछ तर पिउन अयोग्य पानी वितरण गर्छ । सबै कुरा सार्वजनिक भइरहँदा सरकार के हेरेर बसेको छ ?’
‘स्मार्ट सिटीको अर्थ के हो ? अपराधमा वृद्धि, खानेपानीको हाहाकार, ढल जाम, सडक जाम, भताभु· सडक के यही हो स्मार्ट सिटी ?’ उहाँले प्रश्न गर्नुभयो ।
भक्तपुर नगरपालिकाले सात वटा कलेज सञ्चालन गरेर जनताको सेवा गरिरहेको स्पष्ट पार्दै ख्वप विश्वविद्यालय विधेयक छिटो पारित गर्न आग्रह गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका सडकहरू पानीपर्दा हिलाम्मे र घाम लाग्दाधुलाम्मेको स्थिति रहेको बताउँदै त्यो स्थिति शिघ्र अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा साँसद धनराज गुरूङले खानेपानीका सचिवले बोलेको कुराप्रति आपत्ति जनाउँदै त्यस्ता गैरजिम्मेवार सचिवहरूले नै देश बिगारिरहेको आरोप लगाउनुभयो । (खानेपानी सचिव रामचन्द्र देवकोटाले नरम चटान र बर्षातको कारण मेलम्चीको आयोजना समयमा पूरा हुननसक्ने जानकारी दिनु भएको थियो)
उहाँले स्थानीय तहलाई संविधानले धेरै अधिकार दिएको हुँदा नगरपालिकाहरूले आफैं कानुन निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद राजेन्द्र केसीले प्रधानमान्त्रीले १५ दिनभित्र उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि पांगो माटो राखेर खाल्डो पुर्ने काम भइरहेकोप्रति गम्भीर हुनु पर्ने बताउनुभयो ।
सांसद उषा गुरूङले जनप्रनिधिहरूसँग समन्वय गरेर सुन्दर सहर निर्माण गर्न मन्त्रालयहरूल अघि बढ्नुपर्छ भन्नुभयो ।
सांसदहरू रूपा महर्जन, हरि नेपाली, विकास लम्साल, हरिशरण साह, भरत साह, देवकरण प्रसादकलवारले पनि सडकको दुरावस्थाबारे सम्बन्धित सचिवहरूको आलोचना गर्नुभएको थियो ।
बैठकमा नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतम, काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुख भाइकाजी तिवारी, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव दिनेश थपलिया, शहरी विकास सचिव दिपेन्द्रनाथ शर्मा, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले पनि बोल्नुभएको थियो ।
व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले काठमाडांै, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुखहरूलाई आमन्त्रण गरेर सडकको स्थिति, सडक समयमा सम्पन्न हुन नसक्नाको कारण र भावी कार्ययोजनाहरूको बारेमा छलफल गरेको थियो ।
बैठकमा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतलाई आमन्त्रण गरिएको थियो । बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्त्ने उपस्थित हुनु भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *