नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था (सीआईए) ले हालै विनम्रताको औषधी सेवन गरेको छ । त्यसैले त केही वर्षदेखि क्युवालाई बदनाम गर्न र ६ दशकपछि जोडिएको क्युवासितको कूटनीतिक सम्बन्ध पुनः तोड्न क्युवाको षड्यन्त्र भनी निकै जोडतोडले प्रचार गरिएको ‘हवाना सिन्ड्रोम’ लाई अहिले एउटा रहस्यमय रोगको रूपमा स्वीकार गरेको छ । सीआईएले ‘हवाना सिन्ड्रोम’ लाई रहस्यमय रोगमध्ये एक रहेको र त्यो वातावरणीय कारणहरूले वा पत्ता नलागेको कुनै स्वास्थ्य अवस्थाले वा तनावको कारणले उत्पन्न भएको हुनुपर्छ भनेको छ ।
सीआर्ईएको यो सबैभन्दा पछिल्लो धारणाले त्यसको ‘विदेशी शक्तिको गम्भीर भूमिकाको’ पूर्वधारणालाई गलतसिद्ध गरेको छ । यो पछिल्लो धारणा अमेरिकी सरकारले उक्त विषयमाथि अनुसन्धान गर्न विज्ञान, इन्जिनियरिङ र चिकित्साका राष्ट्रिय प्रतिष्ठानहरू सम्मिलित एउटा वैज्ञानिक टोलीले विस्तृत अध्ययनपश्चात् एक वर्षभन्दा अगाडि नै पत्ता लगाएको तथ्य हो ।
सन् २०१६ देखि क्युवाको राजधानी हवानास्थित अमेरिकी राजदूतावासमा काम गर्ने कूटनीतिज्ञहरूले अनुभव गरेको र ‘लक्षित रेडियो फ्रिक्वेन्सी’ को रूपमा आरोप लगाइएको तथा विश्वको चासो रहेको विषयलाई असत्य साबित गरी उक्त वैज्ञानिक टोलीले रोगको अरू नै कारण रहेको हुनसक्ने औँल्याएको थियो । ‘हवाना सिन्ड्रोम’ शताब्दीऔँ लामो अमेरिकी झूटको पछिल्लो शृङ्खला साबित भएको छ । यसलाई अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पियोले पनि हालै लाजै नमानी स्वीकार गर्दै भनेका छन्– “त्यतिबेला म नै सीआईएको निर्देशक थिएँ । हामीले झूट बोल्यौँ, हामीले ठगी ग¥यौँ र हामीले चोरी पनि ग¥यौँ । हामीसित यसको पूरै क्रियाकलापको तालिमको कोर्स हुन्छ । यसले तपाईँलाई अमेरिकी प्रयोगको गौरव स्मरण गराउँछ ।”
केही समयअगाडिसम्म अमेरिकी सरकार तथ्यलाई बेवास्ता गर्दै झूटलाई बढावा दिँदै अर्को देशहरूको बदनाम गर्न र ती देशमाथि दमन गर्न तम्तयार थियो वा आफूले गरेको हिंसा र विध्वंसलाई त्यसैले न्यायोचित ठहर गर्न र ढाकछोप गर्न लागिपरेको थियो ।
भ्रमपिपासु देश संरा अमेरिकाका कर्तुतहरू यस्ता पनि थिए ः इराकमा केही टेस्टट्युबहरूमा लुगा धुने डिटर्जेन्ट पाउडर भरियो र तिनैलाई ‘आमनरसंहारको हतियार’ का प्रमाणका रूपमा पेश गरियो । चीनको सिन्च्याङमा बृहत्रूपमा यान्त्रीकरण गरिएका कपास खेतीमा बँधुवा मजदुरको प्रयोग भएको भनेर बदनाम गरियो र ठूलो सङ्ख्याका अन्तर्राष्ट्रिय कम्पनीहरू त्यस दुष्प्रचार र दमनको सिकार भए । ‘अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने’ शङ्कामा कैयौँ कम्पनीहरूलाई बदनाम गरियो । शीतयुद्धका दिनहरूमा संरा अमेरिकाले पश्चिम युरोपमाथि सोभियत सङ्घले आक्रमण गर्ने आधारहीन हल्ला गर्ने गथ्र्यो र आज पनि त्यही ट्रयुम्यान डक्ट्रिनलाई बेला बेलामा प्रयोग गरिरहन्छ ।
यथार्थमा वासिङ्टनले झूटको खेती जताततै गरिरहेको पाइन्छ । त्यसले सिरियामाथि सैनिक हस्तक्षेप गर्ने निहुँ निकाल्नको लागि सेतो हेल्मेट लगाएका सेना ‘ह्वाइट हेल्मेट’ ले नागरिकहरूमाथि हवाई हमला गरेको र रासायनिक हतियार प्रयोग गरेको झूटो भिडियो बनाएको थियो । त्यसले खुलारूपमा हङकङका दङ्गाकारीहरूको पक्ष लिएको छ, त्यहाँको व्यापारको वातावरणलाई बदनाम गरेको छ र हङकङको समस्या बढाउनका लागि निरन्तर चाल चलिरहेको छ ।
तथ्यलाई तोडमरोड र निर्दोषहरूमाथि दोषारोपन गर्दै कसरी तथ्यमा आधारित समाचारहरूलाई गुप्तचरी कथामा बदल्ने भन्नेमा संरा अमेरिकी सञ्चारमाध्यमहरू तड्कारो उदाहरण बनेका छन् । संरा अमेरिकी सरकार र त्यसका स्वार्थ समूहहरूले सूचनाको छनोट गरेर तथा जनमतको ध्रुवीकरण गरेर कसरी जनमतमाथि आफ्नो प्रभाव छोड्छन् र आकार दिन्छन् भनी जर्मन लेखक माइकल ल्युडर्सले हालै आफ्नो पुस्तक ‘द हाइपोक्रिटिकल सुपरपावर’ मा खुलासा गरेका छन् ।
जसले आफ्नो गल्तीमा आँखा चिम्लन्छ, यसले आफैमाथि दोषारोपन गरिरहेको हुन्छ । जब संरा अमेरिकी सरकारले आधारहीन तवरले चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभलाई लिएर चीनले आफ्ना साझेदार देशहरूलाई ऋणको पासोमा पारिरहेको हल्ला फिजायो, वास्तवमा संरा अमेरिका स्वयम् नै अन्तर्राष्ट्रिय ऋण समस्याको सबैभन्दा ठूलो उत्पादक हो भनी खुलासा भयो । जब त्यसले पेइचिङलाई विश्व डिजिटल सुरक्षाको लागि खतराका रूपमा बदनाम गर्न खोज्यो, यथार्थमा कसैको कुराको सुनुवाइ नगरी संरा अमेरिका स्वयम् नै डिजिटल प्रभुत्व कायम गर्न निरन्तररूपमा लागिरहेको देश हो भनी खुलस्त भयो । विडम्बनाको कुरा आफ्नो आमनरसंहार र चरम मानवअधिकार उल्लङ्घनको विगत बोकेर, आफ्नै देशका आदिवासी रेड इन्डियनहरूको षड्यन्त्रमूलक हत्याको इतिहास लिएर अहिले ऊ सिन्च्याङमा ‘नरसंहार’ को झूटो कथा सुनाउँदै हिँडेको छ । सिन्च्याङको भ्रमण गरेका र सिन्च्याङका बासिन्दालाई राम्ररी नै अवगत छ, चीन सरकार र सिन्च्याङ स्वशासित प्रदेशको जनसरकारले सिन्च्याङका जनताको उन्नति र प्रगति तथा मानवअधिकारको प्रत्याभूतिका लागि कति धेरै काम गरिरहेको छ । तर, सत्य कुरा अन्तमा बाहिर आउने नै गर्छ । हवाना सिन्ड्रोमको कथा अमेरिकी सरकारले आफ्नो स्वार्थ सिद्ध गर्न झूटैझूटले भरिएको आफ्नो खेलको किताबबाट निकालेको अर्को पुरानो चालको पुनरावृत्ति मात्र हो भनी पुष्टि भएको छ । यदि अमेरिकी सरकारले इमानदारीपूर्वक आफ्नो आत्मनिरीक्षण नगरी यसरी झूट बोल्दै रहने हो भने एक दिन त्यसको विश्वसनीयता पूर्णतः समाप्त हुनेछ ।
अनुवाद :- प्रकाश
Leave a Reply