भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, २६ माघ (रासस) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरू भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसईईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसईई परीक्षा चैत महिनामा हुँदै आएकोमा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समत्र्न्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षाको तालिका बिहीबार बोर्डले सार्वजनिक गर्ने भएको छ ।
Leave a Reply