युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
लखनउ, १० फेब्रुअरी । भारतको उत्तर प्रदेशमा प्रदेशसभाको लागि चुनाव बिहीबारबाट सुरू भएको छ । बिहीबार बिहान ७ बजेबाट मतदान कार्य सुरू भएको थियो । बिहीबार साँझ ५ बजेसम्म ५८ स्थानको लागि भएको पहिलो चरणको चुनावमा जम्मा ५७.७९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ६ बजेसम्म चालु थियो ।
बिहीबार उत्तर प्रदेशको पश्चिमी एघार जिल्लाहरू मुजफ्फपुर, मेरूत, बाघपत, गाजियाबाद, शाल्मी, हपुर, गौतमबुद्ध नगर, बुलन्दशर, अलिगढ, आग्रा र मथुरामा चुनाव भएको थियो ।
समाजवादी दलका नेता अखिलेश यादवले निर्वाचन आयोगलाई विद्युत्तीय मतदान उपकरणले प्रभावकारीरूपमा काम नगरेको र मतदानमा विलम्ब भएका स्थानमा आवश्यक सुधार गर्न माग गरेका थिए ।
“चुस्त र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु निर्वाचन आयोगको सबभन्दा ठूलो जिम्मेवारी हो”, उनले भने ।
राष्ट्रिय लोक दलका जयन्त सिंह चौधरीले पनि विद्युत्तीय मतदान उपकरणले राम्ररी काम नगरेको धेरै गुनासो आएको बताए । “युवा र किसानहरूले मतदान उपकरणमा बल प्रयोग गरेर दबाए जस्तो छ”, उनले भने । अतिरिक्त प्रमुख निर्वाचन आयुक्त बीडी राम तिवारीले कमजोरी देखिएका उपकरण हटाइएको र मतदान शान्तिपूर्ण चलिरहेको बताए ।
पहिलो चरणको निर्वाचनमा ६२३ जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ । यो चरणको निर्वाचनमा २ करोड २८ लाख मतदाताले मताधिकार पाएका छन् ।
जाट समुदायको बलियो प्रभाव रहेको पश्चिमी उत्तर प्रदेश भारत सरकारले लागु गरेका तीन वटा कृषि कानुनको विरोधमा आयोजित किसानहरूको आन्दोलनको केन्द्र बनेको थियो । किसान आन्दोलनको कारण ती कानुन सरकारले फिर्ता लिनुपरेको थियो । किसान आन्दोलनका नेताहरूले चुनावमा भारतीय जनता पार्टीको विपक्षमा मतदान गर्न आह्वान गरेका छन् । सो क्षेत्रका उखु किसानहरूले पनि उनीहरूले पाउनुपर्ने रकमको भुक्तानीको विषयमा असन्तोष व्यक्त गर्दै आएका छन् । उनीहरूले विद्युत्को मूल्य बढाएकोमा पनि विरोध जनाएका छन् ।
सन् २०१७ को निर्वाचनमा उत्तर प्रदेशमा भारतीय जनता पार्टीले कुल ५८ स्थानमा ५३ वटा स्थानमा जीत हासिल गरेको थियो ।
Leave a Reply