राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
(सबै अगेना वरिपरि बस्छन्)
पिता : बस्नु नै छ भने बेकाम किन बस्ने,
मनले गुन्नुपर्छ के काम हो गर्ने,
बिना काम कहिल्यै हामी बस्नु हुन्न,
हातमा काम खाली गर्नु हुन्न ।
(छोरालाई हेर्दै)
लौ पुत्र, तिमी काम गर्न जाऊ !
बस्तुलाई ख्वाउन घाँस काटी ल्याऊ !
अर्को भाइ आऊ, अगेनामा जाऊ
बस्तुलाई अहिले कुँडो पकाऊ !
म पनि गई भकारो सोहोरुँला,
बस्तुको विश्वासमा दूध नि दुहुँला !
ठूलो भाइ आऊ, पँधेरा जाऊ
गाग्रो बोकेर पानी भरी ल्याऊ ।
बुढी आमा : बाबूहरूले किन दुःख गर्ने ?
आरामसाथ अहिले घरभित्रै बस्ने !
घरका कामहरू हामी आफै गर्छौँ
यात्रीलाई दुःख हामी गर्न दिन्नौँ !
पुत्र : दुःख होइन आमा, सहयोग मात्र गर्छौँ !
जता गए नि हामी यसैगरी काम गर्छौँ,
नछेक्नू आमा, काम गर्न दिनुस्
आमा र भाउजू ढुक्क भई बस्नुस् !
बुढी आमा : पर्खनू बाबू, कोही कतै नजानू !
विगतका घटना सबैले सुन्नू !
(सबै जना ध्यान दिएर सुन्छन्)
एकजना यात्री पहिले नि आ’थ्यो,
जवानीमा आई बुढो भै फक्र्याथ्यो,
त्यो यात्रीले गर्दा आँखा हाम्रो खुल्यो,
न आएको भए ‘अन्धो’ आँखा हुन्थ्यो ।
त्यो यात्री ज्यादै जाती मान्छे रहेछ,
कोदालो चलाई खेत नि खन्थ्यो,
खल्ती भरि बिउविजन ल्याउँथ्यो,
नदेखेको कहिल्यै, सागसब्जी उमाथ्र्यो !
यो गाउँमा पहिले पाठशाला थिएन,
पढ्नुपर्छ भन्ने ज्ञान नि आएन,
त्यो यात्रीले यहाँ सबैलाई पढायो,
सम्झाई बुझाई साक्षर बनायो !
त्यो यात्रीको कामले ठालु अति रिसायो,
जाली मुद्दा लगाई तर्साउन खोज्यो,
एकदिन गाउँमा प्रहरी जत्था आयो,
यात्रीलाई त्यसले पाता फर्काई लग्योे !
गाउँलेहरू सबै रुन कराउन थाले,
मुटुविहीन प्रहरी अति नै रिसायो,
गाउँलेको टाउकोमा लाठी बर्साइयो,
महिला र पुरुष धेरैलाई घाइते बनाइयो ।
सरकार हाम्रो विवेकहीन रहेछ,
बिना दोष मान्छे पक्रँदो रहेछ,
ज्ञान दिने यात्री दुर्जन भएछ,
दुःख दिने ठालु सज्जन कहलिएछ ।
विगतका घटना आँखाअगाडि नाचे,
त्यही यात्रीको अनुहार सबैमा देखेँ,
अति नै छ हर्षित आज हाम्रो मन,
हलुङ्गो छ अति आज हाम्रो तन !
मायाको खानीमा हामी पनि आऔँला,
दुःख सुख सबै मिलेरै काटौँला,
मनको कुरा यो सबैले बुझ्नू,
एउटै परिवार हो सँगसँगै बस्नू !
पिता : आमाको भावना आज मैले बुझेँ,
अति मार्मिक घटना राम्ररी सुनेँ,
गरिब छौँ हामी तर इमानमा बस्छौँ,
दुष्टको विरोधमा आवाज नि निकाल्छौँ !
बुढी आमा : धन्य, धन्य यात्री धन्य धन्य छौ !
एउटै कोखका सन्तानसरि हौ !
गरिबका घाउ राम्ररी बुझ्दारहेछन् ।
कमलो रहेछ मन, चित्त दुखाउँदा रहेछन् !
कथा त धेरै सुनाउनु छ बाँकी,
तैपनि आज राख्छु अलि थाँती,
ठालुको मान्छे यहाँ जासुसी गर्छ,
सबैलाई यहाँ तर्साउन खोज्छ ।
त्यो जासुस पहिले यात्रा धेरै गथ्र्यो,
मायाको खानीमा जान्छु पनि भन्थ्यो,
एकदिन उसले गुलियो विष खायो,
मान्छेको रूप उसले चाँडै नै फे¥यो !
पारी गाउँको गरिब त्यो हो,
आफूलाई नचिन्ने मान्छे त्यो हो,
ठालुको स्वार्थमा नाच्दै हिँड्ने
अप्ठ्यारोमा फलेको फर्सी त्यो हो ।
बाबूहरू यहाँ चनाखो भई बस्नू !
जीउभरि आँखा फिजाएर राख्नू !
मायाको खानीमा जाने यात्रीलाई
जालमा पार्ला उसले, होसियार हुनू !
(आदेशानुसार सबै आ–आफ्नो काममा लाग्छन् )
Leave a Reply