भर्खरै :

आधारहीन रिपोर्ट पटक पटक दोहा¥याउँदै बीबीसी

पेइचिङ, २९ माघ (सीआरआईं) । सम्पूर्ण विश्वले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदमा नजर पु¥याइरहेको बेला बेलायती सञ्चारमाध्यम बीबीसीले भने फेब्रुअरी ८ मा प्रकाशित एउटा रिपोर्टमा चीन–नेपाल ‘सीमा समस्या’बारे पटक–पटक उल्लेख गरेको छ ।
नेपाल सरकारबाट ‘चुहिएको एक प्रतिवेदन’ मा चीनले नेपालको भूभाग कब्जा गरेको दाबी गरिएको कुरा बीबीसीको सो रिपोर्टमा जनाइएको छ । यो नै नेपाल सरकारले नेपालमा चीनले गरेको गतिविधिको पहिलो औपचारिक निन्दा हो भन्ने कुरा पनि रिपोर्टमा उल्लेख छ ।
धेरै समयअघि नै कथित नेपाली भूभाग चीनले लिएको समस्याबारे चीन तथा नेपाल दुवै सरकारका सम्बद्ध विभागले धेरै पटक औपचारिकरूपमा स्पष्ट पारिसकेका छन् । नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारको तर्फबाट स्पष्टसँग प्रकाश पारिसक्नुभएको छ, नेपाल र चीनबीच ‘भूभागसम्बन्धी मतभेद’ विद्यमान छैन । सन् २०२० मा चीन र नेपालको सीमामा गरिएको संयुक्त सीमा परीक्षण कार्यक्रममा समस्या भेटिएको थिएन । नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले भन्नुभएको छ, गत शताब्दीको ६० दशकमा चीन र नेपाल दुवै देशले मैत्रीपूर्ण बहसमार्फत सीमा समस्याको समाधान गरिसकेका छन् र कुनै मतभेद पनि छैन । दुई देशका सीमावर्ती बासिन्दाहरूबीच पनि मैत्रीपूर्ण आदानप्रदान भइरहेको छ । केही सञ्चारमाध्यम वा सङ्गठनले पटकपटक ‘चीनले नेपालको भूभागको कब्जा गरेको’ विषयलाई प्रचारप्रसार गर्ने गरेका छन् ।
गत सेप्टेम्बर ४ मा नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीनबीच कुनै पनि क्षेत्रीय विवाद नभएको बताउनुभएको थियो ।
‘चीन–नेपाल सीमा समस्या’ बारे धेरै पटक स्पष्ट पारिएको छ । तर, लगभग ५ महिनापछि किन बीबीसीले यो विषयबारे फेरि प्रसारण गरेको हो ?
नेपालमा कुनै विषयबारे चर्को बहस हुँदा ‘चीनले सीमा उल्लङ्घन गरेको’ आवाज उठाइन्छ । अमेरिकासँगको एमसीसी सम्झौताबारे बहस हुँदा ‘सीमा मामिला’ फेरि उठाइएको छ । सर्वसाधारणले यी मिडियाहरूको ‘राजनीतिक उपकरण’ को पहिचानबारे स्पष्टरूपमा बुझ्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *