भर्खरै :

एमसीसीमा नयाँ प्रमको पासो

काठमाडौँ, २९ माघ । नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा शुक्रबार ‘भारतीय र चिनियाँ कम्युनिस्ट नेता’ को जीवनी अध्ययन गोष्ठी कार्यक्रम अनलाइनमार्फत भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देशघाती एमसीसी सम्झौता पारित गर्न गठबन्धनभित्र प्रधानमन्त्री बन्ने बार्गेनिङको चर्चा चलेको बताउनुभयो । अमेरिकी विदेशमन्त्री डोनाल्ड लुले गठबन्धनका देउवा, प्रचण्ड र प्रतिपक्षी ओलीलाई फोनमार्फत फागुन १६ गतेभित्र पारित नगरेमा अन्य देशमा योजना लगिने धम्की र पालैपालो प्रमसमेतको ललिपप देखाएको सुवालले खुलासा गर्नुभयो ।
एमसीसी सम्झौता गरी देशघात गर्ने प्रम र नेताहरूलाई एक दिन जनताले कारबाही गर्नेछन्, उहाँले भन्नुभयो । जनताको ठूलो विरोधकै कारण एमसीसी संसद्मा टेबल गर्न नसकेको र पटक –पटक स्थगित भएको हो, जनविरोध हुँदाहँुदै विश्वासघातीहरूले कुनै पनि बेला संसद्मा पेश गर्नसक्ने भएकाले सबै जनता र कार्यकर्ताहरू सचेत हुनुपर्छ र आन्दोलन गर्न तयार हुनुपर्छ, उहाँले बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल, जिल्ला समितिका हरिशरण श्रेष्ठ, श्यामकुमार महर्जन, रमेश डंगोल, मुना तामाङ, विश्वक डंगोललगायतले ‘भारतीय र चिनियाँ कम्युनिस्ट नेता’ को जीवनीबारे आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *