रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काराकस, १३ फेब्रुअरी । भेनेजुयलाको राजधानी काराकसमा शनिबार राष्ट्रपति निकोलस माडुरोको समर्थनमा विशाल प्रदर्शन भएको छ । माडुरोको समर्थनमा विशाल प्रदर्शन हुँदै गर्दा अर्कोतिर सानो सङ्ख्यामा मानिसहरूले सरकारविरोधी प्रदर्शन गरिरहेका थिए ।
हजारौँ सङ्ख्यामा चाभेजवादीहरू ड्रम र साल्सा बजाउँदै काराकसमा चौध किलोमिटर पदयात्रा गरेका थिए । ल्याटिन अमेरिकी वामपन्थी नेता ह्युगो चाभेजका समर्थकहरूलाई चाभेजवादी भन्ने गरिएको छ ।
विश्व युवा दिवसको सन्दर्भमा आयोजित प्रदर्शनमा देशभरबाट सबै उमेर समूहका मानिस राजधानी काराकसमा भेला भएका थिए ।
“साहसिला युवाहरू आफ्ना सपना पछ्याइरहेका छन् र गृहभूमिको लागि लडाइँ चालु राखेका छन्”, २६ वर्षका मारिया अमातिमाले भनिन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति माडुरोलाई ठूलो उल्लास र करतल तालीका साथ स्वागत गरेका थिए । प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने, “म तपाईं युवाहरूलाई भ्रष्टाचार र कर्मचारीतन्त्रविरुद्ध लड्न मलाई साथ दिन आह्वान गर्न चाहन्छु ।… आज म सहयोगको हात फैलाउन आएको छु ।”
सन् २०१८ मा भएको राष्ट्रपति निर्वाचनमा माडुरो दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । सो चुनाव विपक्षी दलले बहिष्कार गरेको थियो । विपक्ष दललाई समर्थन गर्दै आएका केही देशहरूले सो निर्वाचनको परिणामलाई मान्यता दिएका छैनन् ।
शनिबार विपक्षीले आयोजना गरेको प्रदर्शनमा भने झन्डै ५ सय मानिसको सहभागिता थियो । विपक्षीहरूको प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता ह्वान ग्वाइडोले गरेका थिए ।
Leave a Reply