रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, १३ फेब्रुअरी (सिन्ह्वा) । पेइचिङमा शीतकालीन ओलम्पिक चलिरहेको समय हिम वर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चिसोको सामना गर्नुपरेको छ ।
पेइचिङ मौसम विज्ञान पूर्वानुमान शाखाले पेइचिङमा आइतबार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र सहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवासमेत प्रभावित बनेको छ ।
पेइचिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबार बिहान सबेरै भारी हिउँको वर्षासँगै ब्यँुझिए भने हिमवर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।
सोमबार ५ः०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर, सोमबार ३ः०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने पेइचिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताउनुभयो ।
सोमबार दिनभरजसो सहरका केही स्थानमा तापक्रम–२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम–६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ ।
हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।
विशेषगरी सन् २०२२ को पेइचिङ शीतकालीन ओलम्पिकको लागि आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।
भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ ।
Leave a Reply