भर्खरै :

समाजवादीहरू वर्गीय मुक्तिको निम्ति लड्छन्

साम्राज्यवादीहरूले ‘स्वतन्त्रता’ र मानव अधिकारको हवाला दिँदै प्रजातान्त्रिक कुरा गर्नु छलबाहेक केही होइन । साम्राज्यवादी देशमा सच्चा स्वतन्त्रता र सच्चा प्रजातन्त्र सम्भव छैन । साम्राज्यवादी शासकहरू मानिसलाई पैसाका दास सम्झन्छन् । पुँजीवादी देशमा व्याप्त भ्रष्टाचार, हत्या–हिंसाका श्रृङ्खला साम्राज्यवादीहरूले अवलम्बन गरेको जनविरोधी, प्रजातन्त्रविरोधी राजनीतिको नतिजा हो । साम्राज्यवादी मुलुकमा सीमित व्यक्तिहरूले राज्यको शासनमात्र होइन उत्पादनका साधन आफ्नो हातमा लिएका हुन्छन् । साम्राज्यवादी शासकहरूको उद्देश्य अरु देशमा आक्रमण गरेर ध्वस्त पार्नु हो, देश–देशबीच झगडा गरेर हतियार बेच्नु हो र अरुलाई कमजोर पारी संसारका मुलुकलाई आफ्नो मातहतमा राख्नु हो ।
साम्राज्यवादी देश जहिले पनि समाजवादविरोधी गतिविधिमात्र गर्दैन, समाजवादी सिद्धान्त र विचारबारे भ्रम फैलाउँछ र समाजवादी देशको प्रगति रोक्न नाकाबन्दी गर्छ, विकासमा बाधा पु¥याउँछ र पु¥याइरहेको छ । अमेरिकाले चीनको विरोध त्यसै गरेको होइन । चीनले अमेरिकाले भन्दा बढी विकास गरेको छ । बढी जनताको सेवा गरेको छ र आफ्नो देशको झैँ अरु देशको विकासमा सघाइरहेको छ । साम्राज्यवादी देश अमेरिकाको हैकम अहिले पनि दर्जनभन्दा बढी देशमा चलिरहेको छ । साम्राज्यवादी र पुँजीवादी देशका शासकहरू समाजवादी देशमा ‘समाजवादको सङ्कट’ भनी झूट फलाक्छन् । वास्तवमा साम्राज्यवादी देशहरू नै अहिले सङ्कटमा छन्, साम्राज्यवादी देशले कहिले पनि जनताको भाग्य निर्माण गर्नसक्दैन । साम्राज्यवादी देशहरूको आक्रमणकारी शैलीको कारण अमेरिकाको संसारमा बदनाम हुँदै छ, आयु घट्दै छ । रुसमा भएको महान् अक्टोबर समाजवादी क्रान्ति भएदेखि संसारमा समाजवादी सिद्धान्त, विचार र गतिविधि बढेको हो, त्यो विचार फैलिएको हो । समाजवादी देशहरू सबै प्रकारका आक्रमण र विदेशी हस्तक्षेपको विरोध गर्छन्, साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद र जातिवादको विरोध गर्छन् । समाजवादी देशहरू आफ्नो स्वाधीनता र सार्वभौमसत्ता रक्षाको निम्ति लड्छन्, राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिको निम्ति लड्छन् । साम्राज्यवादीहरूको युद्धनीति र आक्रमणको विरोध नगरिकन, अन्त्य नगरिकन संसारका जनताले सन्तोषको सास फेर्न पाउने छैनन्, समाजवादको झन्डा फरफराउन पाउने छैनन् ।
समाजवादी देशले संसारमा भइरहेको स्वाधीनताको सङ्घर्षको समर्थन गर्छ । यो विश्वका न्यायप्रेमी जनताको चाहना पनि हो । संसारका सबै मुलुकमा स्वाधीनता र सार्वभौमसत्ताको निम्ति विश्वका समाजवादी, प्रगतिशील र देशभक्त मुलुक र जनता मिल्नुपर्छ, मिलेर साम्राज्यवादविरुद्ध लड्नुपर्छ । आज त्यही साम्राज्यवादी देश अमेरिका नेपालमा छिर्ने बाटो खोजिरहेको छ । बाटो पाउन सडक र ऊर्जामा सहयोग गर्ने लोभ देखाउँदै छ । पुँजीवाद, विस्तारवाद र साम्राज्यवादको अन्धभक्त नेपाली काङ्ग्रेस त्यो लोभमा फस्दै छ र एमसीसी पारित गर्न पूर्वाभ्यासमा जोडतोड गर्दै छ । साम्राज्यवादी देश अमेरिकालाई नेपाल छिर्न दिनु हुँदैन, छिर्न नदिन नेपाल सरकारले तातेको दिमागलाई ठन्डा पारेर एमसीसी सम्झौता खारेज गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *