भर्खरै :

ग्लोबल टाइम्सको आजसम्मकै सबभन्दा कडा सम्पादकीय–भारत फिर्ता नभए खतरा

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत दोभाल यो साता ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको वार्षिक बैठकमा सहभागी बन्न चीन जाँदैछन् । दोभाललाई चिनियाँ र भारतीय सेनाबीच हालको सिमाना तनाव पछाडिका प्रमुख योजनाकारमध्येका एक भएको विश्वास गरिएकाले उनको चीन भ्रमणलाई भारतीय मिडियाहरु चालु विवाद समाधान गर्न केही आशाको आँखाले हेरिरहेका छन् ।

चीनको कुल ग्रार्हस्थ उत्पादन भारतको भन्दा पाँच गुणाले बढी छ र चीनको रक्षा बजेट भारतको भन्दा चार गुणाले बढी छ । तर हाम्रो शक्तिको स्रोत यो मात्र भने होइन । सत्य चीनको पक्षमा छ र नयाँ दिल्लीले निशर्त रुपमा आफ्नो सेना फिर्ता गर्न बेइजिङले राखेको शर्त सही र दृढ छ । 

बेइजिङले चिनियाँ भूभागबाट भारतले आफ्नो सेना फिर्ता गर्नुपर्नेलाई दुई पक्षबीचको कुनै सार्थक वार्ताको पूर्वशर्त र आधार मानेको छ र यसमा ऊ तसको मस भएको छैन । चिनियाँ भूमिबाट निशर्त भारतीय सेनाबाट फिर्ता नगरुञ्जेलसम्म चिनियाँ पक्षले भारतसँग वार्ता गर्नेछैन । नयाँ दिल्ली कुनै भ्रममा बस्न जरुरी छैन र दोभालको बेइजिङ भ्रमण भारतको चाहनाबमोजिम तनाव समाधान गर्ने अवसर पक्कै बन्नेछैन ।
ब्रिक्सका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक ब्रिक्सको सम्मेलनको तयारीका लागि हुने नियमित बैठक हो र यो चीन–भारतबीचका सिमाना समस्याको विषय सम्बोधन गर्ने दबु होइन ।
यदि सिमाना विवादको विषयमा दोभालले मोलमोलाई गर्न प्रयास गरे उनी पक्कै निराश बन्नेछन् । भारत निशर्त फिर्ता हुनु नै चीनको बटमलाइन हो । भारतीय सेनालाई फिर्ता हुन गरेको आग्रहसँगै चीन सरकारको बलियो इच्छाशक्ति पछाडि एक इन्च चिनियाँ भूमि पनि गुमाउन नचाहने हामी सबै चिनियाँ जनताको साथ समर्थन प्राप्त छ ।
भारतीय मिडियाहरु आफ्नो सेना ‘इज्जतका साथ’ फिर्ता गर्ने उपायको खोजी गरिरहेका छन् । भारतले अन्तर्राष्ट्रिय कानुनहरुको सम्मान गर्दै आफ्नो सेना फिर्ता गर्नुमै उसको इज्जत रहनेछ । बेइजिङले आफ्नो सेना फिर्ता गर्न वा आफूले बनाउँदै गरेको बाटो निर्माण कार्य स्थगित गर्न नयाँ दिल्लीसँग समन्वय गर्न जरुरी छैन ।
सिक्किम क्षेत्रको चीन–भारत सिमाना नाघ्नु भारतको गम्भीर गल्ती हो । उसले यो गल्ती सच्याउन आवश्यक छ । भारतीय सेना फिर्ता हुनुलाई चीनले न त हल्लाबाजीको विषय बनाउनेछ न त आभार नै व्यक्त गर्नेछ ।
नयाँ दिल्ली यस्ता सबै भ्रमबाट बाहिर आउन आवश्यक छ । जनमुक्ति सेना(पीएलए) सिमाना क्षेत्रमा परिचालन भइसकेको छ र यदि भारत स्वविवेकले फिर्ता हुन नमाने जनमुक्ति सेनाले प्रभावकारी प्रतिकारका कार्यबाही गर्नेछ । जनमुक्ति सेनाले त्यस्ता सैनिक कार्यबाही गर्न सक्छ जसको सामना न त भारतीय सेना न त सरकारले नै गर्न सक्नेछ ।
चीनसँग भारतले पूर्ण आकारको सैनिक लडाई लड्ने चाहना पालेको वा दृढ भएकोमा हामीलाई कति पनि विश्वास छैन । तर यदि उसले यो बाटो लिए आफ्नो भूभाग जोगाउन बेइजिङ अन्तिम दमसम्म लड्नेछ । कुनै पनि शक्तिबाट विथोल्न खोजे वा अपहरण गर्न खोजे प्रतिकारमा उत्र्नेछ । त्यसको नयाँ दिल्लीले ठूलो मूल्य चुकाउनुपर्नेछ ।
भारत स्वविवेकमा आफू फिर्ता भए क्षति कम हुनेछ । यदि बेइजिङले प्रतिकारका कार्यबाही गरे नयाँ दिल्ली अझ निस्क्रिय राजनीतिक र सैनिक अवस्थामा कोचिएर बस्न बाध्य हुनेछ । अनि सन् १९६२ यताकै सबभन्दा गम्भीर रणनीतिक हार भोग्नुपर्नेछ ।
चीनको कुल ग्रार्हस्थ उत्पादन भारतको भन्दा पाँच गुणाले बढी छ र चीनको रक्षा बजेट भारतको भन्दा चार गुणाले बढी छ । तर हाम्रो शक्तिको स्रोत यो मात्र भने होइन । सत्य चीनको पक्षमा छ र नयाँ दिल्लीले निशर्त रुपमा आफ्नो सेना फिर्ता गर्न बेइजिङले राखेको शर्त सही र दृढ छ ।
प्रस्तुतिः अनलाइन मजदुर डेक्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *