ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १० साउन । भक्तपुर जिल्ला फूटबल सङ्घले आयोजना गरेको जिल्लाव्यापी विद्यालयस्तरीय छनोट फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरू मङ्गलबार सम्पन्न भएका छन् ।
पहिलो सेमिफाइनल खेलमा भक्तपुर इङ्गलिस स्कूलले देवी माविलाई पराजित गरी फाइनलमा स्थान बनायो । तर, देवी माविले भक्तपुर इ. स्कूलको टिममा नियमविपरीत विद्यालय बाहिरका खेलाडी खेलाएको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्नुपर्ने भनी आयोजकले नतिजा स्थगित गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा बालविकास सेकेण्डरी स्कूलले अक्सफोर्ड प्राक्टिकल स्कूललाई ८–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।
बालिकाका लागि विमल कुटुवजु र नविन रानाले २–२ तथा नविन फुडुङ, मार्विन तामाङ, पोषण श्रेष्ठ र भुपिन परियारले १–१ गोल गरे । फाइनल खेल साउन १२ गते बिहीबार बिहान ८ बजे हुने आयोजकले बताएको छ ।
Leave a Reply