सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, ७ फागुन । अग्रज किसान कार्यकर्ता इन्द्र बासुकलाप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा एक शोक सभाको आयोजना ग¥यो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टीका नयाँ पुस्तालाई पुराना पुस्ताको योगदानबारे जानकारी कम हुँदै गएको उल्लेख गर्दै पुराना किसान सङ्घर्ष र पार्टीको राजनीतिक सङ्घर्षहरूको दस्तावेजीकरण गर्न जरूरी रहेको बताउनुभयो ।
पुरानो पुस्ताले अमेरिकी साम्राज्यवादले कोरिया, भियतनामलगायत विभिन्न देशमा हमला गर्दा त्यसको विरोधमा प्रतिबन्ध हुँदाहुँदै जुलुस प्रदर्शन, कार्टुन प्रदर्शन र पर्चा वितरणलगायत गरेको इतिहास रहेको बताउँदै उहाँले नयाँ पुस्ताले अझ व्यापक ढङ्गले एमसीसीजस्ता अमेरिकी साम्राज्यवादको जालबाट देशलाई जोगाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राजनीतिक चेतनास्तरसँगै जनताको स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुपर्ने बताउँदै उहाँले कामदार जनतालाई स्वस्थ राख्नका लागि पार्टीको निर्वाचन घोषणापत्र र नीति निर्देशनअनुसार ख्वप अस्पताल स्थापना गरेको र त्यसको सेवा विस्तार हुँदै जाने बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष तथा भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले कलेज र विश्वविद्यालयको अध्ययन नभएका पुराना किसान कार्यकर्ताहरूले समाजमा आमूल परिवर्तन ल्याउने ध्येयले जीवन अर्पेर सङ्घर्षमा भाग लिएको बताउनुभयो ।
उहाँले नेमकिपा र नेक्राकिसङ्घको सङ्घर्ष नभएको भए किसानहरू र कामदार जनताको अवस्था आजको स्थितिमा नपुग्ने र शोषक सामन्तहरूले अझै राज गरिराख्ने बताउनुभयो ।
वर्गीय भावना र वर्ग सङ्घर्षको सिद्धान्त कामदार वर्गका जनताले कहिल्यै भुल्न नहुने बताउँदै उहाँले देश र जनताको सेवा गर्ने भावना नभएका पढेलेखेकाहरूले पनि देश र समाजको लागि योगदान गर्न नसक्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं सभापति गंगाराम ज्याख्व, नेमकिपा भनपा ९ एकाइ समितिका अध्यक्ष दिलभक्त कोजू र नेक्राकिसङ्घ भनपा २ एकाइ समितिका अध्यक्ष लक्ष्मीनारायण सुवालले अग्रज कार्यकर्ता बासुकलाको योगदानबारे चर्चा गर्नुभएको थियो ।
सभामा नेक्राकिसङ्घ भनसका राम प्रजापति र अग्रज कार्यकर्ता इन्द्र बासुकलाका नातिनी डा. बिन्दिरा बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply