रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौँ, ७ फागुन । बाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ ।
बाग्मती सफाइ महाअभियानको ४५८ औँ हप्तामा आज बाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । विगत केही दिनदेखि काठमाडौँ महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । फोहरका कारण राजधानी काठमाडौँ दुर्गन्धित बन्न थालेको छ । फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ ।
बाग्मती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता रहेको थियो ।
गुह्येश्वरीमाथिको बाग्मती सफाइको ४२६ औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ । मुहानदेखिकै बाग्मती सफाइ गर्दै आएको बाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
मनोहरा सफाइ अभियानको २५७ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ । विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ जारी सफाइ अभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल समयमा पनि जारी हुँदै आएको छ । बाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा यसका सहायक नदी पनि सफाइ सुरु भएको छ । काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी, आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, बाग्मतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ ।
यसैगरी, बाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । रासस
Leave a Reply