भर्खरै :

भक्तपुर कप फूटबल: भक्तपुर, बनेपा र छोगर्न विजयी

भक्तपुर, ७ फागुन । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको भक्तपुर कप फूटबल प्रतियोगिताअन्तर्गत शनिबार तीन वटा खेलहरू भए ।
दोस्रो दिनको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा भक्तपुर फूटबल क्लव (भक्तपुर एफसी), बनेपा ब्वाइज क्लव र छोगर्न फुटबल क्लव विजयी भए ।
पहिलो खेलमा भक्तपुर, दोस्रोमा बनेपा ब्वाइज र तेस्रोमा छोगर्न फूटबल विजयी भएका हुन् । भक्तपुर एफसी ख्वप फुटसल तथा टे«निङ सेन्टरलाई २—०, मध्यपुर चेतनशीललाई बनेपा ब्वाइजले ०—१ र छोगर्न फूटबल महाराजगञ्ज फूटबल क्लवलाई १—० गोलले हराएर विजयी भए ।
भक्तपुर एफसी ख्वप फुटसल तथा टे«निङ सेन्टरबीच भएको खेलमा भक्तपुर एफसीको तर्फबाट अजय चौधरी र उदित चौधरीले एकएक गोल गरे । त्यस्तै मध्यपुर चेतनशील र बनेपा ब्वाइजबीच भएको खेलमा बनेका समिन खड्काले गोल गरेका थिए । छोगर्न फूटबल र महाराजगञ्ज फूटबल क्लवबीच भएको खेलमा छोगर्नका विजय लामाले गोल गरे ।
तीनवटै खेलमा बेस्ट प्लेयर र राइजिग प्लेयरका खेलाडीलाई नगदका साथै पुरस्कारहरू प्रदान गरियो । प्रतियोगिताअन्तर्गत आइतबार दुई वटा खेलहरू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *