एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
जुम्ला । देशघाती एमसीसी सम्झौताविरुद्ध नेपाल मजदुर किसान पाार्टी, जुम्ला जिल्ला समितिले फागुन ४ गतेदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । कुनै पनि आन्दोलनमा जिल्ला–जिल्लाका गाउँ सहरका जनताको सहभागिता आवश्यक भएको तर्क गर्दै नेमकिपाले जुम्लामा पनि जुलुस तथा कोणसभाको आयोजना गरेको हो ।
फागुन ८ गते नेमकिपा जुम्लाको आयोजनामा जिल्लाको सदरमुकाम खलङ्गामा विरोधसभा भयोे । सभामा नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष विर्खबहादुर रावतले देशको सार्वभौमिकता दिनप्रतिदिन सङ्कटमा परेको धारणा राख्नुभयो । उहाँले देशको सार्वभौमिकता रक्षाको निम्ति सारा जनता एकजुट हुनुपर्ने तर्क गर्नुभयो ।

राजेश्वर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेमकिपा जुम्लाका सचिव लालबहादुर बुढा, नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर शाही, यज्ञबहादुर बुढथापा, धनबहादुर रावत, जोरासिंग बुढा र देवीबहादुर बुढथापाले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन नरोकिने विचार राख्नुभयो ।
यसैबीच फागुन ६ गते नेमकिपा, जुम्लाले विरोध जुलुस तथा एमसीसी सम्झौता पत्र जलाउने कार्यक्रम गर्यो । कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष विर्खबहादुर रावतले एमसीसी सम्झौताको कारण नेपाल युद्धभूमि हुने खतरा रहेको विचार राख्नुभयो ।
यसै सिलसिलामा फागुन ४ गते भएको विरोधसभा नेमकिपा जुम्ला जिल्ला सचिवालय सदस्य राजेश्वर देवकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टी जिल्ला समिति सचिव लालबहादुर बुढा, जिल्ला सदस्य यज्ञबहादुर बुढथापा, हस्त कुँवर, नेक्राशिसङ्घका सचिव सतलसिंह रावल, सदस्य टेकबहादुर रोकाया र नेक्राविसङ्घका जिल्ला सचिव धर्मेन्द्र अधिकारीले नेमकिपाले देशभर विरोध प्रदर्शनलाई निरन्तरता दिएको बताउनुभयो ।
Leave a Reply