राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभा बस्योे । सोमबार बसेको एघारौँ नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित ग¥यो ।
सभामा नगर प्रमुख प्रजापतिले नगरसभाको हिउँदे अधिवेशनले ऐन, नियम, कार्यविधि तथा विधेयक पास गर्ने बताउँदै बेरुजु फछ्र्योटको निम्ति भक्तपुर नपा नियमसङ्गत ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । लेखा परीक्षण समयमै नगरिँदा स्थानीय तहहरूको बदनाम भइरहेको उहाँले बताउनुभयो ।
लेखा समितिको प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्हरू राजेन्द्र माक, शिवप्रसाद बाला र कृष्णगोपाल चौगुठीले प्रतिवेदनमा भएका भाषागत त्रुटी सच्याउनुपर्ने, पेश्की खर्च र बेरुजु समयमै फछ्र्योट गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । छलफलमा उठेका विषयमाथि प्रस्ट पार्दै लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले बेरुजु रकमबारे जानकारी दिँदै लगत इस्टिमेटभन्दा फरक भएमा प्राविधिकहरूबाट परीक्षण गराउनुपर्ने र पेश्की खर्च समयमै फछ्र्योट गर्नुपर्ने बताउनुभयो ।
सभाको अर्को बैठक फागुन १० गते मङ्गलबार दिनको १ बजे बस्ने बताइएको छ ।
Leave a Reply